सरकारले शहीद दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले शहीद सप्ताहको अन्तिम दिन बुधबार भएकाले सरकारी तर्फबाट शहीदगेटमा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण र माल्यार्पण गरिने बताए।
मन्त्री गुरुङले भने, ‘भोलि शहीद सप्ताहको अन्तिम दिन हुने भएकाले सरकारले शहीद दिवस मनाउने छ। प्रधानमन्त्रीसहित हामी सबै शहीदगेट जानेछौं। त्यहाँ शहीदहरूप्रति श्रद्धाञ्जली र माल्यार्पण गरिनेछ। त्यसपछि लैनचौर गई श्रद्धाञ्जली अर्पण गरिनेछ। यसका साथै काठमाडौंमा शहीद दिवसको स्मरणमा विशेष कार्यक्रम आयोजना गरिनेछ।’
मन्त्री गुरुङले यसअघि राष्ट्रपतिबाट जारी गरिएका अध्यादेशहरूलाई संसदबाट फास्ट ट्र्याकमार्फत पारित गरी छिटो कार्यान्वयन गर्ने निर्णय गरेको पनि जानकारी दिए।
उनले भने, ‘हामीले यी अध्यादेशहरू कार्यान्वयनका लागि आवश्यक नियमावली तयार गर्ने निर्णय गरेका छौं। यसका साथै माघ १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनमा यी अध्यादेशहरूलाई प्राथमिकताका साथ लिने छौं।’