विवादबीच आयोगका पदाधिकारी सिफारिस गर्दै समिति
०१ पौष २०८१
•
३ मिनेट पाठ
विवादबीच आयोगका पदाधिकारी सिफारिस गर्दै समिति
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका लागि पदाधिकारी छान्ने जिम्मा पाएको सिफारिस समितिले सकसका बीच पदाधिकारीको नामावली सरकारलाई बुझाउने तयारी गरेको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनले सिफारिस समितिलाई दिएको दुई महिनाको कार्यअवधि सकिँदै गर्दा बुझाउने तयारी गरेको हो।




सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि अध्यक्षसहित पाँचपाँच जना पदाधिकारी छानेर सिफारिस समितिले सोमबार बुझाउने तयारी गरेको बताइएको छ। सिफारिस समितिले सर्वसम्मत रूपमा नामावली छनोट गर्ने प्रयासमा रहेको एक सदस्यले बताए।

२०७९ साउनदेखि दुई आयोगमा पदाधिकारी रिक्त छन्। आयोगमा पदाधिकारी चयनका लागि ३९ जना उम्मेदवारको नाम छनोट गरी अन्तर्वार्ता पनि लिइएको छ। सिफारिस समितिले पदाधिकारीमा इच्छुक उम्मेदवारहरूको निवेदन माग गर्दा विभिन्न संघसंस्था र व्यक्तिगत रूपमा एक सय ५६ जनाको नामावली सार्वजनिक गरेको थियो। त्यसमध्येबाट सिफारिस समिति आफैंले केही व्यक्तिलाई थप गर्दै छानेको थियो। ३९ जनालाई योग्य ठान्दै नामावली सार्वजनिक गरेपछि द्वन्द्वपीडित परिवार, नागरिक समाज, अधिकारकर्मीले यसअघिको जस्तो काम नगर्ने व्यक्तिलाई नछान्न आग्रह गरेका थिए।

‘छनोट भएका सबैको अन्तर्वार्ता सकिएको छ। हामी सकेसम्म सर्वसम्मत निष्कर्षमा पुग्न प्रयत्नशील छौं,’ सिफारिस समितिका एक सदस्यले भने। उनका अनुसार सोमबारसम्म सरकारलाई नाम सिफारिस गर्ने तयारीमा छन्। सिफारिस समितिले छानेका सबैलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पदाधिकारी बनेपछि आफ्नो कार्ययोजनासहितको प्रस्तुति दिन लगाइएको थियो।

पदाधिकारी छान्न पाँचै जनाको सर्वसम्मति गराउने कोसिसमा रहेको अर्का एक सदस्यले बताएका छन्। तर ३९ जनाबाट नाम छान्न सिफारिस समितिलाई सकस परेको बताइएको छ। किनकि राजनीतिक विषय भएकाले तीन ठुला दलका नेताले पनि सहमति जनाउनुपर्ने अर्को समस्या सिफारिस समितिलाई परेको हो।

सिफारिस समितिले सार्वजनिक गरेको नामावलीमा पूर्वप्रशासक, पूर्वन्यायाधीश, वरिष्ठ अधिवक्ता, पूर्वराजदूत, अधिकारकर्मीलगायत छन्। तीमध्येबाट सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षका लागि संविधान, प्रशासनका जानकार एवं पूर्व प्रशासक काशीराज दाहाल, मानवअधिकार आयोगका पूर्व सदस्य सुदीप पाठक, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसीलाई छनोटमा राखिएको छ।

सत्य निरूपण र बेपत्ता दुवै आयोगका लागि अध्यक्षको उम्मेदवारमा उच्च अदालतका पूर्वन्यायाधीशहरू अच्युतप्रसाद भण्डारी, डिल्लीराज आचार्य, पूर्वसरकारी वकिल एवं ऋण असुली पुनरावेदन न्यायाधीकरणका पूर्वअध्यक्ष महेश थापा, त्रिभुवन विश्वविद्यालय कानुन संकायका पूर्वडिन विजय सिंह सिंजापति, पूर्वनायब महान्यायाधिवक्ता विश्वराज कोइरालाको नाम छनोट गरिएको छ।

यी आठजना मध्येबाटै आयोगमा दुईजना मात्रै अध्यक्ष छान्नुपर्ने सिफारिस समितिलाई चुनौती हो। अध्यक्षका लागि सिफासिर गरिएका व्यक्तिहरू संक्रमणकालीन न्यायमा खासै जानकार नभएको पीडित तथा नागरिक समाजले टिप्पणी गरिसकेका छन्।

बेपत्ता पारिएका छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) ऐन २०८१ को दफा ४ मा अध्यक्ष र सदस्यको योग्यताबारे व्यवस्था गरिएको छ। मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको, नियुक्ति हुँदाका बखत कुनै पनि राजनीतिक दलको सदस्य नरहेको, उच्च नैतिक चरित्र भएको, मानवअधिकार, शान्ति, कानुन, द्वन्द्व व्यवस्थापन वा समाजशास्त्रको क्षेत्रमा काम गरेको हुनुपर्ने तोकिएको छ।

अध्यक्ष सँगसँगै दुई आयोगका लागि अनिवार्य एकएक जना महिलासहित चारचार जना पदाधिकारी सिफारिस गरिँदैछ। कानुनअनुसार पुस २ गतेसम्म सिफारिस समितिले दुई आयोगका लागि पदाधिकारी छनोट गरी सरकारलाई दिनुपर्ने बाध्यात्मक व्यवस्था छ।

सरकारले दुई महिनाको समय दिँदै कात्तिक २ गते दुई आयोगमा अध्यक्षसहित पाँचपाँच सदस्यीय पदाधिकारी छनौट गरी सिफारिसका लागि जिम्मेवारी दिँदै पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा जिम्मेवारी दिएको थियो। सिफारिस समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, पूर्वराजदूत डा. अर्जुनकुमार कार्की, स्टेला तामाङ, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मनोज दुवाडी छन्।
अर्को समाचार
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
८ मिनेट अघि
•
१ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
पर्वत। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्।




लामो समयदेखि स्थानीयवासीका लागि समस्या बन्दै आएको सुनछाप पहिरोले गत असोजमा थप क्षति पुर्‍याएपछि स्थानीय आवागमन, सडक यातायात तथा सिँचाइ सेवा प्रभावित बनेको छ। मन्त्री श्रेष्ठले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै पहिरोका कारण उत्पन्न समस्या, जोखिम र तत्काल आवश्यक पहलका विषयमा जानकारी लिएका हुन्।

अवलोकनपछि स्थानीय जनप्रतिनिधि तथा प्रशासनका प्रतिनिधिसँग भएको छलफलमा पहिरोको तत्काल मर्मतसँगै दीर्घकालीन नियन्त्रण र प्रभावित पूर्वाधारको संरक्षणलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो।

समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, पूर्वाधार मन्त्रालय, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय तथा सहकार्य गरेर एकीकृत योजना अघि बढाउने पहल सुरु गरिएको मन्त्री श्रेष्ठले बताए।

सो अवसरमा पर्वतका प्रतिनिधिसभा सदस्य सागर भूसालले सुनछाप पहिरोको नियन्त्रण अत्यावश्यक रहेको उल्लेख गर्दै यसको दिगो समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए।

स्थानीय समस्या र आवश्यकताको वास्तविक पहिचान स्थलगत अवलोकनबाटै सम्भव हुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले स्थानीय जनप्रतिनिधि र समुदायसँगको सहकार्यमा पहिरो नियन्त्रण तथा प्रभावित पूर्वाधारको संरक्षणका लागि आवश्यक पहल र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
यो पनि पढौँ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस