शान्ति सम्झौताको डेढ दशक: महत्वपूर्ण कामको कार्यान्वयन गर्न अझै बाँकी
०५ मंसिर २०८१
•
५ मिनेट पाठ
शान्ति सम्झौताको डेढ दशक: महत्वपूर्ण कामको कार्यान्वयन गर्न अझै बाँकी
नेपालमा २०५२ सालदेखि सुरु भएको दशवर्षे सशस्त्र द्वन्द्वलाई अन्त्य गर्ने विस्तृत शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । द्वन्द्वमा प्रत्यक्ष प्रभावित पीडितहरुले अझै न्याय पाउन सकेका छैनन् ।




विसं २०५२ फागुन १ देखि चलेको १० वर्षे सशस्त्र द्वन्द्वको अन्त्य गरी मुलुकमा शान्ति कायम गर्न २०६३ साल मङ्सिर ५ गते तत्कालीन सात राजनीतिक दल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बीच १२ बुँदे विस्तृत शान्ति सम्झौता भएको थियो । उक्त सम्झौतमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका थिए।

शान्ति सम्झौतापछि देशमा राजनीतिक परिवर्तन भयो । हतियार व्यवस्थापन तथा तत्कालीन माओवादीका लडाकु व्यवस्थापनजस्ता महत्वपूर्ण काम पूरा भए तर यतिका वर्षसम्म पनि द्वन्द्वपीडितले न्याय र पीडकले सजाय पाएका छैनन् । यसै सन्दर्भमा उक्त सम्झौता तय गर्ने कार्यमा अहम् भूमिका निवार्ह गर्नुहुने नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आजको दिनमा राज्यका सञ्चालक र तीनै तहका जनप्रनिनिधि संस्था, राजनीतिक दल, नागरिक समाजले आफूले गरेका कामको पुनःमूल्याङ्कन गरी कमजोरी सच्याएर अघि बढ्नुपर्ने बताउछन्।

नेता सिटौलाले भने, “शान्ति सम्झौताअनुसार शान्ति निर्माण गर्ने कार्य पूरा भयो, दुई आमनिर्वाचन पनि सम्पन्न भए, तर द्वन्द्वपीडितहरुले न्याय पाउने काम अझै पूरा भएको छैन, १८ वर्षपछि सो सम्बन्धी विधेयकले पूर्णता पाएको छ, तर  सम्बन्धित आयोग अझै बन्न बाँकी छ ।” नेपालको संविधानअनुसार बनेका तीन तहका सरकारले जनताका हितमा काम गर्नुपर्ने र संविधानअनुसार कानुन निर्माण गर्नुपर्ने उनको सुझाव छ।

शान्ति सम्झौताको नेतृत्व मूल रुपमा तत्कालीन कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाबाबुले गर्नुभएको उल्लेख गर्दै उनले देशमा दिगो शान्ति कायम गर्न, लोकतन्त्र बहाली गर्न र जनताको आर्थिक प्रगति तथा मुलुक समृद्धिका लागि शान्ति सम्झौता भएको बताए । “मुलुक सधैँ स्वतन्त्र स्वाधीन र सार्वभौमसत्ता सम्पन्न होस् भन्ने अभिलाषा र मूल सिद्धान्तका आधारमा तत्कालीन सात राजनीतिक दल र विद्रोही माओवादीबीच भएको शान्ति सम्झौतामा गिरिजाबाबु र प्रचण्डजीले हस्ताक्षर गर्नुभएको हो”, नेता सिटौलाले भने।

शान्ति सम्झौता पूर्ण कार्यान्वयन गर्ने सम्बन्धमा दलहरुबीच सहज किसिमको विश्वास बन्न नसकेको उनको भनाइ छ । हिजोका सात दल भनेका मूल रुपमा कांग्रेस र एमाले नै हुन्, जो हाल सत्तामा छन् । त्यस्तै विद्रोही माओवादी टुटफुट भएको छ, तथापि माओवादी पार्टीको मूल नेतृत्व प्रचण्डले नै गरेका छन्।

“दलहरुबीच विश्वासको कमी देखिन्छ, त्यसैले तत्काल सङ्क्रमणकालीन आयोग बनाएर न्याय दिने काम गर्नुपर्छ, कठिन छ तर गर्नैपर्छ”, नेता सिटौलाले भने, “शान्ति सम्झौता भनेको खाली संविधान निर्माण गर्ने, निर्वाचन गर्ने र दलहरु सत्तामा पुग्ने मात्र होइन, मुलुकलाई समृद्ध राष्ट्र निर्माण गर्ने यसको अभियान हो ।” मुलुक कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेको अवस्थामा शान्ति सम्झौताअनुसार सबै दल एक ठाउँमा बसेर आजसम्म आफूले गरेका कार्यको समीक्षा गरेर कमीकमजोरी सच्याएर अघि बढ्नुपर्ने उनको सुझाव छ ।  

के बाँकी छ विस्तृत शान्ति सम्झौताको काम?

