राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार महासंघलाई 'दुईदलीय सम्झौताको पत्रकार महासंघ' भनेको छ ।
रास्वपा कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनको प्रसङ्ग जोड्दै महासंघलाई 'दुईदलीय सम्झौताको पत्रकार महासंघ' भनेका हुन् ।
'भन्दा, सुन्दा नमिठो लाग्ला तर, वास्तविकता भयो नै यस्तै 'दुईदलीय सम्झौताको पत्रकार महासंघ', उनले भनेका छन् ।
उनले थपेका छन्, 'देशको चौथो अङ्ग सञ्चार जगत् र त्यसको व्यावसायिक छाता संस्था पत्रकार महासंघमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले सम्झौता नै गरेर नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका साझा उम्मेदवारहरूलाई जिताउन लिखित सम्झौता गरे ।'
उनले कुन तहसम्म राजनीति गर्ने भन्नेबारे सीमा हुनुपर्ने बताएका छन् । उनले सोधेका छन्, 'दुई दलले सम्झौता गरेर बनाएको पत्रकार महासंघप्रति स्वतन्त्र नागरिक र बाँकी दलले विश्वास कसरी राख्ने ?'
२८ गते सम्पन्न निर्वाचनमा कांग्रेस निकट पत्रकार सङ्गठन प्रेस युनियन र एमाले निकट पत्रकार सङ्गठन प्रेस चौतारीका तर्फबाट निर्मला शर्मा उम्मेदवार बनेकी थिइन् । निर्वाचन उनैले जितिन् । यसपछि कार्यवाहक महामन्त्री बुर्लाकोटीले यस्तो प्रतिक्रिया दिएका हुन् ।