राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गत स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारी नदिएको विषय बल्झिएको छ।
गत मंसिर १६ मा सम्पन्न स्थानीय तह उपनिर्वाचनमा रास्वपाले ४४ मध्ये २७ स्थानमा मात्रै उम्मेदवारी दिएको थियो। त्यसमा पनि सङ्गठन राम्रो भएको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी दिएको थिएन।
खासगरी कीर्तिपुरमा उम्मेदवारी नदिएको विषय अहिले रास्वपाभित्र बल्झिएको छ। कीर्तिपुर नगरपालिकाको वडा नं. ४ मा एकल सिफारिस भएका सुशील बास्कोटाले यसबारे केन्द्रीय नेतृत्वले जवाफ दिनुपर्ने माग गरेका छन्।
सुशील बाँस्कोटा।उनले आफ्नो एकल नाम सिफारिस हुँदासमेत आफूले उम्मेदवार बन्न नपाएको उल्लेख गर्दै भनेका छन्, 'जनताको आशा र भरोसा बनेर आएको रास्वपाप्रति मेरो मन मर्यो र धेरै पीडा दिएर गयो। आज म डिप्रेसनमा जाने जस्तो भएको छ। भोक-प्यास हरायो, निन्द्रा लाग्दैन, जोश-जाँगर हरायो।'
उनले यसको कारक पार्टीका काठमाडौं सभापति प्रदीप विष्ट भएको औँल्याएका छन्। उनले विष्ट र कीर्तिपुर नगरपालिका सभापति जयराम कार्कीबीचको टकरावका कारण आफूले उम्मेदवार बन्न नपाएको सामाजिक सञ्जालमा लेखेका छन्।
उपनिर्वाचनमा रास्वपाको उम्मेदवारी।काठमाडौं सभापति विष्टले कीर्तिपुर नगर सभापतिमा आफू निकटका व्यक्तिले नजितेपछि गुटगत राजनीति गरेको बास्कोटाको आरोप छ। ‘नेपाली कांग्रेसबाट बिच्केर आएका जिल्ला सभापतिले कांग्रेसकै बाटोमा रास्वपालाई लगेको भान हुँदैछ,’ उनले भनेका छन्।
कीर्तिपुरमा नगर सभापतिमा कार्कीले विष्ट पक्षीय डा. सुरज केसीलाई पराजित गरेका थिए। त्यसयता विष्टले कार्कीलाई उति राम्रो मान्दैनन्। बास्कोटाले नेताहरू गणेश पराजुली र शिशिर खनाललाई भ्रममा राखेर आफूलाई उम्मेदवार हुनबाट वञ्चित गरेको बताएका छन्।
गत स्थानीय तह उपनिर्वाचनमा रास्वपाले केन्द्रीय तहबाट समन्वय गर्ने जिम्मेवारीमा गणेश पराजुली र बागमतीमा शिशिर खनाल तोकेको थियो।
जवाफ दिनैपर्ने जैरूको माग
यस विषयमा केन्द्रीय सदस्य विजय जैरूले पनि छलफल हुनुपर्ने माग गरेका छन्। आउँदो पुस १९, २० र २१ गते बस्ने केन्द्रीय समितिको विस्तारित बैठकमा छलफल हुनुपर्ने माग गर्दै जैरूले लिखित प्रस्ताव दर्ता गराइसकेका छन्।
गत पुस १४ गते जैरूले कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई तीन प्रस्ताव पठाएका छन्। जसमा गत स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुरमा उम्मेदवार नदिइएको विषय मुख्य छ।
विजय जैरूले कीर्तिपुरमा उम्मेदवारी नदिएको विषयबारे छलफल हुनुपर्ने माग गर्दै पठाएको प्रस्ताव।प्रस्ताव नं. ३ मा उनले भनेका छन्, 'उपनिर्वाचनको समीक्षा गर्ने। साथै, उपनिर्वाचनमा कीर्तिपुर जस्तो सम्भावित स्थानमा उम्मेदवारी नदिएको सम्बन्धमा सम्बन्धित जिम्मेवारीमा रहेकालाई सोधपुछ गर्ने।'
अर्थात्, जैरूले त्यसको जिम्मेवारी लिएका नेताले जवाफ दिनुपर्ने माग गरेका छन्। यसअघि बसेको केन्द्रीय समिति बैठकमा पनि केही नेताहरूले यसबारे बृहत् छलफल हुनुपर्न माग गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विजय जैरूले नेकपा (एमाले) का सांसद सूर्य थापाले 'अलोकतान्त्रिक' तर्क गरेको आरोप लगाएका छन्।
सोमबार (आज) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको पक्षमा जारी राखेको हस्ताक्षर अभियानलाई ‘नाटकीय’ भनेका थिए। यसको जवाफ दिँदै नेता जैरूले थापाले अलोकतान्त्रिक तर्क गरेको आरोप लगाएका हुन्।
‘शक्ति पृथकीकरणको नाममा जनताले प्रश्न उठाउने, हस्ताक्षर गर्ने अधिकार खोस्नु लोकतन्त्रको आत्मा मर्नुसरह हो। याद रहोस्, यसले मनपरी, दण्डहीनता र सत्ताको निरंकुशतालाई प्रोत्साहन दिरहेको छ। संविधानले शक्ति सन्तुलनको व्यवस्था गरेको हो, न कि जनआवाज दबाउने औजार बनाएको। यो तपाईंको तर्क अलोकतान्त्रिक भयो,’ उनले भनेका छन्।
उनले अगाडि भनेका छन्, ‘शक्ति पृथकीकरणको नाममा प्रतिशोध विरुद्धको हस्ताक्षर गराउन नपाउने भनाइ लोकतान्त्रिक प्रक्रियालाई कमजोर पार्ने प्रयास हो। जब सत्ता दुरुपयोग हुन्छ, अन्याय हुन्छ, तब जनताको प्रतिनिधि वा आवाज उठाउने व्यक्तिलाई मौन बस्न बाध्य बनाउने यो सोच नेपाली जनतको लागि घातक हो।‘
रास्वपाले पार्टी सभापति लामिछानेको पक्षमा हस्ताक्षर अभियान जारी राखेको छ। रास्वपाले लामिछानेका प्रति ‘राजनीतिक प्रतिशोध’ साँधिएको रूपमा व्याख्या गर्ने गरेको छ। त्यसका विरुद्ध हस्ताक्षर अभियान चलाएको रास्वपाले जनाएको छ।
तर, खासगरी नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका दलहरूले त्यसको विरोध गरेका छन्। सम्बन्धित मुद्दा अदालतबाट नटुङ्गिँदै यस्ता खाले गतिविधि गर्न नहुने उनीहरूले तर्क गर्दै आएका छन्। आजको बैठकमा थापाले यही कुरा दोहोर्याएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...