संघीय संसद् सुरु: आरोप-प्रत्यारोपमा दलहरू
१९ माघ २०८१
•
८ मिनेट पाठ
संघीय संसद् सुरु: आरोप-प्रत्यारोपमा दलहरू
संघीय संसद्को शुक्रबार सुरु भएको हिउँदे महाधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर: नागरिक
संघीय संसद्को पाँचौं अधिवेशन शुक्रबार सुरु भएको छ। संघीय संसद्को पहिलो दिनको बैठकमै सत्तापक्ष र प्रतिपक्ष सांसद्हरूले आ–आफ्नो ‘पोजिसन’ लिएका छन्। प्रतिनिधिसभाको बैठक प्रारम्भ भएलगत्तै सभामुख देवराज घिमिरे र संसद्को चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूबिच नोकझोक चल्यो।




पहिलो दिनको कार्यसूची नै प्रभावित हुने त होइन भन्ने आशंकाबिच सभामुखले प्रतिनिधिसभाको कारबाही अघि बढाएपछि रास्वपाका सांसद्हरूले केही मिनेटका लागि बैठक बहिष्कार गरे। तर केही समयपछि उनीहरू पुनः बैठकमा सहभागी भए। बैठकमा दलीय प्रतिनिधित्वका आधारमा सांसद्हरूले बोलेका थिए। बोल्ने क्रममा सत्तापक्ष र प्रतिपक्ष विभाजित देखिए। सरकारमा सहभागी दलका सांसदहरूले अध्यादेशसहित सरकारको कामको बचाउ गरे। विपक्षी दलका सांसदहरूले अध्यादेशसहित सरकारले कुनै गति लिन नसकेको भन्दै असन्तुष्टि जनाए।

त्यसअघि संसद् बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए। त्यसक्रममा उनले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन गरी सरकार बनेपछिका ६ महिनामा सत्ताका नाममा डुंगामा प्वाल पारेर अर्को डुंगा चलाउने प्रवृत्ति नदेखिएको बताए। उनले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालतर्फ लक्षित गर्दै यो सरकार २०८४ सम्म जाने बताए।

‘सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्तापट्टा खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ,’ उनले भने, ‘संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट हामी मुक्त भएका छौं।’ उनले यो गठबन्धन निकै बलियो रहेकाले सरकार ढल्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले विपक्षी दलका नेताहरूले ‘सरकार ढल्छ’, ‘ढल्नै लाग्यो’ भन्दै समय व्यर्थै खेर फालिरहेको बताए। ‘एउटा गीत बजारमा आएको छ– ढलें, ढलें, ढलें, ढलें म त...। प्रायः आम रूपमा राजनीतिक नेताहरूले गाएको सुन्छु– ढल्यो, ढल्यो, ढल्यो, ढल्यो। यो सरकार आज ढल्यो, भरे ढल्यो, बिहान ढल्यो, राति ढल्यो। यो गीत पार्टी उत्सवमा सुहाउँला, राजनीतिमा सुहाउँदैन।’

उनले २०८४ सम्म यो सरकारले टसमस नगर्ने बताए। उनले दिनरात सरकार ढल्यो भनेर गीत गाउनुको सट्टा सरकारबाट भएका राम्रा कामको मूल्यांकन गर्न सुझाए। उनले विकास निर्माणका विषयमा बहस गर्न विपक्षी दललाई आग्रह गरे। ‘दिनरात यस्ता हल्ला गरेर आगामी तीन वर्ष बिताउनु जनताका लागि के फाइदा? देशका लागि के फाइदा ? बरु दैलेखमा उत्खनन सफल भएको इन्धनको कुरा गर्नुस्। नागढुंगाको सुरुङमा कहिले यातायात चल्छ भनेर प्रश्न गर्नुस्। भर्खरै ब्रेक थ्रु भएको किमाथांका–जोगबनी सडकले चीन र भारत जोडिँदा के फाइदा हुन्छ भनेर कुरा गर्नुस्,’ उनले भने, ‘सरकारको म्युजिकल चेयर गेममा भन्दा त जनताको जीवनमा पो त्यसले अर्थ राख्ला कि !’

