सत्ता पक्षको स्वार्थका कारण ल्याइने अध्यादेशको मारमा सधैं राजनीतिक दलसम्बन्धी ऐन पर्ने गरेको छ। राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा दल विभाजन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४०/४० प्रतिशत सदस्य आवश्यक पर्ने व्यवस्था छ।
ऐनमा यो व्यवस्था राजनीतिक दल पटकपटक नफुटून् र राजनीतिक स्थायित्व कायम होस् भन्ने उद्देश्यका साथ राखिएको हो। तर सत्ता पक्षबाट आफ्नो स्वार्थ पूरा गर्न पटकपटक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर यो ऐनको धज्जी उडाउने काम भएको छ। वर्तमान सरकार पनि अध्यादेश ल्याएर फेरि यो ऐनमाथि प्रहार गर्न लागिपरेको छ।
शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले दल विभाजनका लागि सहज हुने गरी ऐनका केही व्यवस्था संशोधनसहित २०७८ भदौ २ मा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश ल्याएको थियो। दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशत सदस्यको समर्थन भए पुग्ने व्यवस्था राखिएको उक्त अध्यादेश तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको थियो।
उक्त अध्यादेश जारी भएपछि एमालेबाट माधव नेपाल समूह र जनता समाजवादी (जसपा) नेपालबाट महन्थ ठाकुर समूह अलग भएर दुई नयाँ दल बनेका थिए। नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) र ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दर्ता भएलगत्तै तत्कालीन सरकारले उक्त अध्यादेश खारेज गर्न असोज ११ राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। एमाले र जसपा नेपाललाई फुटाउन सजिलो हुने गरी तत्कालीन सरकारले राजनीतिक दल विभाजनसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ ल्याएको थियो।
त्यसअघि पनि केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ सालमा राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टी फुटाउने उद्देश्यसहित राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था संशोधन गरी अध्यादेश ल्याएको थियो।
दल फुटाउन केन्द्रीय समिति र संसदीय दल दुवैमा ४०/४० प्रतिशत सदस्य संख्या आवश्यक पर्ने ऐनको व्यवस्था संशोधन गरी केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य संख्या भए पुग्ने व्यवस्था राखिएको थियो। त्यसको चर्को आलोचना भएपछि ओली नेतृत्वको सरकारले अध्यादेश फिर्ता गर्न तत्कालीन राष्ट्रपतिलाई सिफारिस गरेको थियो।
पुष्पकमल दाहाल नेतृत्वको सरकारले संवैधानिक प्रचलन, प्रचलित कानुनको मूल मर्म र भावना तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यानमा राखेर ऐनमा अध्यादेशमार्फत संशोधन गरिएका प्रावधान हटाएर साविककै व्यवस्था राख्न राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई माघ १८ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो।
यसबाट अब दल विभाजनसम्बन्धी अध्यादेश आउँदैन भन्ने आशा पनि जागेको थियो। तर उक्त ऐन संशोधन विधेयक संसद्मा पेस नगरी २०८१ जेठ ८ गते सरकारले फिर्ता लिएको थियो। सरकारले ऐन संशोधन विधेयक फिर्ता लिएसँगै ऐनमा रहेको दल विभाजनसम्बन्धी व्यवस्था निष्क्रिय छ। यसलाई कार्यान्वयनमा ल्याउन नयाँ विधेयक खाँचो रहेको संसद् सचिवालयका अधिकारीको भनाइ छ।
तत्कालीन सरकारले ऐन संशोधन विधेयक फिर्ता लिएपछि वर्तमान सरकारले अर्को संशोधन विधेयक ल्याउनुको साटो फेरि पनि दल विभाजन गर्न सहज हुनेगरी अध्यादेश ल्याउने चर्चा चलिरहेको छ। यो चर्चासँगै विपक्षी दलहरूले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति रामचन्द्र पौडेललाई छुट्टाछुट्टै भेटेर अध्यादेश नल्याउन/जारी नगर्न ध्यानाकर्षण गराएका छन्।