नेपालमा भएको १० वर्षे सशस्त्र द्वन्द्वपछि भएको विस्तृत शान्तिसम्झौतामा उल्लिखित अधिकांश बुँदा कार्यान्वयन भइसकेको छ । महत्वपूर्ण काम भने अझै कार्यान्वयन गर्न बाँकी छ । सम्झौताको बुँदा नं ५, २ र ३ मा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको तथा युद्धका समयमा मारिएकाको वास्तविक नाम, थर र घरको ठेगाना सम्झौता भएको मितिले ६० दिनभित्र सूचना सार्वजनिक गरी परिवारजनलाई बुझाउने उल्लेख छ।

विस्तृत शान्तिसम्झौतामा आफ्ना कब्जामा रहेका मानिसका बारेमा जानकारी सार्वजनिक गरी १५ दिनभित्र सबैलाई मुक्त गर्न दुवै पक्ष मञ्जुर गर्दछन् भनिएको छ । शान्ति सम्झौताअनुरुप नै दुवै पक्ष सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै समाजमा शान्ति कायम गर्नका लागि मानवताविरुद्धको अपराधमा संलग्नको सत्य अन्वेषण गरी दोषीलाई कारबाही गर्ने उद्देश्यले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको २०७१ माघ २७ गते गठन गर्‍यो । सरकार र द्वन्द्वरत पक्षबीच सम्झौता भएको साढे आठ वर्षपछि यी दुई आयोग बनेका थिए ।

नेपालको संविधानअनुसार दुई वर्षभित्र सम्पूर्ण काम सक्ने भनेर गठन गरिएका यी दुई आयोगमा पहिलो कार्यकालका पदाधिकारीले चार वर्षसम्म पनि काम पूरा गर्न नसकेपछि ती पदाधिकारीलाई बिदाइ गरेर नयाँ पदाधिकारी ल्याएको पनि करिब दुई वर्ष काम गरेर बिदा भए पनि अझै काम पूरा हुन सकेको छैन ।        

नेपालको संविधानअनुसार दुई वर्षभित्र पूरा गर्ने भनिएको सङ्क्रमणकालीन न्याय यतिका वर्षको बितिसक्दा पनि पूरा हुन सकेको छैन । विसं २०७९ साउन १ गतेदेखि दुवै आयोग पदाधिकारीविहीन छन्। आयोगमा कर्मचारी छन् तर पदाधिकारी छैनन् । राज्यको ठूलो लगानी भएको छ तर पीडितले न्याय पाएको अनुभूति गर्न पाएका छैनन्।

सत्यनिरुपण तथा मेलमिलाप आयोगमा हालसम्म ६३ हजार सात सय १८ उजुरी दर्ता भएका छन् । तीमध्ये तीन हजारलाई आयोगले तामेलीमा राख्ने निर्णय गरेको थियो । आयोगले द्वन्द्वपीडित परिचयपत्र उपलब्ध गराउने र पीडितलाई परिपूरणको फाराम भराउने तथा परिपूरणको सिफारिस गर्ने काम प्रारम्भ गरे पनि पदाधिकारी नहुँदा काम अघि बढ्न सकेको छैन ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा तीन हजार दुई सय ४३ उजुरीमध्ये दुई सय ३७ उजुरी सत्यनिरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित भएकाले त्यहाँ पठाइएको छ । त्यसमध्ये एक सय ३१ उजुरी दोहोरो परेको देखिएकाले लगतकट्टा गरिएको छ । साथै दुई सय ८९ उजुरीमा सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारेका भन्ने नै आधार प्रमाण नदेखिएकाले तामेलीमा राखेको छ । 
अर्को समाचार
फेरिए सरकार फेरिएनन् द्वन्द्वपीडितका दिन
०५ मंसिर २०८१
•
६ मिनेट पाठ
फेरिए सरकार फेरिएनन् द्वन्द्वपीडितका दिन
देशका विभिन्न भागमा भागदौड मच्चिएका खबर आउँथे। दिनहुँ मान्छे मारिएका, हराएका, विस्थापित भएका खबर आउँथे। हत्या, हिंसा, अपहरण, विस्थापनले हैरान भइसकेका जनता देशमा शान्ति सुशासन कायम हुने आशाले उत्साहित थिए। जनता त्यसरी उत्साहित भएको त्यो दिन थियो–२०६३ साल मंसिर ५ गते। त्यो दिन तत्कालीन विद्रोही नेकपा माओवादी सशस्त्र संघर्ष छाडेर औपचारिक रूपमा शान्ति प्रक्रियामा आएको थियो।  




त्यो दिनले देशमा बेग्लै उत्साह, उमंग, आशा ल्याएको थियो। त्यो दिन सरकार र तत्कालीन नेकपा माओवादीबिच भएको विस्तृत शान्ति सम्झौताले मुलुकमा सशस्त्र संघर्षको विधिवत् अन्त्य गरेको थियो। प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए।  

विस्तृत शान्ति सम्झौताको १८ वर्ष पूरा हुँदै गर्दा संक्रमणकालीन न्याय भने अपूरै छ, टुंगोमा पुग्न सकेको छैन। सशस्त्र संघर्षमा रहेको नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महŒवपूर्ण भूमिका निर्वाह गरेका नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौला भन्छन्, ‘विस्तृत शान्ति सम्झौता एकै दिनमा टुंगिएको विषय थिएन।’ धेरै छलफल, मेहनतले शान्तिसम्झौता भएको उनी सम्झन्छन्।

त्यसबेलाको राजनीतिक आवश्यकतामा  १२ बुँदे समझदारी भएको उनी बताउँछन्। तत्कालीन सात राजनीतिक दलको नेतृत्व गिरिजा बाबु (तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला)ले र सशस्त्र संघर्षमा रहेको दल नेकपा माओवादीको नेतृत्व प्रचण्ड ९पुष्पकमल दाहाल० ले गरेको उनले बताए। राजनीतिक विकासका रूपमा १२ बुँदे सहमतिबाट उठेको जनआन्दोलनले संसद् पुनस्र्थापना भएको सिटौला सम्झन्छन्।  

राजनीतिक समझदारीबाट नै मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर सम्भव भएको उनले बताए। ‘विस्तृत शान्ति सम्झौता राजनीतिक आवश्यकताको उपज थियो। त्यो सम्झौता देशलाई सार्वभौमसत्ता सम्पन्न बनाउने, देशमा दिगो शान्ति कायम गर्ने, लोकतन्त्र स्थापित गर्ने र आर्थिक समृद्धिको ढोका खोल्ने उद्देश्यमा गरिएको थियो’, सिटौलाले नागरिकसँग भने। यिनै चारवटा बुँदामा आधारित भई त्यसैको राजनीतिक आधारमा संविधान बनेको उनी सम्झन्छन्। तर जुन आशाका साथ शान्ति सम्झौता भएको थियो त्यसअनुसार देशले गति लिन भने नसकेको उनी बताउँछन्।  

राजनीतिक परिवर्तनपछि जनताको पक्षमा अपेक्षित काम हुन नसकेको सिटौला स्वीकार गर्छन्। शान्ति सम्झौतामा उल्लेख भएअनुसार द्वन्द्वपीडितलाई न्याय दिने काम बाँकी रहेको उनले बताए।

त्यतिबेला सबै जनताको चाहना देशमा शान्ति कायम होस् भन्ने थियो। जनचाहना र राजनीतिक दलहरूको बलमा शान्ति सम्झौता भएको थियो। ‘बिनाशान्तिको लोकतन्त्र हुँदैन। हामीले ल्याएको शान्ति लोकतन्त्रसहितको  

हो। लोकतन्त्र र शान्तिबीच अन्योन्याश्रित सम्बन्छ छ’, सिटौला भन्छन्। उनले संक्रमणकालीन न्यायका सन्दर्भमा भैरहेका केही प्रक्रियागत कामलाई अगाडि बढाएर यसलाई टुंगोमा पुर्‍याउनुपर्ने बताए।  

देशमा राजनीतिक खिचातानीका कारण विस्तृत शान्ति सम्झौताबमोजिम संक्रमणकालीन न्याय प्रक्रिया अझै टुंगोमा पुग्न सकेको छैन।  

संविधानसभाको चुनाव सम्पन्न भएको ६ महिनाभित्र शान्ति प्रक्रियाका सबै काम सक्ने प्रतिबद्धता त्यसबेला गरिएको थियो।

२०६४ सालमा निर्वाचनमार्फत गठन भएको संविधानसभाले संविधान बनाउन नसकेपछि दोस्रोपटक २०७० सालमा फेरि संविधानसभाका लागि चुनाव भएको थियो।  

दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएपछि मुलुक संघीयतामा प्रवेश गर्‍यो। संघीयता कार्यान्वयनका क्रममा मुलुकमा दुईपटक संघीय संसद्, प्रदेशसभा र स्थानीय तहको चुनाव भैसकेको छ। २०६२/६३ को राजनीतिक परिवर्तन र संविधानसभाबाट संविधान जारी भएपछि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले सरकारको नेतृत्व गरे पनि शान्ति सम्झौताअनुसार संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन नसक्नु विडम्बना हो। यसले न्यायको पर्खाइमा रहेका द्वन्द्वपीडित परिवारमा निराशा पैदा गरेको छ।  

त्यो शान्ति सम्झौता नेपालको मात्र नभई अन्तर्राष्ट्रियस्तरमै चासो, चर्चा, अध्ययन, अनुसन्धानको विषय बनेको छ। मुलुकमा दीगो शान्ति कायम गर्न शान्ति सम्झौतामा सेना समायोजन तथा हतियार व्यवस्थापन, नयाँ संविधानका लागि संविधानसभाको चुनाव र संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने विषयलाई विशेष प्राथमिकतामा राखिएको थियो। सेना समायोजन र संविधानसभाबाट संविधान बनाउने काम भने भइसकेको छ।  

शान्ति सम्झौतामा ६ महिनाभित्र संक्रमणकालीन न्याय संयन्त्र गठन गर्ने उल्लेख छ। ६ महिनभित्र गठन गर्ने भनिएको त्यो संयन्त्र आठ वर्षपछि मात्रै बन्यो। संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन भन्दै २०७१ सालमा आएर सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठन गरियो। संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउने संयन्त्रका रूपमा यी दुई आयोग गठन भए पनि काम हुन सकेको छैन।‘सशस्त्र द्वन्द्वका कारण उत्पन्न हुन सक्ने विषम परिस्थितिलाई निराकरण गर्न, मुलुकको सामाजिक, आर्थिक, राजनीतिक जीवनमा पर्नसक्ने प्रतिकूल प्रभाव न्यूनीकरण गर्न समयमै सम्बोधन गरिनुपर्ने’ सम्झौतामा लेखिएको छ।  

पदाधिकारीको पर्खाइमा दुई आयोग  

संक्रमणकालीन न्याय प्रक्रिया अघि बढाउने उद्देश्यका साथ गठन गरिएका दुई आयोग अहिले पदाधिकारी कुरेर बसिरहेका छन्। सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव, सहसचिवसहितका कर्मचारी पदाधिकारीबिना काम गर्न नसक्ने भएकाले पदाधिकारीको पर्खाइमा रहेको बताउँछन्। सशस्त्र द्वन्द्वका बेला भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनाको सत्य तथ्य पत्ता लगाउन बनेका यी दुई आयोग २०७९ साउनदेखि पदाधिकारीविहीन छन्।

पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा समिति बनेको छ। यसले आफ्नो काम गरिरहेको छ। सम्भवतः यो समितिले डेढ महिनाभित्र दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्नेछ।  

द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीका अनुसार गत वर्षभन्दा यस वर्ष केही प्रक्रिया अघि बढेको छ। उनी द्वन्द्वपीडितलाई सबैभन्दा बढी डर आयोग गठनमा विगत दोहोरिन्छ कि भन्ने रहेको बताउँछन्। विगतमा राजनीतिक दलले ‘आफ्ना मान्छे’लाई आयोगमा पदाधिकारी बनाउँदा काम हुन नसकेको पीडितहरूको बुझाइ छ। ‘गत वर्ष र अहिलेको फरक हेर्दा ऐन संशोधन भएको छ’, अधिकारीले भने, ‘आयोग गठन प्रक्रिया अघि बढेको छ। कसरी अघि बढ्छ थाहा छैन। हिजोकै दोहोरिन्छ कि भन्ने डर छ।’  

यसपटकको सिफारिस समितिलाई पनि पीडितले पारदर्शी रूपमा काम गर्न आग्रह गरेका छन्। ‘सबैको चासो हिजोको जस्तो नहोस् भन्ने छ’, अधिकारीले भने, ‘संक्रमणकालीन न्याय, पीडितको भावना बुझेको, विषयवस्तु बुझेको, कसैको दबाबमा नपर्ने व्यक्तिलाई आयोगमा ल्याउनुपर्छ भन्ने हाम्रो माग हो।’

सशस्त्र द्वन्द्वका क्रममा भएका मानवअधिकार उल्लंघनका घटनामा सत्य अन्वेषण, छानबिन गरी वास्तविक तथ्य जनसमक्ष ल्याउन र दोषीलाई कारबाही सिफारिस गर्न यी आयोग गठन भएका हुन्। पीडक र पीडितबीच मेलमिलाप गराई पारस्परिक सद्भाव तथा सहिष्णुताको भावना अभिवृद्धि गरी दिगो शान्ति र मेलमिलापको वातावरण निर्माण गर्नु पनि यी आयोगको उद्देश्य हो।  

सत्यनिरूपण आयोगको पहिलो कार्यकालमा करिब ६३ हजार उजुरी परेका छन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पहिलो कार्यकालमा करिब ३२ सय उजुरी दर्ता भएका थिए। आयोगले २५ सय ६ जना बेपत्ताको सूची दोस्रोपटक सार्वजनिक गरेको थियो।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस