रास्वपा कार्यवाहक सभापतिमा अर्याल नै किन ?
०८ पौष २०८१
•
२ मिनेट पाठ
रास्वपा कार्यवाहक सभापतिमा अर्याल नै किन ?
पार्टी सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत, कास्कीमा अभियोगपत्र दर्ता भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापति बने डोलप्रसाद अर्याल ।




सोमबार पार्टी मुख्यालय च:मति वनस्थली काठमाडौंमा बसेको सचिवालय बैठकले अर्याललाई आधिकारिक रूपमा कार्यवाहक सभापति बनाएको हो ।

त्यसो त यसअघि पनि अघोषित रूपमा कार्यवाहक सभापतिको जिम्मेवारीमा अर्याल नै थिए । तर, सोमबार भने पार्टीले आधिकारिक रूपमै कार्यवाहक सभापति भनेर निर्णय गर्‍यो ।

अर्याल पार्टीका उपसभापति हुन् । डा. स्वर्णिम वाग्ले पनि रास्वपाका अर्का उपसभापति हुन् । तर, कार्यवाहक भने अर्याल नै बने ।

उसो त वाग्ले अर्यालभन्दा उमेरले जेठो छन् । तर, कार्यवाहक सभापतिमा भने अर्याल आए । रास्वपाको विधानमा कार्यवाहक सभापति बन्ने प्रक्रिया दुईवटा छ । पहिलो, उमेरका आधारमा जेठो र दोस्रो, सभापतिले तोकेको । यसरी हेर्दा उमेरका हिसाबले हो भने स्वत: वाग्ले हुनुपर्थ्यो तर, अर्याल बने ।

कार्यवाहक सभापति बन्ने प्रावधान ।
यसरी बुझ्दा अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी रवि लामिछानेले दिएका हुन् । जसै आइतबार अर्यालले रवि लामिछानेसँग जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमै लामो संवाद गरेका थिए ।

विधानत: नै पाउने कुरामा वाग्लेले किन जोड गरेनन् ? उनी निकट एक नेताका अनुसार वाग्लेले रुचि राखेनन् । 'उहाँले रुचि देखाउनुभएको छैन,' ती नेताले भने, 'डीपीजीले चाहना देखाउनुभयो, उहाँले पाउनुभयो ।'

किन वाग्लेले रुचि नदेखाउनुभएको भन्ने जिज्ञासामा ती नेता भन्छन्, 'नदेखाउने भन्ने कुरा छैन । अबको महाधिवेशनपछि सबै कुराहरू टुङ्गो लाग्दै जान्छ ।'

सहकारी ठगीसम्बन्धी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका रवि लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय, कास्कीमा छन् । उनीविरुद्ध प्रहरीले झन्डै दुई महिना अनुसन्धान गरेर जिल्ला अदालत, कास्कीमा आइतबार मात्रै सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा अभियोगपत्र दर्ता भएको छ ।

यस सम्बन्धमा रवि लामिछानेको बयान मङ्गलबार हुने बताइएको छ । यो बयान र बहसपछि उनी धरौटीमा छुट्ने वा कारबास चलान हुने पक्कापक्की हुनेछ ।

यो पनि पढ्नुहोस्

रास्वपाको कार्यवाहक सभापति डीपी अर्याल
अर्को समाचार
हस्ताक्षर अभियान वडा तहसम्म विस्तार गर्दै रास्वपा, कांग्रेसले सम्झायो अदालतमा विचाराधीन मुद्दा
१३ असार २०८२
•
२ मिनेट पाठ
हस्ताक्षर अभियान वडा तहसम्म विस्तार गर्दै रास्वपा, कांग्रेसले सम्झायो अदालतमा विचाराधीन मुद्दा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियान चलाएको छ, जुन अहिले जारी छ। शुक्रबार (आज) मात्रै रास्वपाले काठमाडौं उपत्यकाका १३ स्थानमा हस्ताक्षरका लागि ऐक्यबद्धता बुथ स्थापना गरेर हस्ताक्षर सङ्कलन गरिरहेको छ।




यो अभियान जिल्ला, पालिका हुँदै वडा तहसम्म विस्तार गर्ने तयारी रास्वपाको छ। असार १४ गतेबाट जिल्ला सदरमुकाम, पालिका केन्द्र हुँदै वडामा हस्ताक्षर सङ्कलन गरिने रास्वपाले जनाएको छ।

तर, सत्तासीन दल नेपाली कांग्रेसले भने अदालतमा विचाराधीन विषयमा कुनै गतिविधि गर्न नपाइने विधि सम्झाएको छ। ‘अदालतमा विचाराधीन विषयमा संसद्‌मा त प्रश्न गर्न नपाइने संवैधानिक व्यवस्था छ भने अदालतको निर्णयविरूद्ध सडकमा गरिएको प्रदर्शन र हस्ताक्षर अभियानले कस्तो न्याय प्रणाली स्थापित गर्ला ?,’ कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भनेका छन्।

प्रमुख विश्वकर्माले रास्वपालाई सङ्कलन भइरहेको हस्ताक्षर बुझाउने ठाउँ र त्यसपछि निर्णय गर्ने निकायका बारेमा पनि प्रश्न गरेका छन्। ‘अनि हस्ताक्षर बुझाउने कहाँ ?,’ विश्वकर्माको प्रश्न छ, ‘तत्पश्चात् हस्ताक्षरका आधारमा कसले के निर्णय गर्ला ?’

रास्वपाले पार्टी सभापति लामिछानेविरुद्ध ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चल्नु र थुनामा रहनुलाई 'राजनीतिक प्रतिशोध'को रूपमा अर्थ्याउँदै आएको छ। यो हस्ताक्षर अभियान पनि उक्त प्रतिशोधविरुद्ध नै भएको रास्वपाका नेताहरूले बताउँदै आएका छन्।

यसअघि गत असार ७ गते पार्टी स्थापनाको तेस्रो स्थापना दिवसका अवसरमा २० पृष्ठको दस्ताबेज सार्वजनिक गर्दै लामिछानेले यो अभियानको घोषणा गरेका थिए। अहिले जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा रहेका लामिछानेले दस्ताबेजमार्फत आफूविरुद्ध अत्याचार गरिएको बताएका छन्।

यो पनि पढ्नुहोस्

रविको पक्षमा हस्ताक्षर अभियान: काठमाडौंमा १३ स्थानमा ऐक्यबद्धता बुथ, १४ गतेबाट ७७ वटै जिल्लामा विस्तार
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस