मधेस प्रदेश सरकारले बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मधेस प्रदेश सत्तारूढ गठबन्धन दलको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए।
मुख्यमन्त्री सिंहले भने, "विपद्का कारण काठमाडौं उपत्यकासहित देशभर ठूलो मानवीय र भौतिक क्षति भएको छ। यस विपत्तिमा सबै मिलेर काम गर्नुपर्ने आवश्यकताबाट सत्तारूढ दलले सहयोग गर्ने निर्णय गरेको हो। मन्त्रीहरूको समेत सहभागी निर्णय भएकाले यसलाई मन्त्रिपरिषदकै निर्णयका रूपमा बुझ्नुपर्छ।"
यसअघि पनि मधेस प्रदेश सरकारले बाढी, पहिरो र डुबानबाट ज्यान गुमाएका परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको थियो।
त्यस्तै, गठबन्धन दलले प्रदेश सरकार मातहतका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति गर्ने विषयमा अध्ययन, विश्लेषण, र मूल्यांकन गर्न समिति गठन गरेको छ।
सो समितिमा लोसपा नेपालको संसदीय दलका उपनेता उपेन्द्र महतोको संयोजकत्वमा खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोदकुमार जायसवाल (नेकपा एमाले), ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव (नेपाली कांग्रेस), र जनमत पार्टीका प्रदेशसभा सदस्य सञ्जयकुमार यादव सदस्य रहेका छन्।
मुख्यमन्त्री सिंहले एकलौटी नियुक्तिको आरोपपछि गठबन्धन दलहरूलाई समेटेर नियुक्तिको आवश्यकता र प्रभावकारिताबारे अध्ययन गर्न समिति गठन गरिएको बताए।