सत्ता रुढदल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले बदनियत राखेर अध्यादेश ल्याएको बताएका छन्।
मंगलबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद केसीले सरकारको अध्यादेशले नीतिगत भ्रष्टाचारलाई संस्थागत गर्ने जोखिम उत्पन्न गरेको दाबी गरे।
उनले संविधानले सरकारलाई अध्यादेश ल्याउने अधिकार दिएको भए पनि जनप्रतिनिधिको संस्था संसदलाई पन्छाउनु उचित नभएको बताए।
सांसद केसीले भने, ‘सरकारलाई अध्यादेश ल्याउनका लागि संविधानले अधिकार दिएको हो, तर त्यसको अर्थ भनेको जनप्रतिनिधिको संस्था संसदलाई पन्छाउनु होइन। राष्ट्रिय महत्त्वका विषयमा अध्यादेश ल्याउन सक्छ, तर सामान्य मुद्दामा पनि अध्यादेश ल्याएर जनप्रतिनिधिलाई पन्छाउनु ठीक हुँदैन।’
उनले अध्यादेशमार्फत निजी क्षेत्रलाई सन्तुष्ट गर्न खोजिएको बताउँदै, यो प्रक्रिया नीतिगत भ्रष्टाचारलाई संस्थागत गर्ने उद्देश्यले ल्याइएको आरोप लगाए। सांसद केसीले सरकारले ल्याएको भूमि सम्बन्धी ऐन, २०२१ को अध्यादेशलाई बदनियतपूर्ण ढंगबाट प्रस्तुत गरिएको भन्दै गम्भीर असहमतिका साथ यो कदम विरोध गरे।
सांसद केसीले भने, ‘सरकारले आफूले प्रत्यायोजित गरेको विशिष्ट श्रेणीका कर्मचारीको प्रयोग गरेर नीतिगत निर्णयहरू गर्ने र अख्तियारबाट वञ्चित गर्ने काम गरेर नीतिगत भ्रष्टाचारलाई संस्थागत गर्नका लागि अध्यादेश ल्याइएको हो।’