गुटैगुटमा विभक्त माओवादी, दबाबमा दाहाल
१९ माघ २०८१
•
५ मिनेट पाठ
गुटैगुटमा विभक्त माओवादी, दबाबमा दाहाल
धनबल राई  




काठमाडौं, माघ १८  

मोहन वैद्य, डा. बाबुराम भट्टराई, रामबहादुर थापाहरू पार्टी छाडेर हिँडेपछि अध्यक्ष पुष्पकमल दाहाल माओवादी केन्द्रमा कुनै गुट नभएको बताउँथे। तर पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को निर्वाचनसम्म आइपुग्दा भने अवस्था ठिक उल्टो देखियो, माओवादी केन्द्रमा नेतैपिच्छेका गुट बन्न थालेका छन्।  

यो कुरा माओवादी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटा नै स्विकार्छन्। गत मंगलबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपालको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘विद्यार्थी निर्वाचनसम्म आइपुग्दा पार्टीभित्र स्पष्ट गुटगत स्वार्थ देखियो।’ हुन पनि गुट हाबी नभएको भए क्रान्तिकारीले झन्डै चार महिनाअगावै नेतृत्व पाइसकेको हुन्थ्यो। तर गुट हाबी भएपछि ‘हेडक्वार्टर’ (अध्यक्ष पुष्पकमल दाहाल) ले नै प्रक्रिया रोके।

नेतृत्व चुन्न क्रान्तिकारीको २३औं सम्मेलन गत असोज १० गते सुरु भएको थियो। तर त्यो सम्मेलन संगठनभित्र ३२ वर्षे उमेरहद लागु गर्ने बहससम्म मात्रै पुग्यो। अन्ततः संगठनमा ३२ वर्षे उमेरहद लागु भयो। यसपछि अघिल्लो समितिका अध्यक्ष, उपाध्यक्ष र महासचिवसम्मका विद्यार्थी नेताहरू स्वतः बाहिरिए। त्यसपछि नेतृत्वका लागि अघिल्लो समितिका उपमहासचिव र सचिवहरू अगाडि आए।

अहिले अध्यक्ष निर्वाचित भएका विजयप्रकाश सापकोटा अघिल्लो समितिका सचिव हुन्। उनी नयाँ गुटबाट निर्वाचित भएका हुन्। जुन गुटलाई हेडक्वार्टरकै समर्थन प्राप्त थियो। माओवादी उपमहासचिव शक्ति बस्नेतको नाममा थपिएको नयाँ गुटलाई इन्चार्ज हिमाल शर्मा, अघिल्लो समितिकी अध्यक्ष पञ्चा सिंहलगायतको समर्थनसमेत प्राप्त थियो। हेडक्वार्टरकै चाहनामा बनेको यो गुटलाई उपाध्यक्ष अग्निप्रसाद सापकोटालगायत नेताहरूको गुटले पनि स्वतःस्फूर्त रूपमा समर्थन जनाएका थिए।

यो गुट थपिएसँगै माओवादीमा स्पष्ट रूपमा चारवटा गुट सक्रिय हुन पुगेका छन्। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनका गुट पार्टीभित्र यसअघि नै सक्रिय अवस्थामा थिए। यी सबै गुटहरूले क्रान्तिकारीको निर्वाचनमा उम्मेदवार खडा गरेका थिए।  

बाँकी पृष्ठ ३

ररर

गुटैगुटमा विभक्त  

माओवादी, दबाबमा दाहाल

गुटैगुटमा विभक्त...

नारायणकाजी श्रेष्ठ गुटले उपदेश यादव र उपमहासचिवद्वय जनार्दन शर्मा गुट र वर्षमान पुन गुटले क्रमशः हेमन्त राई र सुदिन पौडेललाई अध्यक्षको उम्मेदवार बनाएका थिए। तर अध्यक्षमा भने नयाँ गुटकै विजयप्रकाश सापकोटा निर्वाचित भए। उनले जनार्दन शर्मा गुटका उम्मेदवार हेमन्त राईले भन्दा ७३ मत बढी मत ल्याए। नारायणकाजी श्रेष्ठ गुटका उम्मेदवार उपदेश यादव तेस्रो हुँदा वर्षमान पुन गुटका उम्मेदवार सुदिन पौडेल भने चौथोमा खुम्चिए। जबकि ३२ वर्षे उमेर हदको प्रमुख वकालतकर्ता उनै सुदिन पौडेल थिए। त्यसबेला उनले हेडक्वार्टरको आश्वासन पाएका थिए तर पछि अवस्था उनको बसमा रहेन।  

