महापतन प्रसङ्ग र चन्दको यूटर्न !
१६ पौष २०८१
•
५ मिनेट पाठ
महापतन प्रसङ्ग र चन्दको यूटर्न !
हरेक निर्वाचन बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अब भने त्यसको उपयोग गर्ने आधिकारिक निर्णय गरेको छ। यसअघि बसेको ६औं केन्द्रीय समितिको पूर्ण बैठकका निर्णय सुनाउँदै मङ्गलबार महासचिव चन्दले भने, 'निर्वाचनको उपयोग गरेर अगाडि बढ्छौँ।'




पार्टी शान्ति प्रक्रियामा समेटिएपछि दश वर्षे माओवादी सशस्त्र युद्धका 'फ्रन्टलाइनर' चन्द एकीकृत जनक्रान्तिको नाममा बाहिरिए। २०६९ सालमा मोहन वैद्यको नेतृत्वमा पार्टीबाट बाहिरिएका चन्दले २०७१ सालमा आफैँले छुट्टै पार्टी बनाए। त्यसबेला उनलाई साथ दिएका धर्मेन्द्र बाँस्तोला, हेमन्तप्रकाश वलीहरूले फेरि नेकपा बहुमत नामको पार्टी गठन गरेर फरक धार समातिसकेका छन् । 

आफैँले पार्टी बनाएदेखि नै ध्वंसात्मक गतिविधिमा उत्रिन थालेका चन्द विद्यमान संसद्लाई दलाली गर्ने ठाउँका रूपमा करार गर्थे। तर, अहिले आएर उनी आफैँ निर्वाचनको बाटो हुँदै संसद्सम्म पुग्न खोजिरहेका छन्। 

यस्तो किन ? चन्दको जवाफ छ, 'निर्वाचनको प्रयोग क्रान्तिकै एउटा मोर्चा हो तर, सबथोक होइन। नेपालमा नेपाली विशेषताको समाजवाद ल्याउन विभिन्न बाटाहरू छन्। संविधान संशोधन, जनमत संग्रह र सडक संघर्ष। त्यसैको एउटा रूप निर्वाचनको उपयोग पनि हो।’

निर्वाचन बहिष्कारमा लाखौं जनता सहभागी भए पनि पछि पार्टी र जनताको सम्बन्ध टुटदै गएको अनुभव चन्दको छ। उनको निष्कर्ष छ, 'निर्वाचन बहिष्कार मात्रै गरेर पनि केही हुँदैन। त्यसैले निर्वाचनमार्फत अगाडि बढ्नुपर्ने निष्कर्ष निस्क्यो।'

'महापतन' प्रसङ्ग

रोचकचाहिँ के भने चन्द आफैँले 'महापतन' पुस्तक प्रकाशन गरेका छन्, जहाँ उनको सटिक कथन छ, 'संसद्‌वादी दलसँग एउटै कित्तामा उभिनु महापतनको बाटोमा जानु हो।'

तर, अहिले आएर उनी ठीक त्यही बाटोमा उभिन पुगेका छन्। निर्वाचनलाई उपयोग गरेर संसद्सम्म पुग्नुपर्ने निष्कर्ष चन्दको एक वर्षअगाडिकै हो।

यो निष्कर्ष निकालेपछि नै उनी संसद्‌वादी दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाललगायतका दलहरूसँग सलिढली बसे। अहिले पनि उनको दल नेपाल कम्युनिष्ट पार्टी समाजवादी मोर्चामा छँदैछ। जहाँ माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरू सहभागी छन्। यसलाई उनीहरूले कार्यगत एकता भनेका छन्।

नेत्रविक्रम चन्द र पुष्पकमल दाहाल।
कार्यगत एकता मात्रै होइन, माओवादी केन्द्रसँग त पार्टी एकता नै गर्ने तयारी चन्दको छ। र, माओवादी केन्द्र त्यही पार्टी हो, जसलाई उनले एकीकृत जनक्रान्ति गर्न नसकी महापतनतिर गएको पार्टीका रूपमा अर्थ्याएका थिए।

यसरी हेर्दा उनी आफैँका अनुसार चन्द महापनतिर लम्किएका छन्। यसको जवाफ उनले कहीँ न कहीँ दिनुपर्नेछ।

प्रधानमन्त्रीतिर नजर !

रुपन्देहीको बुटवलमा आयोजित ‘वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद’ विषयको अन्तर्क्रियामा चन्दले प्रधानमन्त्री हुने रहर व्यक्त गरेका थिए।

‘एकपटक सरकारको नेतृत्वमा पुगेर गोरुझैँ जोतिएर ५ वर्ष काम गरी देशलाई परिवर्तन गर्ने असाध्यै हुटहुटी छ। जनमत संग्रह, निर्वाचन वा संविधान संशोधन जेबाट भए पनि जनताबाट चुनिएर सरकारको नेतृत्वमा जाने कुरामा हाम्रो विमति छैन तर, त्यसो गर्दा स्थिरता हुनुपर्छ।किसान र मजदुर वर्गको प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ,' चन्दले भनेका थिए। 

यही संसदीय व्यवस्थामार्फत नै भए पनि कार्यकारी पद (प्रधानमन्त्री)मा पुग्ने र आफूले चाहेअनुरूप सरकारको नेतृत्व गरेर देशलाई समाजवादतिर लाने चाहना चन्दको रहेको नेपाल कम्युनिष्ट पार्टीका एक नेता बताउँछन्।