प्रधानमन्त्री ओलीले सरकार पार्टी टुक्र्याउने खेलमा नलागेको स्पष्ट पारे। उनले कांग्रेस–एमालेसहितको बलियो सरकारको प्राथमिकता पार्टी टुक्र्याउने हुन नसक्ने भन्दै प्रतिपक्षी दललाई ढुक्क हुन आग्रह गरे। ‘पार्टी टुक्र्याउने, भत्काउनेजस्ता खुद्रे कुरा यो सरकारको मेन्युमा छैन,’ उनले भने।

उनले कांग्रेस–एमालेको गठबन्धन बनेयता ६ महिनाअघिको जस्तो अर्थतन्त्रमा भयावह स्थिति नभएको बताए। ‘अर्थतन्त्रका परिसूचकहरू राम्रा छन्। पहिलेका नराम्रा परिसूचकहरू सुधारोन्मुख छन्,’ उनले भने। जनताले कहाँकहाँ कुनकुन कानुनको उल्झनले दुःख पाइरहेका छन्, त्यस्ता उल्झन र गाँठा फुकाउन अध्यादेश ल्याइएको प्रधानमन्त्रीको दाबी थियो।

संसद् नभएका बेला, संसद्को नियमित प्रक्रियाबाट राष्ट्रिय अपेक्षा प्राप्तिमा ढिला हुने अवस्था रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यस्तै बेलामा त हो, सरकारले अध्यादेश जारी गर्ने। कांग्रेस–एमाले गठबन्धन बनेपछि सुधारको हुटहुटी देखिएका कारण संसद्को अधिवेशन आउँदै छ पर्खनुस् भन्ने समय हामीसँग थिएन।’

नियमित प्रक्रियाबाट एउटा कानुन पारित गरी लागु गर्न न्यूनतम ५/६ महिना लाग्नेमा सबै जानकार रहेको उनले बताए। अध्यादेशले देशविकासका लागि देशविकासमा सत्तापक्ष र प्रतिपक्ष नहुने बताए।

प्रधानमन्त्री ओलीले विकास र सुशासनलाई सँगसँगै लैजान र जनतामा भरोसा जगाउन यो सरकारले प्राथमिकता तोकेर काम गरिरहेको उल्लेख गरे। अध्यादेश आएपछि शिथिल औद्योगिक क्षेत्रमा ढुकढुकी पलाएको भन्दै उद्यमीले सकारात्मक प्रतिक्रिया दिइरहेको पनि प्रधानमन्त्री ओलीले जिकिर गरे। ‘सरकारले आफ्नो काम गर्‍यो। अब म मेरो काम गरेर देखाउँछु। पाँच हजार जनालाई रोजगारी दिने मेरो सपना पूरा हुने भयो। धन्यवाद सरकार !’ भन्दै आइटी मिटअपका एक सहभागीले बताएको उनले जानकारी दिए। पहिलाका सरकारमा पर्दामा एउटा मञ्चन, नेपथ्यमा अर्कै तारतम्य मिलाइएको हुने भए पनि अहिलेको सरकारले अनियमिततालाई हुर्किन नदिएको प्रधानमन्त्री ओलीले बताए।

प्रधानमन्त्री ओलीले अब अध्यादेशलाई ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर पारित नगरे निष्क्रिय भएजस्तै विधेयकमा पनि ६० दिनको बाध्यकारी व्यवस्था राख्नुपर्ने बताए। ‘६० दिनमा समय नपुगे ३० दिन ननघाऔं,’ उनले भने, ‘विधेयक तीन/तीन महिनाभित्र पनि पारित हुन नसके मुलुकलाई न्याय हुन सक्दैन। यसप्रति गम्भीर बनौं, छलफल गरौँ, बहस गरौँ, नमिलेको कुरा हटाऔं, केरौं, फेरौं, जे गरौं तर अब ६० दिनभित्रै कानुन बनाऔं।’

उनले ल्याएको विधेयकलाई ९० दिन बित्दा पनि संसद्ले पारित नगरे सरकारले वैकल्पिक व्यवस्था गर्नुपर्ने बताए। अघिल्ला सरकारले समयमै काम नगर्दा मुलुकलाई कुन हदसम्मको क्षति हुन्छ भन्ने मनी लाउन्डरिङको मुद्दामा देखिसकेकोभोगिसकेको उनले बताए। उनले भने, ‘हाम्रो देश ग्रे लिस्टमा पर्ने खतरा छ।’

उनले हिउँदे अधिवेशनलाई सरकरले पर्याप्त बिजनेस दिने बताए। ‘ढुक्क हुनुस्, सदनलाई सरकारले बिजनेस दिन्छ, कानुन सदनले बनाउने हो, बनाइयोस् ,’ प्रधानमन्त्री ओलीले भने, ‘सेपरेसन अफ पावर भनेको कम्प्लिमेन्ट अफ पावर हो, कम्पिटिसन इन एक्सरसाइज अफ पावर होइन। शक्ति पृथकीकरण भनेको शक्तिको परिपूरक हो, शक्तिको प्रयोगमा प्रतिस्पर्धा होइन। राष्ट्रिय विकासका लागि सबै निकायको शक्तिको सहकार्य आवश्यक छ।’

उनले अर्बौंअर्बका ठेक्का र लाखका परियोजना एउटै कानुनी व्यवस्था राखेर हामीले चाहेअनुसारको विकासको काम गर्न नसकिने बताए। प्रधानमन्त्री ओलीले २०५० सालपछिको एक दशकलाई अन्योल र गन्जागोलको समय भनिदिँदा फरक नपर्ने पनि बताए। ‘त्यसलाई बहुदलीय व्यवस्थाविरुद्ध हिंसाको दशक पनि भन्न सकिएला। त्यो दशक राजनीतिक अस्थिरता, अनिश्चितता र गन्जागोलले भरिएको दशक थियो तर अब २०८० को दशक समृद्धिको दशक हुनुपर्छ।’

उनले संविधान संशोधन गर्ने विषयमा सरकार लागिरहेको बताए। ‘संविधान संशोधन विधेयक ल्याउने काम सरकारको हो, बहस/छलफलमा आधारित निष्कर्षबाट सरकारले साझा धारणा बनाउँछ र त्यसैमा आधारित संशोधन प्रस्ताव तयार गर्छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले भारत र चीनसँग नेपालको सम्बन्धमा सरकार गम्भीर रहेको बताए। चीन भ्रमणताका बिआरआईलाई लिएर अनावश्यक बहस र गलत भाष्य स्थापित पनि गर्न खोजिएको उनको भनाइ थियो। सामाजिक तथा राष्ट्रिय एकता बिथोल्ने तत्त्व अझै सक्रिय रहेको भन्दै उनले अब एकतामा जोड दिनुपर्ने बताए। बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा स्वस्थ राजनीतिक प्रतिस्पर्धा हुनुपर्नेमा उनले जोड दिए। उनले नक्कली भिडियोबाट आफ्नो चरित्र हत्या गरेको भन्दै त्यस्ता कार्यलाई घृणा गरे। ‘विदेशी बैंकहरूमा अथाह सम्पत्ति थुपारेकोदेखि विभिन्न प्रोजेक्टमा लगानी गरेकोसम्मका नक्कली भिडियोहरू छद्म नामबाट प्रचारमा ल्याइएका भेटिन्छन्,’ उनले भने।

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिए। उनले कानुन निर्माणमा पनि ढिलाइ गर्न नहुने बताए। मुलुकमा विधिको शासन हुनुपर्ने भन्दै सबै काम कानुनबाट निर्देशित हुनुपर्ने उनको भनाइ थियो। लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको उनले बताए। एमाले सांसद योगेश भट्टराईले अध्यादेशबाट पार्टी फुटाउनेहरूले अध्यादेशको विरोध गरेको बताए।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई ठुला दलहरू मिलेर बनेको सरकारले भ्रष्टाचारको विरूद्धमा जसरी काम गर्नुपर्ने हो, त्यसरी गर्न नसकेको बताए। प्रधानमन्त्री भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्नु सकारात्मक भएको जनाउँदै उनले भने, ‘भ्रष्टाचार गर्दिन गर्न दिन्न भन्नुभयो, त्यो ठीक छ तर भुटानी शरणार्थी लगायत हालसम्म आएका विभिन्न काण्ड जति भइरहेका छन्, तिनमा जनताले भ्रष्टाचार नगरिने कुरालाई गिज्याइरहेको होइन ?’ भ्रष्टाचारविरूद्धका विषयमा सरकारले बोलेर भन्दा गरेर देखाउनुपर्ने उनको भनाइ थियो।

