कर्णालीको विकासका लागि केन्द्रीय नेतृत्वमा पुग्न आवश्यक : पूर्व मुख्यमन्त्री शाही
१९ पौष २०८१
•
३ मिनेट पाठ
कर्णालीको विकासका लागि केन्द्रीय नेतृत्वमा पुग्न आवश्यक : पूर्व मुख्यमन्त्री शाही
नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले कर्णालीको विकासका लागि नीति र नेतृत्वमा कर्णाली पुग्न आवश्यक रहेको बताएका छन्। उनले विगतलाई बिर्सेर पार्टी संगठनलाई अगाडि बढाउँदै केन्द्रमा कर्णालीको नेतृत्व स्थापित गर्नुपर्ने बताए।




‘पार्टीको नेतृत्व र सरकारमा कर्णालीको नेतृत्व भइदिएको भए अघिल्लो वर्षको भूकम्पमा घरबारविहीन भएका परिवारहरू अहिलेसम्म पालमुनि बस्नुपर्ने अवस्था रहन्थेन,’ नेपाली कांग्रेस जाजरकोटले आयोजना गरेको कार्यकर्ता भेला एवम् प्रबोधन कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले भने, ‘त्यसैले पार्टी र सरकारको नेतृत्वमा कर्णालीलाई पुर्याउन जरूरी छ।’

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्यसमेत रहेका शाहीले आगामी पार्टीको अधिवेशनबाट कर्णालीलाई नेतृत्वमा पुर्याउने अवसर रहेको बताउँदै त्यो अवसरलाई कर्णालीले गुमाउन नहुने बताए। ‘जाजरकोटमा भूकम्प जाँदा देशको उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का हुनुहुन्थ्यो, त्यति बेला तत्काल उद्धार र राहतको काम भयो,’ उनले भने, ‘अहिले नेतृत्वमा कर्णाली नहुँदा भूकम्प पीडितहरू अझैँ टहरोमै हुनुहुन्छ।’

कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्रीसमेत रहेका शाहीले भूकम्प प्रभावित जिल्ला र पालिकाका विद्यालय, स्वास्थ्य संस्था र सामुदायिक भवन निर्माणका लागि एक अर्ब बजेट छुट्याइएको भएपनि तत्कालीन सरकारको नेतृत्वले काम गर्न नसकेको बताए। उनले चालू आर्थिक वर्षदेखि विद्यालय, स्वास्थ्य संस्था र सामुदायिक भवन बन्न सुरु भएको बताए। शाहीले भूकम्प पीडितको दुःखलाई मेटाउनेतर्फ सबै तहका सरकार र पार्टीपङ्क्ति सक्रिय हुनुपर्ने बताए। ‘भूकम्प पीडितहरूलाई अहिले न्यानो छानो चाहिएको छ, पेट भर्नका लागि खाना चाहिएको छ,’ उनले भने, ‘भूकम्प पीडितका घर बनाउन र पेट भर्नका लागि सबैको चासो र साथ आवश्यक छ।’

उनले कर्णाली प्रदेशसभाका संसदीय समितिहरू चाँडै बन्ने बताए। ‘संसदीय समिति बनाउनका लागि सत्तारूढ दलहरूबीच छलफल भएको छ,’ कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहीले भने, ‘चाँडै संसदीय समितिको नेतृत्वलाई पूर्णता दिन्छौँ।’ उनले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरू चाँडै परिवर्तन नहुने बताए। ‘अहिलेका मन्त्रीहरूले अर्कोले ल्याएको बजेट कार्यान्वयन मात्रै गरिरहनु भएको छ,’ उनले भने, ‘आगामी बजेट नल्याउँदासम्म मन्त्रीहरू परिवर्तन गर्दैनौं।’

उनले बिग्रिएको कामलाई सपार्नु नै विकास भएको बताउँदै कांग्रेसले नेतृत्व गरिरहेका तीन तहका सरकारले बिग्रिएका कामहरूलाई सपार्दै लिनुपर्ने बताए। उनले कर्णाली प्रदेश संसदीय दलले जाजरकोटलाई न्याय गरेको बताए। ‘जाजरकोटले दुई–दुई पटक कर्णाली सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालय पाएको छ,’ उनले भने।

कांग्रेस केन्द्रीय सदस्य राजीवविक्रम शाहले पार्टी र सरकारको नेतृत्वमा कर्णाली नपुग्दासम्म कर्णालीको विकास र समृद्धि संभव नभएको बताए। उनले आउने पार्टी अधिवेशबाट कर्णालीले नेतृत्व लिने अवसर आएको बताउँदै कर्णालीको सम्पूर्ण पार्टीपङ्क्ति एक हुनुपर्ने बताए। ‘कर्णाली पछाडि पर्नुको मुल कारण पार्टी र सरकारमा कर्णालीको नेतृत्व नहुनु हो,’ उनले भने, ‘आउने पार्टी अधिवेशनबाट कर्णालीलाई नेतृत्वमा पुर्याउने अवसर आएको छ, विचार समूह जे भएपनि कर्णालीलाई नेतृत्वमा पुर्याउन हामी सबै एकजुट हुन आवश्यक छ।’
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस