नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरमा कार्यरत स्वास्थ्यकर्मीहरू लामो समयदेखि आन्दोलित हुँदा यहाँबाट प्रदान हुने स्वास्थ्य सेवा अझै अनिश्चित भएका छन्। पाइआएको सेवासुविधा वृद्धि गर्नुपर्ने मागसहित यहाँका स्वास्थ्यकर्मीहरू तीन सातादेखि आन्दोलनमा छन्।
उनीहरूको माग अस्पताल व्यवस्थापन समितिले सम्बोधन गर्न अनिच्छुक देखिएकाले इमरजेन्सीबाहेक अन्य सेवाहरु स्वास्थ्यकर्मीहरुले ठप्प पारेका छन्।
आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन स्थगित नहुने आन्दोलनरत पक्ष छ भने अस्पताल प्रशासन पनि उनीहरुका मागप्रति गम्भीर देखिएको छैन।
स्वास्थ्यकर्मी आन्दोलित हुँदा यहाँबाट प्रवाह भइरहेका सेवाहरु प्रभावित भएका छन्। उपचारका लागि टाढा टाढाबाट आएका बिरामीहरू उपचार नगराई घर फर्किन बाध्य भएका छन्। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत अन्य जिल्लाका बिरामीहरू यहाँ उपचार लिन आउँछन्।
भित्री टाउकाको दुखाइ भएपछि उपचारका लागि नेपालगन्ज पुगेका कैलालीका खुसिराम चौधरी उपचारै नगराई घर फर्किए। ‘आमा छोरा उपचारका लागि आएका थियौं,’ उनले भने, ‘अस्पतालको गेटबाटै फिर्ता भए।’
घरसम्म पुग्न भाडा मात्र दुई हजार रुपैयाँ खर्च हुने भन्दै स्वास्थ्यकर्मीहरुको आन्दोलनले गर्दा आफू उपचार नगराई घर फर्किनु परेको उनी बताउँछन्। उनी जस्तै दैनिक दर्जनौं बिरामी उपचार नपाइ फर्किएका छन्।
अस्पतालको सेवा सुचारु गर्न स्थानीय सरकार र प्रशासनले प्रयाससमेत गरेका थिए। तर, ती प्रयासहरू सफल भएका छैनन्। नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट अस्पतालमै पुगेका थिए। उनले व्यवस्थापन पक्ष र आन्दोलनरत पक्षलाई संवादका माध्यमबाट समस्या समाधान गर्न भनेका थिए। जिल्ला प्रशासन कार्यालयले पनि समस्या समाधान गर्न सर्वदलीय/सर्वपक्षीय बैठक गरेको थियो। उक्त बैठकले मंगलबारसम्म समस्या समाधान गर्न कार्य गर्ने निर्णय गरेको थियो।
आन्दोलनरत नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष अनिता थापाले माग सम्बोधन नभएसम्म आन्दोलन स्थगित नहुने र अझ कडा बनाइने बताइन्।
कम्तीमा प्रतिव्यक्ति आठ हजार रुपैयाँ तलब समायोजन हुनुपर्ने भन्दै उनले भनिन्, ‘व्यवस्थापन समितिले चाह्यो भने यो एकैछिन्मा समाधान हुन्छ।’ व्यवस्थापन समितिले भने एक हजार रुपैयाँसम्म थप गर्न सकिने बताएको छ।