रास्वपा उपसभापति स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेको निलम्बन तत्काल फुकुवा नगरे कानुनी उपचार खोज्ने बताए। लामिछानेमाथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खनिएको आरोप लगाउँदै उनले विश्वमा नै नयाँ शक्तिहरूलाई बेवास्ता गर्ने, खिसिट्युरी गर्ने, आक्रमण गर्ने र अस्तित्व स्विकार्ने चरणहरू रहेको बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार नै भ्रष्टाचार र भ्रष्टाचारीहरूको संरक्षणमा लागिरहेको आरोप बताए। अहिलेसम्मको स्थिति हेर्दा सरकारले भ्रष्टाचार र भ्रष्टाचारीहरूको संरक्षणमा नै लागिरहेको उनले जनाए।

‘तपाईंको यो ६ महिने कार्यकालमा अहिले पनि तपाईंको वरिपरिका मान्छेहरूले सरकारले नियुक्त गर्ने विभिन्न पदमा करोडकरोड अफर गरिरहेका छन्,’ उनले भने, ‘तपाईंले धक्कुका साथ भन्नुभयो म भ्रष्टाचार गर्दिनँ गर्न दिन्नँ भनेर। तपाईंले गर्नुहुन्छ गर्नुहुन्न थाहा छैन, तपाईंको वरिपरिकाले गरिरहेका छन्।’

संसद् बैठक दिउँसो १ बजे बोलाइएको थियो। निर्धारित समयभन्दा केही समय ढिला बैठक सुरु भएपछि रास्वपा सांसदहरूले आकस्मिक समयमा बोल्न नपाएको भन्दै प्रतिनिधिसभा बैठक १५ मिनेटभन्दा बढी समय बहिष्कार गरेका थिए। अधिवेशनको पहिलो दिन दलीय आधारमा धारणा राख्न आग्रह गर्दै सभामुख देवराज घिमिरेले रास्वपाका सांसदलाई बस्न आदेश गरेका थिए। तर, उनीहरूले नमानेपछि सभामुख घिमिरेले अवरोधकै बिचमा बैठक सञ्चालन गरेपछि रास्वपाले बैठक बहिष्कार गरेको हो।

१ बजेर ४० मिनेटमा बैठक बहिष्कार गरेका उनीहरू २ बजेतिर फेरि प्रवेश गरेका थिए। बैठक सुरु हुुनुभन्दा अघि रास्वपाका सभापति तथा निलम्बित सांसद रवि लामिछानेले निलम्बन फुकुवा गरिदिन सभामुख घिमिरेलाई भेटेका थिए। आफ्नो सांसद पद निलम्बन प्रक्रियासंगत नरहेको भन्दै लामिछानेले सभामुखलाई निवेदनसमेत दिएका छन्। सभामुख घिमिरेले कास्की जिल्ला प्रहरी कार्यालयको जानकारीपत्रका आधारमा गत पुस ८ गते लामिछानेलाई सांसदबाट निलम्बन गर्ने निर्णय गरेका थिए।
अर्को समाचार
प्रम निवासबाटै चल्छन् विश्वविद्यालय
०१ साउन २०८२
•
५ मिनेट पाठ
प्रम निवासबाटै चल्छन् विश्वविद्यालय
कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको १४ औं बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा।
प्रधानमन्त्री विश्वविद्यालय तथा प्रतिष्ठानहरूको कुलपति हुने व्यवस्थाले पछिलो समय यी संस्थाका पदाधिकारीले निकै सास्ती खेप्नुपरेको छ। सबै विश्वविद्यालय र प्रतिष्ठानमा प्रधानमन्त्री कुलपति हुने तर व्यस्तताले उनले समय दिन नसक्दा विश्वविद्यालयहरू आफ्ना नीति, कार्यक्रम, बजेटलगायतका खातापाता बोकेरै प्रधानमन्त्री निवास बालुवाटार धाउन बाध्य छन्।




