संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली गीत-संगीत गुणस्तरीय बन्दै गएकाले विदेशी गीतहरूको प्रभाव घट्दै गएको बताएका छन्।
सोमबार सुदूरपश्चिम कलाकार समाजले पुस १५ को अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सबै समुदायको भाषाको विकास गर्दै लैजानुपर्नेमा जोड दिए।
उनले सुदूरपश्चिमको भाषा राष्ट्रिय पहिचानको रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै भाषा, साहित्य, संस्कृति र भेषभूषाको प्रवर्द्धनमा कलाकारहरूको भूमिका महत्वपूर्ण रहेको सुनाए।
मन्त्री पाण्डेले भने, “सुदूरपश्चिमको भाषालाई अहिले सिंगो नेपालले सुन्न थालेको छ। मिठो लाग्ने यो भाषाको विकासलाई थप अगाडि बढाउन आवश्यक छ। कलाकारहरूको लगन र मेहनतले गुणस्तरीय सामग्री प्रस्तुत गर्न सकिन्छ भन्ने विश्वास लिएको छु। कुनैबेला हामीले हिन्दी गीत सुन्नुपर्थ्यो, तर नेपाली गीतहरू गुणस्तरीय बनेपछि अब हामी आफ्ना गीतलाई प्राथमिकता दिन थालेका छौं। गुणस्तरको हरेक क्षेत्रमा महत्त्व हुन्छ।”
उनले भाषाको विकासलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्ने भन्दै यसमा कलाकारहरूले निरन्तर योगदान दिने अपेक्षा व्यक्त गरे।
कार्यक्रममा सुदूरपश्चिमका स्थानीय कलाकारदेखि राष्ट्रिय स्तरका कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए। नेपाली गीत-संगीतको यो उन्नतिले कला र संस्कृतिको प्रवर्द्धनमा थप ऊर्जा थप्ने विश्वास कार्यक्रमले व्यक्त गरेको थियो।