नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच हुने भनिएको एकता अलपत्र परेको छ ।
एकतामा ढिलाइ हुँदा नेकपा बिच्किएको छ । भर्खरै सम्पन्न नेकपाको केन्द्रीय समिति बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहाल एकता विरोधी भएको मात्रै निष्कर्ष निकालेन, अब आफ्नै बुतामा अगाडि बढ्ने निर्णयसमेत गरेको छ । त्यसका लागि ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने र निर्वाचन आयोगमा दर्ता हुने निर्णयसमेत गरेको छ ।
यता माओवादी नेताहरूले भने वार्ता जारी रहेको र चाँडै एकता हुने बताएका छन् । माओवादी उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटा भन्छन्, 'अहिले हामी आफ्नै सङ्गठन सुदृढीकरणमा व्यस्त भयौँ । अब सीसी (केन्द्रीय समिति) बस्छ, त्यस बैठकले एकताबारे ठोस रूपमा निर्णय गर्छ ।'
नेकपा भने अब एकताका लागि माओवादीको 'रेस्पोन्स' कुर्ने पक्षमा छ । नेकपा पोलिटब्यूरो सदस्य सन्देश पौडेल भन्छन्, 'पार्टीको दर्ता प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । माओवादीसँगको एकताका बारेमा उसको रेस्पोन्स कुर्ने निष्कर्ष निस्केको छ । अरु वामपन्थी दलहरूसँगको एकतामा जोड गर्छौँ ।'
साङ्गठनिक कुरा मिलेन !
सैद्धान्तिक रूपमा माओवादी-नेकपाबीच एकतामा कुनै समस्या नभए पनि साङ्गठनिक कुरा नमिलेको नेताहरूले स्वीकारेकाका छन् ।
वार्ता समितिका सदस्यसमेत रहेका माओवादी महासचिव देव गुरुङ भन्छन्, 'सैद्धान्तिक रूपमा कुनै समस्या छैन तर, साङ्गठनिक रूपमा अलिक छलफल गर्नैपर्ने भएको छ ।' तर, चाँडै एकताका लागि प्रक्रिया अगाडि बढ्ने महासचिव गुरङ बताउँछन् ।
नेकपाका स्थायी समिति सदस्य सन्तोष बुढामगर पनि साङ्गठनिक रूपमा कुरा नमिलेको बताउँछन् । 'सैद्धान्तिक रूपमा त केही छैन, मिल्ने भन्ने नै भइसक्यो । तर, साङ्गठनिक रूपमा केही कुरा मिल्न बाँकी छ । नाम, एकतापछिको साङ्गठनिक संरचनालगायतका विषयमा कुरा मिलेको छैन,' उनले भने ।
त्यसो त यसअघि केही चरण एकताका लागि छलफल भइसकेको हो । माओवादीले गठन गरेको वार्ता समितिका संयोजकसमेत रहेका पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले नेकपा महासचिव नेत्रविक्रम चन्दलाई पार्टी मुख्यालय कपिलवस्तु नै पुगेर भेटेका थिए । त्यसपछि अन्य नेताहरूको तहमा पनि वार्ता भएको थियो तर, त्यसले निरन्तरता पाउन सकेन ।
त्यसबेला नेत्रविक्रम चन्दलाई माओवादी महासचिव बनाउने कुरासमेत चलेको थियो । तर, नेकपाले भने यसलाई स्वीकारिसको थिए ।
माओवादी अध्यक्ष दाहाल र नेकपा महासचिव चन्द ।त्यसो त नेकपाको माग महासचिव प्रणाली छ, जबकि माओवादी भने बहुपदीय छ । नेकपाले एकीकृत पार्टीको साङ्गठनिक संरचना पनि महासचिव प्रणालीमै जानुपर्ने माग गरेको छ । यसपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भने अहिलेका पदाधिकारीहरूलाई व्यवस्थापन गर्न गाह्रो परेको छ ।
उसो त साङ्गठनिक कुरा मिले एकता नकार्ने पक्षमा पनि छैन नेकपा । तर, आफूले धेरै पहल नगर्ने नेताहरूले बताएका छन् । तर, साङ्गठनिक रूपमा उचित निर्णय लिइनुपर्ने माग उनीहरूको छ ।
०८४ को निर्वाचन उपयोग गर्दै नेकपा
नेकपाले ०८४ को निर्वाचनको भने उपयोग गर्ने तयारी गरेको छ । एक दशकभन्दा बढी समययतादेखिको निर्वाचनलाई बहिष्कार गर्दै आएको नेकपा अब भने त्यसको उपयोगमा जुटेको हो ।
पार्टीले त्यसैगरी तयारी थालेको भनाइ प्रवक्ता खड्गबहादुर विश्वकर्मा बताउँछन् । 'अब ०८४ मा देखाउने भन्ने छ हामीलाई । त्यसको तयारी थाल्नेछौँ,' प्रवक्ता विश्वकर्माले भने ।
त्यसकै लागि पार्टी दर्तालगायतका काम गर्ने निर्णय केन्द्रीय समितिले गरेको उनले बताए ।
त्यसो त माओवादी वा अरु दलहरूसँग एकता भए पनि नभए पनि पार्टीले निर्वाचनको उपयोग गर्ने नीति अवलम्बन गरेको नेकपा नेताहरूले बताएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसद्मा भ्रष्टाचारीहरूको सिट धेरै भएको बताएका छन्।
बिहीबार (आज) आयोजित बाँकेको खजुरा गाउँपालिकाको पार्टीको तेस्रो अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। 'संसद्मा भ्रष्टाचारहरूको सिट धेरै छ र भ्रष्टाचारीहरूसँग लड्नेको सिटचाहिँ कम छ,' उनले भने।
उनले वर्तमान सरकारले अध्यादेशबाट शासन चलाइरहेको उल्लेख गर्दै यो सर्वथा गलत रहेको उनले बताए। यो पनि संसद्मा क्रान्तिकारी पार्टीहरूको सिट कम हुनुको परिणाम नै रहेको उनले बताए।
फरक प्रसङ्गमा दाहालले माओवादी केन्द्र पार्टी प्रवेश गर्ने सबैभन्दा बढी एमालेका नेता कार्यकर्ता रहेको बताए। उनले एमालेप्रतिको जनताको मोह घट्दै गएको सुनाउँदै भने, 'यो खुसीको कुरा हो कि सबैभन्दा माओवादी केन्द्र प्रवेश गर्ने नेता-कार्यकर्ताहरू एमालेकै छन्।'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...