यसैको परिणाम हो असार मसान्तभित्र नौ विश्वविद्यालय र एक प्रतिष्ठान प्रधानमन्त्री निवास बालुवाटारमा हाजिर भइसकेका छन्। यसरी विश्वविद्यालय जस्तो प्राज्ञिक क्षेत्रका पदाधिकारीहरू नै प्रधानमन्त्री निवास पुग्नुलाई विज्ञहरूले बौद्धिक जगत्मा तमासाको संज्ञा दिएका छन्।

विश्वविद्यालयहरू स्वायत्त संस्था हुन्। विश्वविद्यालयमा विद्यार्थी तथा प्राज्ञहरू अध्ययन अनुसन्धान गर्छन्। नितान्त बौद्धिकहरूको शैक्षिक निकाय पछिल्लो समय आफ्नो नीति तथा कार्यक्रम र बजेट पास गराउन प्रधानमन्त्री निवास बालुवाटार पुग्ने गरेको देख्दा समस्त प्राज्ञिक क्षेत्र नाजवाफ बनेको त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका सभापति एवं त्रिवि सभा सदस्य वसन्त ढकाल बताउँछन्।

‘त्रिभुवन विश्वविद्यालय र बालुवाटारको दुरी मुस्किलले २० मिनेटको छ,’ तर मुलुककै जेठो र ख्यातिप्राप्त यो विश्वविद्यालय पनि आफ्नो नीति तथा कार्यक्रम र बजेट पारित गराउन असार २६ गते प्रधानमन्त्री निवास बालुवाटार पुग्यो,’ सभापति ढकालले नागरिकसँग भने, ‘५१ सदस्य रहेको त्रिवि सभाका ११ जना सदस्यलाई सभामा बोलाइएन्। स्वतन्त्र विद्यार्थी युनियनका सभापतिलाई पनि बोलाइएन। यसले गर्दा त्रिवि सभा खल्लो बन्यो।’

उनले थपे, ‘यति मात्र होइन, त्रिविमा सभा हल हुँदाहुँदै पनि प्रि–सिनेट बैठक पनि बालुवाटारमै बस्यो। प्रधानमन्त्रीले समय दिन सक्नुहुन्न भने अब विश्वविद्यालयको कुलपति प्राज्ञहरूबाटै हुने व्यवस्था गर्नुपर्छ, गराउनुपर्छ।’

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको त्रिवि सभाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २८ अर्ब १२ करोड ५७ लाख २१ हजार रुपैयाँको बजेट पारित गरेको छ। सभाले ८९ हजार एक सय ९१ विद्यार्थीसहित ६३औं ग्रेसलिस्ट पनि पास गरेको छ।

यसैगरी वैशाख २८ गते प्रधानमन्त्री निवास बालुवाटारमै बसेको पोखरा विश्वविद्यालयको २५औं सभाले एक अर्ब ५४ करोडको बजेट पास गरेको थियो। असार ३० गते मध्यपश्चिमाञ्चल र राजर्षिजनक विश्वविद्यालयको सभा पनि प्रधानमन्त्रीकै अध्यक्षतामा बालुवाटारमा बस्यो। मध्यपश्चिमाञ्चल विश्वविद्यालयको १७औं सभाले एक अर्ब ३६ करोड ७७ लाख र राजर्षिजनकको १०औं सभाले ३७ करोड ९३ लाख रुपैयाँको बजेट पारित गर्‍यो।

प्रधानमन्त्री निवास बालुवाटारमा असार ३१ गते बसेको पूर्वाञ्चल विश्वविद्यालयको ४१औं सभाबाट एक अर्ब ८७ करोड, सुदूरपश्चिम विश्वविद्यालयको १३औं सभाबाट एक अर्ब ५४ करोड, कृषि तथा वन विश्वविद्यालयको १४औं सभाबाट एक अर्ब ६८ करोड र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १५औं सभाबाट तीन अर्ब १९ करोड बजेट पारित भएको छ।

असार ३२ गते पनि लुम्बिनी र नेपाल संस्कृत विश्वविद्यालयको सभा बालुवाटारमा बस्यो। लुम्बिनी विश्वविद्यालयको १८औं सभाबाट ४९ करोड ५९ लाखको बजेट पारित भएको छ। यसैगरी नेपाल संस्कृत विश्वविद्यालयको ७८औं सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३१ करोड रुपैयाँको बजेट पारित गरेको छ। चिकित्सा शिक्षा आयोगको २०औं बैठक पनि बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ।

