रुपन्देहीमा रविको बयान सकियो, २३ घण्टामा ७४ सवाल-जवाफ
२९ कार्तिक २०८१
•
३ मिनेट पाठ
रुपन्देहीमा रविको बयान सकियो, २३ घण्टामा ७४ सवाल-जवाफ
.
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग रुपन्देहीमा बयान लिने कार्य सम्पन्न भएको छ। 




मंगलबार रुपन्देही ल्याइएका लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार करिब १० घण्टा लामो बयान लिएको थियो। यसअघि, बुधबार ८ घण्टा र मंगलबार साढे ५ घण्टासम्म बयान लिइएको थियो। 

यसरी, कुल करिब २३ घण्टाको बयान प्रक्रिया पूरा भएको छ। गोर्खा मिडिया नेटवर्क मार्फत सुप्रिम सहकारीको रकम संगठित रुपमा अपचलन गरेको मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा उनको बयान लिइएको हो।

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डित सहित अनुसन्धान अधिकृतहरूले लामिछानेको बयान लिएका हुन।

जिल्ला न्यायधिवक्ता पौडेलले लामिछानेको बयान सकिएको जानकारी दिए। लामिछानेसँग जोडिएको मुद्दाका सम्बन्धमा ७४ वटा सवाल जवाफ भएको पौडेलले जानकारी दिए।

पूर्व गृहमन्त्री समेत रहेका लामिछाने गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक हुन। संसदीय समितिको प्रतिवेदन अनुसार उनी पदमा रहेकै बेलो गोर्खा मिडिया नेटवर्कमा सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँ गैरकानुनी रुपमा गएको देखिन्छ।

त्यसमध्ये २ करोड लामिछानेको नाममा निकालिएको यसअघिका अनुसन्धान प्रतिवेदनमा औँल्याइएको छ।

बुटवलको राजमार्ग चौराहमा केन्द्रीय कार्यालय रहेको सुप्रिम सहकारीमा १० हजार ३ सय ९१ बचतकर्ता छन्। ती बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड मध्ये ८६ करोड १८ लाख रकम जिवी राईको समूहले अपचलन गरेको भन्दै सहकारीका १ हजार ८३१ बचतकर्ताले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए।

तीनै उजुरीका आधारमा करिब ९ महिना अघि देखि सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान जारी छ।

लामिछाने सुर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा गत कात्तिक २ गते पक्राउ परेका थिए। गत आइतबार कास्की जिल्ला अदालते चौथो पटक उनलाई थप १३ दिनको म्याद थप गरेको थियो।

सुप्रिम सहकारी ठगी प्रकरणमा पनि जोडिएपछि उनलाई कास्कीबाट बयानका लागि रुपन्देही ल्याइएको हो। रुपन्देहीमा बयान सकिएकाले शुक्रबार उनलाई विमानबाटै पोखरा पठाइने रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए। तीन दिनसम्म उनलाई जिल्ला प्रहरीको हिरासतमा राखियो।

अनुसन्धानकै क्रममा प्रहरीले गत वैशाखमा सहकारीका संरक्षक तथा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिवी राई, सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, सचिव दिपेश पुन, सहकारीका व्यवस्थापक सागर केसी लगायतका २८ जना विरुद्ध सरकारी वकिलको कार्यालय मार्फत मुद्दा दायर गरेको थियो।

ती मध्ये सात जना वैशाखमै पक्राउ परेका थिए। अध्यक्ष गुरुङलाई पूर्पक्षकालागि थुनामा पठाइएको छ। सचिव पुन सहितका ६ जना धरौटीमा रिहा भए। जिवी सहितका १९ जना अहिले पनि फरार छन्।

फरार १९ जनाविरुद्ध जिल्ला अदालतले गत वैशाखमै पक्राउ पुर्जी जारी गरेको थियो। अनुसन्धानकै क्रममा गोर्खा मिडिया नेटवर्क प्रालिका संचालक, पदाधिकारी तथा सदस्यहरूको नाममा सुप्रिमबाट पैसा झिकेर गोर्खा मिडिया खर्च गरेको देखिएपछि रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी लगायतका १२ जनाविरुद्ध पनि जिल्ला अदालत रुपन्देहीले कात्तिक ८ मा पक्राउ पुर्जी जारी गरेको थियो।

सोही मुद्दामा गोर्खा मिडियाका उपाध्यक्ष रहेका पूर्व डिआइजी छविलाल जोशीलाई यसअघि नै रुपन्देहीमा बयान गरेर पोखरा पठाइएको छ।

पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई भने मंगलबार भैरहवा ल्याएर बयान लिन सुरु गरिएको हो।
अर्को समाचार
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
११ मिनेट अघि
•
० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।




पार्टीका महामन्त्रीहरूले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्ने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गर्न लागेका हुन्।

पत्रकार सम्मेलन आज (शनिबार) अपराह्न २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना हुनेछ।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
यो पनि पढौँ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस