नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमिति बैठक बोलाएको जानकारी दिएका छन्। सोमबार (आज) बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्दैछ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई बोलाइएको छ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। पुस २७ गतेका लागि बोलाइएको बैठक माघ ६ गतेका लागि सारिएको थियो। तर उक्त दिन पनि केन्द्रीय समिति बैठक बस्न नसक्दा बैठक आजसम्मका लागि स्थगित गरिएको थियो।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा प्रतिनिधिसभा विघटन र १४ औं महाधिवेशन लगायतका विषयमा छलफल हुने बताइएको छ।
काँग्रेस औपचारिक रुपमा प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलनको पक्षमा रहेको छ भने सभापति शेरबहादुर देउवा सर्वोच्चको फैसला कुर्ने पक्षमा छन्।
बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रममा छलफल हुने जनाइएको छ।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...