प्रधानमन्त्रीलाई काम होइन, सरकार ढल्दैन भनेर भाषण गर्नुपर्ने बाध्यता छ: विप्लव
०८ मंसिर २०८१
•
१ मिनेट पाठ
प्रधानमन्त्रीलाई काम होइन, सरकार ढल्दैन भनेर भाषण गर्नुपर्ने बाध्यता छ: विप्लव
<br>
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको काम नै सरकार ढल्दैन भनेर भाषण गर्ने रहेको टिप्पणी गरेका छन्।




सरकार कुनैपनि बेला ढल्न सक्ने भएकाले प्रधानमन्त्री ओली बचाउमा केन्द्रित हुनुपरेको उनको जिकिर थियो।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले सरकार टिक्ने अवस्था नभएकाले मुलुकमा विकास, निर्माणको कामले गति लिन नसकेको पनि बताए।

उनले भ्रष्टहरूले सरकार हटाउने र सत्ता कब्जा गर्ने हर्कत गरिरहेकाले जनतामा आक्रोश र असन्तुष्टि जन्मिएको दाबी समेत गरे।

महासचिव विप्लवले जेलमा रहेका आफ्ना पार्टीका नेता, कार्यकर्तालाई तत्काल रिहा गर्न पनि सरकारलाई दबाब दिए। 
अर्को समाचार
विप्लवको ‘आलुबम’
१४ जेष्ठ २०८२
•
६ मिनेट पाठ
विप्लवको ‘आलुबम’
विप्लव भन्ने बित्तिकै धेरैलाई बम र बन्दको सम्झना आउँछ ।  विगतमा  बम विस्फोट गराएर  नेपाल बन्द र  चन्दा असुली गरेको आरोप उनलाई लाग्ने गरेको छ । तर पछिल्लो समय विप्लव रक्त क्रान्तिबाट कृषि क्रान्तिमा लागेका छन्। कृषि क्रान्तिमार्फत समाज परिवर्तनमा लागेका  विप्लवको पछिल्लो ‘आलुबम’ निकै चर्चामा छ ।




नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले आफूहरूले दुई लाख किलो आलु विनोद चौधरीलाई बेचेसँगै यसको क्रान्ति रूपान्तरणको चर्चा चलेको हो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरले सोमबार बेलुकी आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालकै धनी उद्योगी विनोद चौधरीलाई आफूहरूले उत्पादन गरेर आलु बिक्री गरेको बताए ।

‘आलु त हामीले विनोद चौधरीलाई नै दियौँ र अस्ति उहाँसँग काठमाडौँमा भेट पनि भएको थियो,’ उनले भने, ‘उहाँले मेरो लागि त त्यो एउटा ‘मिरेकल’ जस्तै हो भन्नु भएको थियो।’सोचे भन्दा धेरै आलु उत्पादन गरी दिएपछि चौधरी छक्क परेको उनले बताए।

उद्योगपति विनोद चौधरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जनश्रम कृषि सहकारीले उत्पादन गरेको आलु खरिद गर्दा खुसी लागेको बताएका छन् । उनले आफ्नो सिजी फुड्सले आलु खरिद गरेको भन्दै यसले नेपाली अर्थतन्त्रको एकीकृत विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने विश्वास समेत व्यक्त गरेका छन्।

‘नेपाली अर्थतन्त्रको एकीकृत विकासका लागि कृषि उत्पादन र औद्योगिक उत्पादनबिच अन्योन्याश्रित सम्बन्ध हुनुपर्छ। हाम्रा उद्योगहरूका लागि आवश्यक कच्चा पदार्थ देशभित्रबाटै आपूर्ति गर्न सकियो भने अर्थतन्त्रको जग बलियो हुन्छ,’ चौधरीले एक्समा लेखेका छन्। 

उनले थपेका छन्, ‘हामीले देशभित्र उपलब्ध कच्चा पदार्थको अधिकतम उपयोग गर्ने नीति लिएका छौँ। सोहीअनुसार विप्लवजीले उत्पादन गरेको आलु हाम्रो इन्डष्ट्रियल पार्कले खरिद गरेको हो। अन्य कृषि उपज पनि यस्तै गरी आपूर्ति हुने वातावरण बनाउनुपर्छ। राजनीति र आर्थिक विकास जोडियोस्, विप्लवजीलाई शुभकामना!’

विप्लव आफूले लक्ष्यभन्दा बढी उत्पादन गर्न सफल भएको बताए । ‘उहाँलाई लागेको हुँदो हो यिनीहरूले बढीमा बिस–तिस हजार किलो आलु उत्पादन गर्ने भनेर,’ उनले भने, ‘तर हामीले भनेको टार्गेट भन्दा बढी उहाँलाई उपलब्ध गराएका थियौँ, लगभग दुई लाख किलो आलु हामीले उहाँलाई उपलब्ध गरायौँ।’

चौधरीले हालसम्म आफूलाई आलु सप्लाइ गर्ने सबैभन्दा ठुलो इकाई नेकपा रहेको कुरा पनि आफूसँग गरेको विप्लवले बताए। पछिल्लो समय आफूले कैलालीका आलु किसानसँग अन्तरक्रिया गरेपछि उनीहरू उत्साहित भएको उनले बताए।

पुँजी निर्माणका लागि आफ्नो पार्टीले काठमाडौँसहित नेपालका विभिन्न तीन ठाउँमा साना उद्योगहरूको सुरुवात गरेको र ती सबै नाफामा चलिरहेको उनले बताए। कतिपयले विप्लवको पार्टीलाई उत्पादन दिनु हुन्न र उनीहरूले खाइदिन्छ भन्ने जस्ता रुढीवादी सोचहरू पाल्ने गरेको भन्दै गुनासो गरे।पहाडमा भेडा पाल्ने किसानलाई माओवादीकै मान्छेहरूले विप्लवको पार्टीले ठग्छ भनेर रुने नै बनाएको उनले बताए।

‘नेकपालाई दिनुहुन्न, उनीहरू ठगी हाल्छन् अब तेरो भेडा पनि गयो पैसा पनि गयो भनेछन्,’  भेडा पालकको कथा सुनाउँदै उनले भने, ‘म ठिक्क त्यहाँ पुगे र हामीले एकै पटक सबै पैसा दिन सक्दैनौँ खण्ड खण्डमा दिन्छौँ भनेपछि उहाँले विश्वास गर्नुभयो।’

उनका पार्टीका कार्यकर्ता पनि कृषिमा रमाउन थालेको देखिएको छ । अरूसँग चन्दा उठाएर पालिने गरेका उनीहरू अहिले सहयोग गर्ने सक्ने हैसियतमा पुगेका छन् ।

‘केही समययता पार्टी र जन वर्गीय सङ्गठनका कार्यक्रममा हामी आफैँले उत्पादन गरेको धानको भात, तरकारी, माछा र मासु र मह खान थालेका छौँ,  विप्लवका एक कार्यकर्ताले भनेका छन्, ‘कसैसँग चन्दा माग्न परेको छैन बरु जाजरकोट र रुकुमका भूकम्प पीडितलाई पार्टीले उत्पादन गरेको २५ क्विन्टल चामल बाँड्यौँ’।’

खेतीपातीमा विप्लव 

आलु मात्र हैन, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले  देशका धेरै ठाउँमा  विभिन्न खोले सामूहिक खेती गरिरहेको छ ।शैक्षिक संस्था र व्यक्तिका बाँझो जग्गा भाडामा लिएर देशका विभिन्न जिल्लामा गरी  झन्डै एक सय भन्दा बढी  ठाउँमा सामूहिक खेती गरेको पार्टीले जनाएको छ।  आलुसँगै लसुन लगायत अन्य तरकारी र गाई पालन, कुखुरा पालन र फलफूल खेती गरिएको छ।  कम्युनिस्ट आन्दोलनको उद्गमस्थल रोल्पाको घर्तीगाउँमा उनीहरूले गरेको आलु र लसुन खेतीले धेरैको ध्यान खिचेको छ ।

त्यस्तै  उनी ‘आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता एवम् कार्यकर्ता’ नारासहित नेकपा अहिले कर्णालीका बाँझो जमिनमा खेती अभियानमा सक्रिय छ। जुम्ला, कालिकोट, मुगु, हुम्लालगायतका जिल्लामा स्याउ, ओखर खेती र भेडा पालन अभियान सञ्चालन भइरहेको छ।

जुम्लाको हिमा गाउँपालिका–७, धौलापानीमा करिब १३ हजार वर्ग मिटर क्षेत्रफलमा २ हजार स्याउका बिरुवा तथा ४ सय दाँते ओखरका बिरुवा रोपिएको छ। यसका लागि सहिद परिवारकी कृष्ण कौरा शाहीको जग्गा २० वर्षका लागि लिजमा लिइएको छ।

कालिकोटमा गत फागुन १२ गते तिला गुफानगरपालिकास्थित फोईमा १ हजार स्याउ र ५ सय दाँते ओखर रोपिएको छ। नेकपाले गत वर्ष पनि त्यहाँ २ हजार स्याउ रोपेको थियो। हुम्ला, मुगु, सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, रुकुम पश्चिमका विभिन्न क्षेत्रमा पनि धान, कोदो, दाल तथा अन्य बाली लगाइएको छ।

नेकपाले कालिकोटको रुप्सा गाउँका रामबहादुर बोहोराबाट २० लाखमा ९० भेडा खरिद गरेको थियो। हाल भेडाको सङ्ख्या १ सय १८ पुगेको छ। ती भेडाको रेखदेख ध्रुव सीको अध्यक्षतामा पाँच जनाको टोलीले गरिरहेको छ। 

विप्लवले नेपाली युवाहरूलाई खाडीका मरुभूमिमा श्रम बेच्नुभन्दा स्वदेशमै श्रम गरौँ, उत्पादन बढाऔँ भन्दै कृषि र पशुपालनमा लाग्न आह्वान गरे। ‘‘राजनीति मात्र गरेर हुँदैन, उत्पादनसँग जोड्नुपर्छ,’ उनी भन्ने गर्छन्, ‘हिमालमा स्याउ, जडीबुटी, ओखर, पहाडमा सुन्तला, तराईमा धान, तरकारी तथा फलफूल उत्पादनमा जोड दिनुपर्छ।’

नेकपा अर्थात् विप्लव

२०६९ असारमा तात्कालिक समयमा पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेतृत्व गरेका एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी नामक पार्टीबाट छुट्टिएका नेताहरूले मोहन वैद्यको नेतृत्वमा एक छुट्टै दल गठन गरेका थिए ।  

वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी पनि ’क्रान्तिकारी हुन नसकेको’ भन्दै विसं २०७१ मङ्सिरमा उनले दल टुक्राउने घोषणा गरेका थिए भने यस दलको आधिकारिक नाम नेपाल कम्युनिस्ट पार्टी राखिएको थियो । त्यही नै विप्लवको पार्टी हो । जसलाई सामान्यतया विप्लव माओवादी भनेर पनि चिन्ने गरिन्छ।

केपी ओली नेतृत्वको सरकारले नेकपा विप्लव समूहलाई आपराधिक सङ्गठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो। मन्त्रिपरिषद् बैठकले नेपाल कम्युनिस्ट पार्टीलाई २९ फागुन २०७५ मा, समूहले आपराधिक क्रियाकलाप गरेको, विकासका पूर्वाधारहरूमाथि बम विस्फोट गरेको र व्यक्तिको शान्ति सुरक्षामाथि आक्रमण गर्ने लगायतका कार्यहरू गरेको भन्दै सरकारले यस दललाई प्रतिबन्ध लगाएको थियो।

‘हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले  २०७७ फागुनमा सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको  थियो । 
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३५ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस