नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले तीन तहमा बनेका राजनीतिक संयन्त्र सरकारमाथि हस्तक्षेप गर्नका लागि नभएको बताएका छन्। उनले राजनीतिक संयन्त्र सरकारको कामलाई सहजीकरण बन्नका लागि भएको बताए।
‘सरकारको प्रभावकारितालाई बढाउनका लागि, जनताका मागहरुलाई सम्बोधन गराउनका लागि संयन्त्र बनेका हुन्,’ मंगलबार नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको १०० दिने विशेष अभियानको समापन एवम् राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘तीनै तहका सरकारमार्फत सेवाग्राहीहरुको मन उज्यालो हुनेगरी, अहिले देखिएका निराशाहरुहलाई चिर्दै जनतामा नयाँ आशाको सञ्चार गराउने उद्देश्यका लागि तीन तहका संयन्त्र निर्माण गरिएको हो।’
उपसभापति खड्काले संयन्त्रले तीन तहका सरकारका कामहरुलाई प्रभावकारी बनाउनुका साथै दुई दलबिच आवश्यक सहजीकरणको काम पनि गरिरहेको बताए।
‘तीनै तहका सरकारहरुहलाई सहयोग गर्ने, सहजीकरण गर्ने, आएका गुनासाहरुलाई सम्बोधन गर्न सुझाव दिने काम संयन्त्रले गरिरहेको छ,’ उनले भने, ‘कांग्रेस र एमालेबिच प्रतिष्पर्धासँगै जनताका आवश्यकता र देश विकास र राजनीतिक स्थायित्वका लागि संयन्त्रले काम महत्त्वपूर्ण काम गरिरहेको छ।’
उपसभापति खड्काले पार्टीको महासमिति बैठकले संविधान संशोधनको प्रक्रियालाई अघि बढाउने निर्णय गरिसकेको र सोही अनुसार दुई दलबिच भएको सात बुँदे सहमतिमा पनि संविधान संशोधनको महत्त्वपूर्ण बुँदा राखिएको बताए।
‘कांग्रेस नेतृत्वमा संविधान जारी हुँदा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले छुटेका विषयहरू संविधान संशोधनका माध्यमद्वारा समेट्ने घोषणा गर्नु भएको थियो,’ उनले भने, ‘त्यसैले पनि संविधान संशोधन प्रक्रियाको अगुवाइ नेपाली कांग्रेसले गर्छ।’
उनले संविधानमा समेट्नु पर्ने विषय र संशोधन गर्नुपर्ने विषयको अध्ययन गर्नका लागि दुई दलका विज्ञहरू सम्मिलित समिति बनाइने बताए। उनले सङ्घीय संसद्मा रहेका कानुनहरू तत्काल पारित गर्नका लागि दुई दलका प्रमुख सचेतकहरुसहितको समिति र सहकारी बचतकर्ताहरुको रकम फिर्ताका लागि सहजीकरण समिति बनेको बताए।
उनले हिउँदे अधिवेशन विधेयक अधिवेशन हुने बताए। ‘अहिले धेरै ऐनहरु संसद् र समितिका अड्किएका छन्,’ उनले भने, ‘ती ऐनहरु आउने हिउँदे अधिवेशनबाट पारित गरेर सङ्घीयताको अनुभूति दिने गरेर काम गछौं।’
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका खड्काले राजनीतिक अस्थिरताको दुष्चक्रबाट देशलाई मुक्त गर्नका लागि दुई प्रमुख राजनीतिक दलहरू मिलेर सरकार बनेको बताए। उनले संविधान संशोधन गर्दै, राजनीतिक अस्थिरताको अन्त्य, आर्थिक सुधार, समाजलाई सकारात्मक मार्गमा डोर्याउनु दुई राजनीतिक दलको संयुक्त सरकारको दायित्व भएको जनाए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्देशन दिएका छन्।
शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रशिक्षण अवधिभर मोबाइल प्रयोग नगर्न र अनुशासन पालना गर्न निर्देशन दिएका हुन्।
लामिछानेले प्रशिक्षणको सबैभन्दा महत्त्वपूर्ण पक्ष अनुशासन भएको बताए। पार्टीमा अनुशासन नभए राजनीतिक जीवनलाई व्यवस्थित रूपमा अघि बढाउन नसकिने उनको भनाइ छ।
उनले प्रशिक्षण अवधिभर सहभागीले मोबाइल फोन बन्द गर्नुपर्ने र आयोजकले अनुमति दिएको समयबाहेक पार्टीका अन्य बैठकमा पनि मोबाइल प्रयोग गर्न नपाइने बताए।
‘यो पुरै सेसनभरि हामी अहिले तपाईंले उठाइरहनुभएको टेलिफोन प्रयोग गर्दैनौँ। अहिले मात्र होइन, रास्वपाको कुनै पनि कार्यक्रममा आयोजक कमिटीले अनुमति दिएकोबाहेक बैठकमा हामी टेलिफोन प्रयोग गर्दैनौँ,’ उनले भने।
उनले सहभागीलाई फोन बन्द गरेर प्रशिक्षणमा ध्यान दिन आग्रह गरे। फोन चलाउने, अनावश्यक कुराकानी गर्ने र बारम्बार आवतजावत गर्ने गतिविधि रोक्नुपर्ने उनको निर्देशन थियो।
लामिछानेले अनुशासन पालना नगर्ने सहभागीको पार्टीले रेकर्ड राख्ने र त्यसको मूल्यांकन हुने चेतावनीसमेत दिए।
‘जसले यो सामान्य अनुशासन पालना गर्दैन, पार्टीले त्यस्ता साथीहरूको रेकर्ड राख्छ र त्यसको कुनै न कुनै ढंगले मूल्यांकन अवश्य पनि हुनेछ,’ उनले भने।
उनले प्रशिक्षणमा सिकेका विषयलाई राम्रोसँग बुझेर आफ्नो क्षेत्र र टोलमा गएर अरूलाई सिकाउन पनि सहभागीलाई निर्देशन दिए।
प्रशिक्षण कार्यक्रममा सहभागीले मोबाइलको सट्टा फाइलमा आवश्यक विषय टिपोट गर्नुपर्ने र प्रश्न तथा जिज्ञासा राख्दा हात उठाएर पालैपालो बोल्ने अभ्यास गर्नुपर्ने उनले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...