बलिया जनार्दन, कमजोर वर्षमान  

माओवादीले पार्टीका प्रायः कमिटी÷समितिहरूमा सर्वसम्मत रूपमै नेतृत्व छान्ने प्रयास गर्छ। क्रान्तिकारीको अध्यक्ष निर्वाचनमार्फत आएको पनि यो बल्ल दोस्रोपटक हो। पहिलोपटक रञ्जित तामाङ निर्वाचनमार्फत आएका थिए। त्यसपछि विजयप्रकाश सापकोटा नै हुन्। त्यसबाहेक सबै अध्यक्षहरू हेडक्वार्टरले नै चुन्दै आएको थियो। तर, उपमहासचिव जनार्दन शर्माले भने पार्टीका हरेक कमिटी÷समितिहरू निर्वाचित भएर नै आउनुपर्ने पक्षको वकालत गर्दै आएका छन्। यसअघि उनले पार्टीमा यही व्यहोराको प्रस्तावसमेत पेस गरेका छन्।

गत पुस २१ गतेको केन्द्रीय समिति बैठकमा पनि उनले अध्यक्ष पुष्पकमल दाहाललाई ‘निर्वाचित भएर आउन किन डराएको...?’ भनेर प्रश्नसमेत गरेका थिए।  

क्रान्तिकारीको सन्दर्भमा पनि उनले नै जिते र निर्वाचन भयो। तर, अध्यक्ष हातमा परेन। ७१ मतको झिनो मतान्तरले यो पक्षका उम्मेदवार हेमन्त राई पराजित हुन पुगे। तर, अध्यक्ष गुमाए पनि नवनिर्वाचित समितिमा जनार्दन शर्माको पल्लाभारी छ। नवनिर्वाचित समितिमा नौ मध्ये पाँच उपाध्यक्ष, महासचिव, नौमध्ये सात उपमहासचिव र ११ मध्ये ६ सचिव र कोषाध्यक्ष पनि जनार्दन शर्मा गुटले नै जितेको छ।

यसरी हेर्दा माओवादीमा जनार्दन शर्मा बलियो बन्न पुगेका छन्। वर्षमान भने कमजोर देखिएका छन्। कुनै बेला ३५ भन्दा बढी जिल्लामा पार्टीको नेतृत्व उनी पक्षीय नेताहरूले गरेका छन् भनिन्थ्यो। तर, अहिले आएर भने उनी विद्यार्थीमा समेत कमजोर बन्न पुगेका छन्।पहिलोपटक निर्वाचनमार्फत क्रान्तिकारी अध्यक्ष बनेका रञ्जित तामाङ वर्षमान पुन पक्षीय थिए। त्यसपछि हेडक्वार्टरले नै जनार्दन शर्मा पक्षीय पञ्चा सिंहलाई अध्यक्ष बनायो।  

गुट बन्न नहुने भन्दै फेरि ‘गुट’

शक्ति बस्नेतको नाममा बनेको नयाँ गुट हेडक्वार्टरकै चाहनामा बनेको गुट हो। गुट बन्न नहुने भन्दै हेडक्वार्टरले अरू गुटको मुकाबिलाका लागि फेरि नयाँ गुट बनाएको हो, शक्ति बस्नेत।

माओवादीका एक नेताका अनुसार यस पटकको क्रान्तिकारी निर्वाचनमा हेडक्वार्टरले कुनै गुट विशेषको भन्दा समग्रतमा पार्टीकै हुनेगरी अध्यक्ष चुन्न प्रयास गरेको हो। अध्यक्षका रूपमा एकले अर्कोलाई स्विकार्नसमेत सकस देखेपछि ‘तेस्रो निर्णय’अनुरूप यसो गरिएको ती नेताको भनाइ छ। ‘गुट विशेषबाट भन्दा समग्रमा पार्टीकै हुनुपर्छ भन्नेमा ध्यान रह्यो,’ ती नेता भन्छन्, ‘यसपछि यसो गरिएको हो।’  

त्यसो त यसअघि मातृपार्टीको सन्दर्भमा पनि यसै गरिएको थियो। पार्टी महासचिव को हुने भन्ने विषयले माओवादीभित्र ठुलै खैलाबैला मच्चिएको थियो। जनार्दन शर्मा र वर्षमान पुनबिच यसमा लामै संघर्षसमेत चलेको थियो। शर्मा र पुनले महासचिवका रूपमा आपसको ‘अस्तित्व’ नै नस्विकार्ने अवस्था देखेपछि अध्यक्ष पुष्पकमल दाहालले ‘तेस्रो निर्णय’अनुसार एकपटक पार्टी छाडेर पुनः फर्किएका देव गुरुङलाई महासचिव बनाए। यसपछि शर्मा र पुन दुवै उपमहासचिव बने। यस पटकको क्रान्तिकारीको निर्वाचनमा पनि पनि यही सूत्र प्रयोग गरिएको नेताहरू बताउँछन्। शक्ति बस्नेतको नाममा बनेको नयाँ गुट हेडक्वार्टरकै चाहना भएको स्रोत बताउँछ।

माओवादीमा चार गुट

शक्ति बस्नेतको नाममा नयाँ गुट बनेसँगै अब माओवादीमा स्पष्ट रूपमा चारवटा गुट सक्रिय हुने भएका छन्। शक्ति बस्नेतको नाममा बन्नुअघि नै त्यहाँ नारायणकाजी श्रेष्ठ गुट, जनार्दन शर्मा गुट र वर्षमान पुन गुट थिए। तर अब भने चारवटा पुगेका छन्।

प्रकारान्तरले माओवादीमा जनार्दन शर्मा गुट र शक्ति बस्नेत (हेडक्वार्टर समर्थित) गुट रहने विश्लेषणसमेत हुन थालेको छ। उपाध्यक्ष कृष्णबहादुर महरा, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङलगायत नेताहरूका गुट भने हेडक्वार्टर केन्द्रित भइसकेको बताइन्छ।
अर्को समाचार
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
८ घण्टा अघि
•
१ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।




पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा यही शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण आयोजना गरिनेछ।

अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने उनले बताए।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्नेछन्। कार्यक्रममा पार्टी उपसभापति सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्यलगायत पदाधिकारी तथा नेताहरू सहभागी हुनेछन्।

दुईदिने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, मूल्यमान्यता, अनुशासन र राजनीतिक संस्कारबारे प्रशिक्षण दिइनेछ।

साथै, क्यान्डिडेट क्लब तथा लिडरसिप एकेडेमीको अवधारणा र कार्यदिशा, पार्टी संगठनको सशक्तीकरण, परिचालन, विस्तार तथा संरचनागत सुदृढीकरणका विषयमा छलफल हुनेछ।

प्रशिक्षणको पहिलो दिन जिल्ला तथा पालिका तहका पार्टी नेतृत्वसँग संगठनको अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र निर्वाचन तयारीबारे केन्द्रीय नेतृत्वले छलफल गर्ने कार्यक्रम छ।

दोस्रो दिन स्थानीय तथा प्रदेश निर्वाचनको रणनीति, पार्टीको भूमिका, वाचापत्र तथा प्रतिबद्धताको कार्यान्वयन, नीति, कार्ययोजना र परिणाममुखी कार्यसम्पादनका विषयमा प्रशिक्षण दिइनेछ।

त्यसैगरी, पार्टीको ब्रान्डिङ, प्रचारप्रसार तथा सामाजिक सञ्जालको प्रयोगबारे पनि प्रशिक्षण दिइने प्रवक्ता खरेलले जानकारी दिए।

कार्यक्रमको अन्तिम सत्रमा सभापति लामिछानेले पार्टीको राजनीतिक कार्यदिशा, प्राथमिकता र रणनीतिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस