कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुअघि यामालाल कँडेलले माओवादी केन्द्रसँग पाँच बुँदे सहमति गरेका थिए । दोस्रो प्रदेशसभा निर्वाचन लगत्तै कर्णालीको मुख्यमन्त्री बनेका माओवादी केन्द्रका राजकुमार शर्माले वार्षिक १० हजार जनालाई रोजगारी दिने भन्दै कर्णाली समृद्धि परियोजना घोषणा गरे ।
लगत्तै उनले बजेटमार्फत समृद्धि परियोजना कार्यान्वयन गर्नका लागि डेढ अर्ब रुपैयाँ छुट्टाए । उनले आफ्नो कार्यकालभरि यो परियोजना कार्यान्वयन गर्न सकेनन् । कार्यविधि नबन्दै केन्द्रमा सरकार परिवर्तन भयो । त्यसको असर प्रदेशमा नपर्ने कुरै भएन् ।
केन्द्रको सहमति अनुसार कर्णाली प्रदेशको नेतृत्व एमालेले गर्ने भयो । शर्माले २०८० चैत २७ गते राजीनामा घोषणा गरे । उनले राजीनामा घोषणा अघि सरकारको नेतृत्व गर्ने एमालेसँग पाँच बुँदे सहमति गरेका थिए । उक्त सहमतिको चौथो बुँदामा आफू नेतृत्वको सरकारले घोषणा गरेको कर्णाली समृद्धि परियोजनालाई अघि बढाउने उल्लेख थियो ।
कँडेल नेतृत्वको सरकारले नीति तथा कार्यक्रममा यो परियोजनालाई समेट्यो । बेरोजगार जनशक्तिलाई रोजगार र व्यवसायमा आबद्ध गर्न कर्णाली समृद्धि परियोजनामार्फत उद्यमशीलता विकास, रोजगार मेला र सीप विकास कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख थियो ।
सरकार छोड्दा भएको सहमति र नीति तथा कार्यक्रममा समेटिएको विषय कार्यान्वयन गर्न सरकारले आलटाल गरेको भन्दै माओवादीले संसद बैठक अवरुद्ध गरेको हो । ‘कर्णाली समृद्धि परियोजना यहाँका बेरोजगार युवाहरूलाई रोजगार दिएका लागि ल्याइएको हो,’ माओवादी केन्द्रका सांसद कृष्ण जिसीले भने, ‘यो परियोजना कार्यान्वयनको लागि बजेटसहितको प्रतिबद्धता नआउँदासम्म संसद बैठक अगाडि बढ्न सक्दैन ।’
माओवादी केन्द्रसँग भएको सहमति अनुसार अर्थ विविध शीर्षकमा रहेको बजेटबाट कर्णाली समृद्धि परियोजना सञ्चालन गर्ने उल्लेख थियो । माओवादी र एमालेबिचको सहकार्य पनि लामो रहेन् । केन्द्रमा एमाले र कांग्रेस मिलेसँगै कर्णालीको गठबन्धन पनि फेरियो । एमाले सरकारबाट माओवादी बाहिरिएर प्रमुख प्रतिपक्षी दल बन्यो । कर्णाली प्रदेशसभाको दोस्रो ठूलो दल माओवादी केन्द्र सत्ताबाट बाहिरिएसँगे उसको कार्यक्रम पनि कार्यान्वयनमा जान सकेन् ।
आइतबारको संसद बैठक लगत्तै उठेर पूर्व मुख्यमन्त्री एवम् माओवादी केन्द्र संसदीय दलका नेता समृद्ध कर्णाली, सुखारी कर्णाली बासी’को लक्ष्य पूरा गर्नका लागि कर्णाली समृद्धि परियोजना कार्यान्वयन हुन आवश्यक रहेको बताए । ‘दलगत रुपमा समझदारी गरेका विषयहरूलाई लात हान्दै सरकारले जे मनपरी गर्न खोजिरहेको छ, कर्णालीका भोका नाङ्गा जनताहरूलाई रोजगारी दिने कुरा अन्तर्गत कर्णाली समृद्धि परियोजना ल्याइएको हो,’ उनले भने, ‘अहिलेको सरकार कर्णालीको गरिबी अन्त्य गर्नेतर्फ प्रतिबद्ध नदेखिएकोले समृद्धिको परियोजना अघि नबढ्दासम्म सांसदलाई अघि बढ्न दिँदैनौँ ।’
माओवादी केन्द्रका सांसद जिसीले कर्णाली समृद्धिको परियोजनासँग तत्कालीन अवस्थामा भएको आठ बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता नआउँदासम्म संसद बैठक अघि नबढ्ने बताए ।
गत असार १७ गते भएको सहमति अनुसार व्यक्तिको नाम, निजी फर्महरूको नामसहित आएको बजेट कार्यान्वयन नगर्ने, क्रमागत र बहु वर्षीय आयोजनाहरूको प्राथमिकता निर्धारण गरेर निर्माण कार्यलाई अघि बढाउने, कृषि, सशर्त, क्रमागत र मर्मत तर्फबाहेक अन्य निर्माणको हकमा १५ लाख र भवन तथा सडक निर्माणतर्फ ३० लाख भन्दा मुनिका योजनाहरू कार्यान्वयन नगर्ने, समपूरक, विशेष र सशर्त अनुदानतर्फ विधि प्रक्रिया पूरा गरी आएका तर छुट भएका पालिकालाई बजेटमा समावेश गर्ने सम्झौता भएका थिए।
माओवादीले संसद बैठक अवरुद्ध गरेपछि उपसभामुख यशोदा न्यौपानेले आधा घण्टाका लागि बैठक स्थगित गरेकी थिइन् । त्यसपछि प्रमुख राजनीतिक दलहरूबिच सर्वदलीय बैठक बसे पनि कुनै सहमति हुन सकेन् ।