नेत्रविक्रम चन्द।
'राजनीति गरिसकेपछि मन्त्री वा प्रधानमन्त्री भएर काम गर्छु भन्ने कुराको चाहना राख्नु अनौठो भएन। तर, उहाँमा देश परिवर्तनको अत्यन्तै ठूलो हुटहुटी छ। उहाँ त्यसका लागि प्रयासरत त हुनुहुन्छ। त्यसकै लागि हाम्रो पार्टीले निर्वाचनका लागि खुला हुने निर्णय गरेको हो,' ती नेता भन्छन्।

माओवादी केन्द्रसँगको एकता पनि त्यसका लागि एउटा खुड्किलो हुने भनाइ ती नेता बताउँछन्। 'सधैँ प्रतिपक्षमा बसेर, सधैँ सत्ताको विरोध गरेर पनि केही नहुने रहेछ भन्ने कुरा अस्ति हाम्रो बैठकमा उठेको थियो। अब जुन बाटोबाट भए पनि परिवर्तन गर्न सकिने ठाउँमा पुग्नुपर्‍यो भन्ने हाम्रो निष्कर्ष छ,' ती नेता भन्छन्। 

किन भयो चन्दको 'यूटर्न'?

चन्द तिनै नेता हुन्, जसले विद्यमान संसदीय व्यवस्थलाई पुँजीवादीहरूले दलाली गर्ने व्यवस्थाका रूपमा करार गर्थे। र, निर्वाचनमार्फत आफू त्यहाँ नपुग्ने बताउँथे। तर, यहाँसम्म आइपुग्दा स्वयम् उनको यूटर्न भएको छ। अहिले त उनी आफैँ भन्दैछन्, 'निर्वाचनको उपयोग गरेर जाने। सकियो भने प्रधानमन्त्री नै हुने।'

राजनीतिक विश्लेषकहरू चन्दको यूटर्नलाई ठूलो रूपमा लिँदैनन्। वाम विश्लेषक झलक सुवेदीको भाषामा आन्दोलनमा कहिलेकाहीँ यस्तो हुन्छ। सुवेदी भन्छन्, 'ढिलै भए पनि उहाँले राम्रो गर्नुभयो। पहिल्यै अनुभूत हुनुपर्थ्यो त्यो कुरा, अहिले आएर हुनु पनि राम्रै हो।'

झलक सुवेदी र मुमाराम खनाल।
अर्को कारणमा चाहिँ चन्दमा शक्तिको आकाङ्क्षा बढ्दै गएको सुवेदी बताउँछन्। 'फेरि त्यो स्वाभाविक पनि हो। राजनीतिमा लागिसकेपछि त्यो अन्यथा पनि होइन। उहाँमा पनि केही न केही शक्तिको आकाङ्क्षा पलाएको छ,' उनले भने।

अर्का राजनीतिक विश्लेषक मुमाराम खनाल प्रकारान्तरले नेताहरू संसदीय व्यवस्थामा नै आउने बताउँछन्। कम्युनिष्टहरूमा हिंसा गरेर 'स्पेस' खोज्ने परम्परा रहेको उल्लेख गर्दै विश्लेषक खनाल भन्छन्, 'हिंसात्मक बाटो लिएपछि कि त राज्यले सकाउनुपर्‍यो, कि त संसदीय व्यवस्थामै आउनुपर्‍यो। बाटो त्यही दुईवटा हो । उहाँ यता आउनुभयो। यो अनौठो होइन।'

विश्लेषक खनाल पहिले पुष्पकमल दाहाललाई छाड्नु र अहिले फेरि मिल्न खोज्नुलाई भने बढी नाटकीय मान्छन्। 'पहिले किन दाहाललाई छाड्नु अनि अहिले किन मिल्नु। त्यसमा के के भयो उहाँहरू जान्नुहुन्छ तर, यो अलिक बढी नाटकीय भयो,' उनी भन्छन्।
अर्को समाचार
'जनयुद्धको स्कूलिङबाट आएका नेताहरूबीच एकता आजको आवश्यकता हो'
१२ पौष २०८१
•
१ मिनेट पाठ
'जनयुद्धको स्कूलिङबाट आएका नेताहरूबीच एकता आजको आवश्यकता हो'
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले माओवादी जनयुद्धको स्कूलिङबाट आएका नेताहरूका बीचमा एकता आजको आवश्यकता रहेको बताएका छन् ।




शुक्रबार साँझ नेपाल समाजवादी पार्टी (नेसपा) का नेता गंगानारायण श्रेष्ठ चन्द भेट्न उनकै निवास हरिसिद्धि पुगेका थिए । 

त्यस क्रममा चन्दले यस्तो बताएका हुन् । चन्दलाई उद्धृत गर्दै नेता श्रेष्ठले भने, 'माओवादी जनयुद्धको स्कूलिङबाट आएका नेताहरूका बीचमा एकता हुनु आजको आवश्यकता हो ।'

नेता श्रेष्ठले आफ्नो निष्कर्ष पनि यही रहेको बताए । अझ सबै कम्युनिष्टहरूका बीचमा सहकार्य र एकता नै हुनुपर्ने भनाइ उनको छ ।

'सबै कम्युनिष्टहरूका बारेमा सहकार्य र एकता हुनुपर्छ भन्ने कुरा हामी सबैको हो,' उनले भने, 'आज पनि हामीले यही कुराकानी गर्‍यौँ ।'
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस