लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश स्थापना दिवसको शुभकामना दिएका छन्। प्रदेश स्थापना दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले प्रदेशमा देखिने, अनुभव गर्न सकिने र नागरिकको दैनिक जीवनसँग जोडिने काममा सफल भएको बताएका छन्।
लुम्बिनी प्रदेशको आफ्नै प्रशासनिक संरचना, विकास ढाँचा, जनअपेक्षा पूरा गर्न सक्षम हुने कुरामा विश्वास रहेको उनको भनाइ छ। प्रदेश सरकारले नागरिकको विकासप्रतिको तीव्र आकाङ्क्षा पूरा गर्न, बनेका ऐन नियम तथा कानुनको पूर्ण कार्यान्वयन गर्न, प्रदेशको दिगोपनालगायत साझा सरोकारका मुद्दामा सबैसँग समन्वय र सहकार्यको माध्यमबाट अघि बढ्न चाहेको उनले बताए। राजनीतिक अस्थितरताको अन्त्य गरी समृद्ध लुम्बिनी, खुसी नागरिकको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध रहेको आचार्यको भनाइ छ।
प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवका रूपमा मनाउँदैछ। आज आठौँ स्थापना दिवस उत्सवको रूपमा मनाउन थालेको हो। प्रदेशसभा सचिवालय परिसरमा मूल समारोहको आयोजना गरिँदैछ। प्रदेश प्रमुखको विशेष उपस्थितिमा मूलसमारोह आयोजना गर्न थालिएको हो। बाजागाजासहित झाँकी प्रदर्शन, विभिन्न मन्त्रालयका स्टलसमेत राखिने छन्।
प्रदेश स्थापना दिवसमा लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ। लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ गतेलाई सरकार स्थापना दिवसको रूपमा मनाउँदै आएको थियो। प्रदेश सरकारले दुई वटा दिवसलाई एकैदिन मनाउने गरी माघ २१ लाई प्रदेश स्थापना दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सोही निर्णयको आधारमा माघ २१ लाई प्रदेश स्थापना दिवसका रूपमा मनाउन थालिएको हो।