सुनसरीको गढी गाउँपालिका-६ को प्रारम्भिक चरणको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार तेतर साहुले अग्रता कायम गरेका छन्। उनले पाँच सय मत गणना हुँदा १५९ मत ल्याएर अग्रता कायम गरेका हुन्।
एमालेका उम्मेदवार सन्तु उरावले १४८ मत ल्याएर उनलाई पछ्याइ रहेका छन्। यस्तै, माओवादी केन्द्रका कुशेश्वर खेरवारले १३५ मत ल्याएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी कविता उरावले २८ मत ल्याएकी छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पाँच सय मत गणना गर्दा ४९३ मत सदर भएको छ।
गढी-६ मा कुल तीन हजार ६२२ मतदाता रहेकोमा दुई हजार ६४५ मत खसेको थियो।