आजदेखि संसद्को हिउँदे अधिवेशन
१८ माघ २०८१
•
३ मिनेट पाठ
आजदेखि संसद्को हिउँदे अधिवेशन
संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार (आज) बाट सुरु हुँदैछ। राष्ट्रियसभा र प्रतिनिधिसभाको अधिवेशन दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा हुनेछ। प्रतिनिधिसभातर्फ दलीय आधारमा मन्तव्य दिने कार्यसूची तय भएको छ भने राष्ट्रियसभाले भने त्यस किसिमले कार्यसूची बनाएको छैन। प्रतिनिधिसभाको पहिलो बैठकमा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम छ।




प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले माओवादी अध्यक्ष दाहालले सम्बोधन गर्ने बताए। सत्तापक्षका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेस सभापति देउवाले सम्बोधन गर्ने जानकारी दिए। प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने विषयमा यसअघि नै एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताइसकेका छन्।

प्रधानमन्त्री ओलीले सम्बोधन गरे पनि दलीय आधारमा एमालेका सांसदले पनि मन्तव्य दिने तयारी गरिएको छ। प्रतिपक्षी दलले संसद् अधिवेशन आह्वानको माग गरिरहे पनि बोलाइएको थिएन। शुक्रबार झन्डै पाँच महिनाको अन्तरालमा अधिवेशनको पहिलो बैठक बस्दै छ। गत भदौ ३१ गते संसद्को बर्खे अधिवेशन अन्त्य भएको थियो।

२०७९ सालको आम निर्वाचनपछि सोही साल पुस २५ बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालसहित कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले सम्बोधन गरेका थिए। त्यसपछिका अधिवेशनहरूको पहिलो बैठकमा भने शीर्ष नेताले सम्बोधन गरेका थिएनन्। हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भनिन्छ। यस अधिवेशनको पहिलो दिन दुवै सदनमा सरकारले ६ अध्यादेश पेस गर्ने भएको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ पेस गर्नेछन्।

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पेस गर्नेछन्।

बैठकपछि प्रमुख प्रतिपक्ष माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अध्यादेश अस्वीकारको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन्। अध्यादेश पेस भएको दुई दिनभित्र अस्वीकारको प्रस्ताव दर्ता गर्न सकिने नियमावलीमा व्यवस्था भएकाले शनिबार र आइतबारभित्र आएका अस्वीकार प्रस्ताव दर्ता गर्ने संसद् सचिवालयले जानकारी दिएको छ।

यता राष्ट्रियसभामा ६ अध्यादेश पेससँगै विधायन समिति सभापतिले मिडिया काउन्सिल विधेयक प्रतिवेदन, २०८० र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक प्रतिवेदन, २०८१ पेस गर्ने कार्यसूची छ ।

कार्यपालिकाबमोजिम दोस्रो बैठक पुस २४ गते बस्नेछ। दोस्रो बैठकले अध्यादेश स्वीकृत गरेपछि २५ गतेको बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिको विधायनसम्बन्धी विधेयक प्रतिवेदन पेस गर्ने, २७ गतेको बैठकमा अर्थ समितिको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक प्रतिवेदन पेस गर्ने २८ गतेको बैठकमा पनि अर्थ समितिको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक प्रतिवेदन पेस गर्ने र २९ गतेको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक प्रतिवेदन पेस गरिने भएको छ।

सरकारले ल्याएका अध्यादेशमा प्रमुख प्रतिपक्षी दलले असहमति राखेकाले सर्वसम्मत नहुने निश्चित छ। जसका कारण प्रतिनिधिसभामा सजिलै बहुमत पुगे पनि राष्ट्रियसभामा जसपा नेपाल, लोसपा र मनोनीतको मतबाट बहुमत पुर्‍याउनुपर्छ।

५९ सदस्यीय राष्ट्रियसभामा बहुमत पुग्न ३० मत आवश्यक पर्छ। त्यहाँ सत्तापक्ष कांग्रेसका १६ र एमालेका १० गरी २६ सांसद छन्। सत्तापक्षमै रहेको जसपा नेपालका तीन र लोसपाको एक सिट छन्। राष्ट्रिय जनमोर्चा एक र मनोनीत तीन जना छन्। तीन मनोनीतमध्ये वामदेव गौतम र अन्जान शाक्य अध्यादेशको पक्षमै देखिएका छन्।
अर्को समाचार
सङ्घीय संसद्को हिउँदे अधिवेशन सुरु
२२ माघ २०८०
•
१ मिनेट पाठ
सङ्घीय संसद्को हिउँदे अधिवेशन सुरु
सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि प्रारम्भ भएको छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको तेस्रो तथा राष्ट्रियसभाको पन्ध्रौँ अधिवेशन सुरु भएको हो।




प्रतिनिधिसभामा सभामुख देवराज घिमिरे र राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा सांसदलाई स्वागत गर्दै राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस