मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो कुनै सामान्य त्रुटि मात्र भएको भए प्रधानमन्त्री केपी शर्मा ओलीले सिध्याउने जिकिर गरेका छन्।
प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले सोमबार इटहरीमा आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा उनले आफ्ना सारा कमजोरी प्रधानमन्त्री ओलीले खोजी गरेपनि केही नभेटेपछि मौन बसेको जिकिर गरेका हुन्।
‘रवि लामिछानेलाई चलाएजस्तो र बालेन साहलाई जिस्काए जस्तो दुर्गा प्रसाईं होइन,’ उनले भने, ‘केही नभेटेर केही दिनअघि केपी ओलीले पूतना पनि जन्माए।’ विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा प्रसाईं केही दिनअघि पक्राउ परेर छुटेका हुन्।
उनले बोल्ने क्रममा अधिकतर समय एमालेसँगै प्रधानमन्त्री ओलीलाई गाली गर्न खर्चेका उनले नीतिगत भ्रष्ट्राचारमा एमाले अघि रहेको आरोप लगाए। ‘केपी ओलीसँगै शेरबहादुर देउवा र प्रचण्डले यो देशलाई बरबाद बनाए,’ उनले आरोप लगाउँदै भने, ‘अहिलेको व्यवस्था परिवर्तन नभएसम्म गरिब र दिन दुखीले सुख पाउँदैनन्।’
प्रसाईंले अहिलेको सङ्घीय लोकतान्त्रिक व्यवस्था परिवर्तनका लागि मंसिर ७ गतेबाट काठमाडौंमा निर्णायक आन्दोलन चर्काउने उद्घोष गरे। ‘अहिलेको व्यवस्था परिवर्तन नभएसम्म देश त रहला तर नेपाली नागरिक रहदैनन, त्यसैले अब सम्पूर्ण सङ्गठित भएर निर्णायक आन्दोलनमा लाग्नुपर्छ, काठमाडौं जान नभ्याउनले आ-आफ्नो ठाउँमा सडक जाम गरेर बस्नुहोस्।’
प्रसाईंले आफूले २०७९ फागुन १ गते बैङ्क तथा वित्तीय संस्थाको चर्को ब्याजदर विरुद्ध आन्दोलन थालेकै कारण पछिल्लो समय १७ प्रतिशतबाट ९ प्रतिशत व्याजमा झरेको बताए।
‘सारा गरिब र दिन दुखीको आँसु पुछ्न अनि घर जग्गा जोगाउने मेरो अभियान हो,’ उनले भने, ‘कतिपयले दुर्गा प्रसाईंले बैक ब्याज नतिर्न यस्तो अभियान चलाएको भनेर भ्रम फैलाउन गरेका छन्। यदि मैले ब्याज नतिर्न भए मलाई बैङ्कले किन ब्ल्याक लिस्टमा राख्न सक्दैन ?’
उनले १६ जना मारवाडी घरानियाँले देशलाई खोक्रो बनाएको दाबी गरे। ‘बर्माबाट आएका मारवाडीका जात, धर्म र देश नै छैन, केवल उनीहरूको काम कसरी हुन्छ, नेपाली दिन दुखीलाई शोषण गर्ने मात्र हो,’ उनले भने, ‘नेपालका धेरै व्यवसायी मारवाडीका कामदार मात्र हुन्।’
सो कार्यक्रममा महाअभियानका सुनसरी जिल्ला संयोजक सरोज सिंहले कांग्रेस, एमाले, माओवादी र मधेसवादी दलको पछाडि लाग्दा देश सकिने जिकिर गरे।
‘यो हाम्रो महाअभियान एउटा शक्ति हो, नागरिक शक्ति हो, राष्ट्रवादीहरूको शक्ति हो, यसले पक्कै पनि अहिलेको व्यवस्थामा परिवर्तन ल्याएरै छाड्छ।’ सो क्रममा मानवअधिकारवादी तुलसी थापा, महाअभियानका सदस्य सतिष पोखरेललगायतले बोलेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्देशन दिएका छन्।
शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रशिक्षण अवधिभर मोबाइल प्रयोग नगर्न र अनुशासन पालना गर्न निर्देशन दिएका हुन्।
लामिछानेले प्रशिक्षणको सबैभन्दा महत्त्वपूर्ण पक्ष अनुशासन भएको बताए। पार्टीमा अनुशासन नभए राजनीतिक जीवनलाई व्यवस्थित रूपमा अघि बढाउन नसकिने उनको भनाइ छ।
उनले प्रशिक्षण अवधिभर सहभागीले मोबाइल फोन बन्द गर्नुपर्ने र आयोजकले अनुमति दिएको समयबाहेक पार्टीका अन्य बैठकमा पनि मोबाइल प्रयोग गर्न नपाइने बताए।
‘यो पुरै सेसनभरि हामी अहिले तपाईंले उठाइरहनुभएको टेलिफोन प्रयोग गर्दैनौँ। अहिले मात्र होइन, रास्वपाको कुनै पनि कार्यक्रममा आयोजक कमिटीले अनुमति दिएकोबाहेक बैठकमा हामी टेलिफोन प्रयोग गर्दैनौँ,’ उनले भने।
उनले सहभागीलाई फोन बन्द गरेर प्रशिक्षणमा ध्यान दिन आग्रह गरे। फोन चलाउने, अनावश्यक कुराकानी गर्ने र बारम्बार आवतजावत गर्ने गतिविधि रोक्नुपर्ने उनको निर्देशन थियो।
लामिछानेले अनुशासन पालना नगर्ने सहभागीको पार्टीले रेकर्ड राख्ने र त्यसको मूल्यांकन हुने चेतावनीसमेत दिए।
‘जसले यो सामान्य अनुशासन पालना गर्दैन, पार्टीले त्यस्ता साथीहरूको रेकर्ड राख्छ र त्यसको कुनै न कुनै ढंगले मूल्यांकन अवश्य पनि हुनेछ,’ उनले भने।
उनले प्रशिक्षणमा सिकेका विषयलाई राम्रोसँग बुझेर आफ्नो क्षेत्र र टोलमा गएर अरूलाई सिकाउन पनि सहभागीलाई निर्देशन दिए।
प्रशिक्षण कार्यक्रममा सहभागीले मोबाइलको सट्टा फाइलमा आवश्यक विषय टिपोट गर्नुपर्ने र प्रश्न तथा जिज्ञासा राख्दा हात उठाएर पालैपालो बोल्ने अभ्यास गर्नुपर्ने उनले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...