नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीको वर्तमान सरकार टिकिराखोस् भन्ने चाहाना नरहेको स्पष्ट पारेका छन् । उनले यो सरकार छिट्टै आफैँ ढल्नेसमेत दाबी गरे ।
सिन्धुपाल्चोकको पर्यटकीय नगरी सुकुटेमा मंगलबारदेखि सुरु हुने राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता उद्घाटन गर्न आएका उनले पत्रकारहरूसँगको भेटघाटमा पार्टी अहिल्यै सरकार गिराउने र सरकारमा जाने अभ्यासमा नरहेको दाबी गरे ।
‘यो सरकार असंवैधानिक र अप्राकृतिक छ । त्यसैले सरकार टिकिराखोस् भन्ने हाम्रो चाहाना छैन,’ पूर्वप्रधानमन्त्री रहेको दाहालले भने, ‘मैले मिति घोषणा गर्न सक्दिन । तर यो सरकारको आयु चाहिँ धेरै छैन ।’ सरकारको क्रियाकलाप हेर्दा नै यो धेरै नटिक्ने अवस्था आएको उनको भनाईं छ ।
अहिले आफूहरु जनताको बिचमा रहेको र त्यहीँ रिल्याक्स मिलिरहेकाले सरकार गिराउने र बनाउने खेलमा पार्टी नगाल्ने जिकिरसमेत अध्यक्ष दाहालले गरे ।
सरकारलाई असंवैधानिक, अप्राकृत संज्ञा दिँदै उनले यसको नियतमा खोट रहेको बताए । उनले अघि थपे, ‘दुई तिहाइको सरकार भए पनि संसद छलेर अध्यादेशमार्फत मुलुक चलाउने चेष्टा भइरहेको छ । यो निरीह सरकार हो ।’
संविधानको एउटा धारा छाडेर अर्को प्रयोग गरी सरकार बनाइएकाले यो असंवैधानिक र अप्राकृतिक रहेको दाहालले तर्क गरे । यसैमा जोड दिँदै उनले दबाबमार्फत राष्ट्रपतिलाई निकै ठूलो धर्मसंकटमा पारेर यो सरकार बनाइएको उनले दाबी गरे । ‘राष्ट्रपति उपधारा ७६ को ३ अनुसारै सरकार बनाउन चाहनु हुन्थ्यो । तर उहाँलाई दबाब दिएर ठूलो धर्मसंकटमा पारियो,’ उनको कथन थियो।