काठमाडौं विश्वविद्यालयका प्राध्यापक बालाचन्द्र लुइँटेल विश्वविद्यालयको गरिमा राख्न पनि विश्वविद्यालय सभा विश्वविद्यालयमै बस्नुपर्ने बताउँछन्। ‘प्रधानमन्त्री निवास बालुवाटारको छुट्टै गरिमा होला तर एउटा विश्वविद्यालय जहाँ ज्ञान उत्पादन हुन्छ, अध्ययन–अनुसन्धानका लागि प्राज्ञिक थलोमा सभा नबसेर प्रधानमन्त्री निवासमै बस्दा नकारात्मक सन्देश जान्छ,’ लुइँटेलले नागरिकसँग भने, ‘विश्वविद्यालयमा बढ्दै गएको राजनीतिक हस्तक्षेपकै परिणाम हो पछिलो समय सिलसिलाबद्ध रूपमा विश्वविद्यालय प्रधानमन्त्री निवासमै खाता बोकेर पुग्नु। कुलपति विश्वविद्यालय बुझ्न विश्वविद्यालयमै पुग्नुपर्छ।’

त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले विगत केही दिनदेखि विश्वविद्यालयहरू लाइन लागेर बालुवाटार पुगेको देख्दा चिन्ता लागेको बताए। उनका अनुसार प्रधानमन्त्री विश्वविद्यालयको आलंकारिक कुलपति हो। कुलपतिले विश्वविद्यालयलाई नीतिगत सल्लाह र सुझाव दिने हो, निवासबाट विश्वविद्यालय चलाउने होइन। ‘म त राजाको पालामा त्रिविको उपकुलपति भएको हुँ। त्यतिबेला पनि राजा बाहिर गएको जानकारी आउँदा मैले आफैंले सभा चलाएको हुँ तर दरबारभित्र विश्वविद्यालय कहिल्यै गएन,’ माथेमाले भने, ‘विश्वविद्यालय नितान्त स्वायत्त संस्था हो। विश्वविद्यालय आफ्नो ऐनले चल्ने हो। तर पछिलो समय सरकारको नियन्त्रणमा विश्वविद्यालय गएको महसुस हुन थालेको छ।’

उनले थपे, ‘देश संघीयतामा गएको छ। शिक्षामन्त्री एवं सहकुलपति र उपकुलपति आफैं सक्षम हुनुहुन्छ। प्रधानमन्त्रीसँग समय छैन भने उपकुलपतिले सहकुलपतिको अध्यक्षतामा बैठक चलाउनुपर्छ। सहकुलपति पनि छैन भने विश्वविद्यालयको कार्यकारी उपकुलपतिले आफैं सभा चलाउन पाउनुपर्ने व्यवस्था छ। हामीले पनि यसरी नै चलाएर आएकै हो। विश्वविद्यालयभित्र सभा बस्दा सबैको अपनत्व बढ्छ।’

उनले आआफ्नै सिनेट र टिम रहेका विश्वविद्यालयहरूलाई प्रधानमन्त्रीको सरकारी निवासबाट नभएर स्वायत्त संस्थाकै रूपमा सञ्चालन गर्न दिनुपर्ने बताए। ‘सरकारका प्रधानमन्त्रीले विश्वविद्यालयलाई कोष दिन सक्छ। देशलाई आवश्यक जनशक्ति उत्पादनको सुझाव दिन सक्छ,’ माथेमाले भने, ‘तर सरकारी निवासबाट विश्वविद्यालयको सभा विश्वमा कतै चल्दैन। नेपालमा चल्नुले राम्रो सन्देश दिँदैन।’

उनले थपे, ‘अब विश्वविद्यालयको कुलपति वा अध्यक्ष विश्वविद्यालयकै प्राज्ञिक व्यक्तिबाटै बनाउनुपर्ने व्यवस्था सबै विश्वविद्यालयमा कार्यान्वयन हुनुपर्छ। अनि मात्र विश्वविद्यालयको शैक्षिक, आर्थिक, प्रशासनिक तथा समग्र प्राज्ञिक क्षेत्रको गुणस्तर वृद्धि हुन्छ।’
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस