‘भ्रष्टचार गरेर देशलाई बर्बाद पार्न शीर्ष तीन दलको बराबरी दोष’
१३ पौष २०८१
•
३ मिनेट पाठ
‘भ्रष्टचार गरेर देशलाई बर्बाद पार्न शीर्ष तीन दलको बराबरी दोष’
कांग्रेस, एमाले र माओवादीसहितका ठूला राजनीतिक दललाई पूर्वाग्रह र अतिवादीलाई छाडेर नयाँ सम्झौता गरेर अघि बढ्न राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आह्वान गरेको छ।




पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको व्यवस्थाबाट देशलाई बर्बाद बनाउन तीनै वटै ठूला दलका शीर्ष नेता मुख्य दोषी भएकाले त्यसविरुद्ध आफ्नो पार्टीले आन्दोलन थालेपछि जनताको आक्रोशले तहसनहस पार्ने हुँदा बेलैमा नवीन सम्झौता गरेर अघि बढ्न आह्वान गरे।

‘अहिले विशेषगरी सत्तारुढ दल कांग्रेस र एमालेसँगै माओवादी केन्द्रका शीर्ष नेतालाई बाचुन्जेल प्रधानमन्त्री बनाउँदा पनि देशको अवस्थामा कुनै सुधार आउनेवाला छैन,’ केन्द्रीय अध्यक्ष लिङ्देनले शनिबार इटहरीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै भने, ‘अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहित विज्ञ व्यक्ति मन्त्री नबनाउने हो भने देश थप बर्बादको बाटोतर्फ अघि बढ्नेछ।’

उनले प्रदेश खारेजी हुनुपर्ने राजतन्त्रसहितको प्रजातन्त्र र केन्द्रमा संघ तथा तल्लो तहमा बलियो संरचनाका निम्ति सबै दल मिलेर सम्झौता गरेर अघि बढ्नु मात्र अन्तिम विकल्प रहेको जिकिर गरे।  

‘हामी जनतामाथिको निराशालाई टुलुटुलु हेरेर बस्न नसकेपछि शान्तिपूर्ण आन्दोलन थाल्याैं, जनताको आन्दोलनले गलत कार्यलाई क्षणभरमा समाप्त पार्नेछ,’ उनले भने, ‘अहिलेका मुख्य दलका नेतालाई विस्थापित गरेर नेपालको मौलिक दर्शन निर्माण गरि राजा पनि अटाउने, माओवादी पनि अटाउने र अन्य सबै दल अटाउने नवीन सम्झौता गरेमा देश सही ढंगले अघि बढाउन सकिनेछ।’ उनले देशलाई बर्बाद पार्ने काममा कांग्रेस, एमाले र माओवादीका नेता बराबर दोषी रहेको जिकिर गरे।

‘देश बर्बाद हुँदा पनि जनता नजाग्ने हो भने देश असफल राष्ट्रमा पर्ने खतरा छ,’ अध्यक्ष लिङ्देनले भने, ‘माथिल्लो निकायदेखि तल्लो निकायसम्म जताततै भ्रष्टाचारले गाजेको छ। सरकारले न्यायालय र अख्तियारमा कारिन्दा नियुक्ति गरेर कारबाहीबाट उन्मुक्ति पाउने गरेको  छ।’

उनले एनसेल, वाइडबडी, ललिता निवास र पछिल्लो पटक धितो पत्र बोर्डको अध्यक्ष नियुक्ति गर्दा तीनवटै पार्टीका नेताले पैसा लिएको आरोप लगाए।

‘पछिल्लो पटक वाइडबडी काण्डमा केही कर्मचारी र केही व्यक्तिलाई दोष ठहर गरि जेल सजाय तोकिएको छ,’ उनले भने, ‘नेता र मन्त्रीले नखाईकन कसरी तलको मान्छेले खान्छ ?’ उनले परस्पर विरोधी पार्टी मिलेर सरकार बनाउनुमा पनि अहिले बचेको स्रोत साधन सिध्याउनका लागि भएको जिकिर गरे।

‘एकाएक परस्पर विरोधी दल त्यसमा पनि ठूला दल मिलेर सरकार बनाउँदा अपवादमा विगतमा भएको कमी कमजोरीप्रति आत्मा आलोचना गरेर केही गर्लान् कि भन्ने झिनो आस थियो,’ नेता लिङ्देनले भने, ‘पछिल्लो पटक भ्रष्टाचार निवारण सम्बन्धी विधेयक ल्याउँदा त कुनै पनि पदाधिकारीले आफ्नो जिम्मेवारीबाट हटेको पाँच वर्षपछि मुद्दा चलाउन नपाउने भनेर हदम्याद तोके, यसबाटै प्रस्टै उनीहरूको नियत बाचुन्जेल केही नहोस्।’

सोही विरोध सभामा अर्का नेता डाक्टर प्रकाशचन्द्र लोहनीले राष्ट्रको सिकार गर्ने नेतालाई जनताले ठिक लगाउनुपर्ने बताए। ‘हाम्रो देश नेपाल पैसा नभएर विकास नभएको होइन, इमानको कमी र बेइमानको बाहुल्यता अनि नियतको खोट र निष्ठाको अभाव भएर विकास नभएको हो।’

उनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका नेता पुष्पकमल दाहाललाई विदेशी बैंकमा पैसा राखेको छैन ? भनेर संसद्मा बोल्ने हिम्मत नभएको बताए। ‘यदि हिम्मत छ भने तीन जना नेताले संसद्मा विदेशी बैंकमा हाम्रो पैसा छैन भनेर बोलेर देखाउन त ?’ उनले भने, ‘अहिले प्रजातन्त्रका नाममा प्रजातन्त्रलाई समाप्त पार्ने काम भइरहेको छ।’ उनले जनताले दिएको विश्वासको दुरुपयोग भएपछि प्रजातन्त्रलाई समाप्त पार्ने काम भएको बताए।

कार्यक्रममा राप्रपाका महामन्त्री प्रल्लाद साहले अहिलेको अवस्था परिवर्तन गर्न आन्दोलनबाट मात्र सम्भव भएकाले गर्दा सम्पूर्णलाई संगठीत भएर लाग्न आह्वान गरे। राप्रपा नेपालले शनिबार कोशी प्रदेशबाट थालेको विरोध सभा सातवटै प्रदेशमा गरेर केन्द्रीय विरोध सभा गर्ने जनायो।
अर्को समाचार
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
१६ मिनेट अघि
•
१ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
विराटनगर । कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका छन्।




कोशी प्रदेश अधिवेशनबारे जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो बताएका हुन्।

राईले राणा र पञ्चायतले चारतारे झण्डा र रुख चिन्ह बोक्न रोक्न नसकेको बताउँदै थापाले आफूहरूलाई रोक्न नसक्ने दाबी गरेका हुन्। नेता राईले भने, ‘राणा र पञ्चायतले रोक्दा त बरु जेल गयौं तर, चारतारे झण्डा र रुख चिन्ह बोक्न छाडेनौं, गगन थापाले रोकेर रोकिदैनौं।’ राईले नियमित महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएकाले रुख चिन्ह र चारतारे झण्डा आफूहरूकै भएको दाबीसमेत गरे।

उनले गगन थापाप्रति कटाक्ष गर्दै रुख चिन्हबाट चुनाव जितेका आफूहरूलाई चुनाव हारेकाहरूले हटाउने विषय आफैँमा हास्यास्पद रहेको बताए। ‘रुख चिन्हबाट चुनाव जितेका हामीहरूलाई चुनाव हारेकाहरूले हटाउने भन्ने विषय गलत हो’, राईले भने, ‘उहाँले यसलाई विशेष महाधिवेशन ठान्नुभएको भए त्यो भ्रमबाट मुक्त हुनुहोस्।’ राईले नेपाली कांग्रेस कोशी प्रदेशको अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने जानकारी दिए।

उनले अधिवेशनको तयारी धमाधम भइरहेको बताउँदै कोशी प्रदेशका १४ वटै जिल्लाबाट अधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। अधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेर तयारीलाई तीव्र पारिएको राईले बताए। अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालगायत केन्द्रीय नेताहरू सहभागी हुने नेता राईले जानकारी दिए।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस