दलीय स्वार्थ र भ्रष्टाचारको अचानोमा
०३ असोज २०८१
•
५ मिनेट पाठ
दलीय स्वार्थ र भ्रष्टाचारको अचानोमा
फाइल तस्वीर
संविधानसभाबाट संविधान बनेपछि मुलुकमा ‘कायापलट हुन्छ’ भनिएको थियो। गणतन्त्रपछि बन्ने नयाँ संविधानले देशमा उलटपुलट नै गर्छ भन्ने फोस्रो आश्वासनले जनतालाई लोभ्याएको थियो। कुनै खालको समस्या देखिँदा पनि भनिन्थ्यो, ‘संविधानसभाबाट संविधान बनेपछि सबै समाधान हुनेछन् ।’ जनतालाई देखाइएका आशा संविधान बनेको करिब एक दशक बित्नै लाग्दा निराशामा परिणत हुँदै छन्। आशा निराशामा परिणत हुँदै जाँदा पुराना राजनीतिक दल, नेता र राजनीतिप्रति नै जनतामा वितृष्णा देखिन थालेको छ।




संविधान बनेपछिको ‘सुन्दर नेपाल’को कल्पना सबैको मस्तिष्कमा यो वा त्यो तरिकाले बसिसकेको थियो। त्यो भनेको स्थायी सरकार, विकास, संविधानको कार्यान्वयन थियो हो।

संविधानसभाबाट संविधान बनिसकेपछि देशमा ९ वटा सरकार बनेका छन्। नौ वर्षमै नौवटा सरकार बन्नुले वर्षभरि नै सरकार अदलबदलको प्रयास देखिन्छ। केन्द्रमा सरकार परिवर्तन हुनासाथ त्यसको असर प्रदेशसम्म पर्ने र सरकार परिवर्तन हुने गरेका छन्। नयाँ सरकारअनुसार संवैधानिक निकायमा नियुक्ति, राजनीतिक नियुक्ति, राजदूत, संस्थानलगायतमा नियुक्तिको दौडधुप, चाकडीमै धेरै व्यक्तिको समय व्यतीत हुने गरेको देखिन्छ। यसले पनि अस्थिरताको मापन गर्न गाह्रो पर्दैन।

सधैं चर्चामा धारा ७६

मुलुकमा राजनीतिक अस्थिरता सँगसँगै संविधानमा व्यवस्था भएको धारा ७६ निकै चर्चा आयो। चुनावपछि स्थिर सरकारको अनुभूति जनताले गर्न पाएनन्। मन्त्रिपरिषद् गठनको व्यवस्था भएको धारा ७६ कार्यान्वयनले सरकार अदलबदल, जुन जनताको अनुमानबाहिरकै विषय हुन पुगेको छ।

कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसक्दाको परिणाम र संविधानको व्यवस्थाले पनि देशमा अस्थिरता निम्त्याएको टिप्पणी सार्वजनिक रूपमै भैरहेका छन्। प्रदेश सरकारप्रति उत्तिकै वितृष्णा छ। संघीय सरकार भत्किँदाको सिधै असर प्रदेशमा पर्ने गरेको छ। संविधान बनेपछि सबैभन्दा धेरै चर्चामा आएको धारा ७६ हो।

अदालतकै भरमा दलहरू

संविधानलाई दलीय स्वार्थमा प्रयोग गर्न खोज्दा संविधान निर्माण गर्ने राजनीतिक दल नै पटकपटक सर्वोच्च अदालततिर आँखा लगाउनुपर्ने बाध्यात्मक अवस्थामा पुगेका छन्। संविधानको धारा १२८ मा सर्वोच्च अदालतको व्यवस्था छ। ‘संविधान र कानुनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई हुनेछ’ भन्ने व्यवस्था गरिएको छ।

संविधानको यो धारा भने निकै कार्यान्वयनमा आएको छ। किनकि कानुन मिचेर सरकारले गर्ने संवैधानिक, कानुनी नियुक्तिदेखि हरेक विवाद सर्वोच्च अदालत पुग्ने गरेका छन्। संघमा सरकार बन्दा, भत्कँदा होस् वा प्रदेशमा हुने असंवैधानिक प्रयासहरूविरुद्ध सर्वोच्च अदालतकै भर पनुपर्ने अवस्था बढ्दै गएको छ। राजनीतिक विवादका कारण पनि सर्वोच्च अदालतमा मुद्दाका चाप बढ्दै गएको देखिन्छ।

सरकारले कानुनको अक्षरसः पालना गर्न नसक्दा अदालतमा मुद्दा थुप्रिने गरेका छन्। सर्वोच्चले नै ती विवादको टुंगो लगाउने गरेको छ। तर अदालतले गरेका सबै फैसला कार्यान्वयन हुन नसक्नु अर्को समस्याको विषय बन्दै गैरहेको छ। साथसाथै सर्वोच्च अदालतले आफ्नो वा मातहतका अदालतको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा कानुनबमोजिम अवहेलनामा कारबाही चलाइ सजाय गर्नसक्नेछ भन्ने व्यवस्था छ।

नाममा मात्रै मौलिक हक

मौलिक हक भनेको जनताले तुरुन्तै प्राप्त गर्न सक्ने अर्थात् कसैले हरण गर्न नसक्ने अधिकारलाई बुझिन्छ। तर १० वर्षसम्म पनि कार्यान्वयन हुन नसक्नु भनेको दुःखको कुरा हो। देशमा बेरोजगारीहरू बढिरहँदा वैदेशिक रोजगारीमा जानेको ताँती त्रिभुवन विमानस्थलमा देख्न सकिन्छ।

संविधानमा लेखिएको छ, ‘रोजगारीको हक ।’ धारा ३३ मा राखिएको यो मौलिक हकअन्तर्गत भनिएको छ, ‘प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ। रोजगारीको सर्त, अवस्था र बेरोजगार सहायता संघीय कानुनअनुसार हुनेछ ।’ सोही धाराको उपधारा २ मा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई रोजगारीको छनोट गर्न पाउने हक हुनेछ ।’ खै त यो हक कार्यान्वयन !

धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था छ। सो धारामा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्यसेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित गरिने छैन।’

त्यसमै थपिएको छ, ‘प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ। ...स्वच्छ खानेपानी तथा सरसफाईको पहुँचको हक हुनेछ ।’ के सबै नागरिकले निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाएका छन् त?

यी उदाहरण मात्र हुन्। संविधानमा व्यवस्था गरिएका स्वच्छ वातावरणको हक, शिक्षाको हक, समानताको हक, आवासको हक, महिलाको हक, गोपनीयताको हक, सूचनाको हकलगायतले राज्यलाई नै गिज्याइरहेजस्तो लाग्ने जानकार बताउँछन्।

संविधान बनेपछि तीन वर्षमा सबै मौलिक हकका कानुन बनेर कार्यान्वयन हुने भनिए पनि अहिलेसम्म त्यस्तो हुन सकेको छैन। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयकी प्रवक्ता निर्मला अधिकारी भट्टराईका अनुसार मौलिक हकसम्बन्धी एउटाबाहेक सबै कानुन बनिसकेका छन्।

‘मौलिक हकसम्बन्धी सबै कानुन बनिसकें। एउटा आवासको अधिकारसम्बन्धी मात्रै बाँकी छ। कानुनसँगै नियमावली पनि बनिसकेर कार्यान्वयनमा गएको छ’, उनले भनिन्। मौलिक हक कार्यान्वयन भएको छ त ? भन्ने नागरिकको प्रश्नमा उनले भनिन्, ‘कार्यान्वयनको कुरा ठ्याक्कै भन्न सकिन्न। ऐन, कानुन बनेपछि कार्यान्वयनमा गएको मान्न सकिन्छ। मौलिक हक प्राप्त नभए अदालतमा रिट निवेदन दिन सकिन्छ। अदालतले आदेश गर्छ। फेरि सरकारले कार्यान्वयन गर्छ।’

तर संविधानबमोजिम बन्नुपर्ने कानुन धेरै छन्। ठ्याक्कै संख्यामा भन्न नसकिने उनले बताइन्। ‘केही महŒवपूर्ण कानुन बन्न बाँकी छन्। निजामती सेवा, नेपाल प्रहरी, शिक्षालगायत ऐन बन्न बाँकी छन्,’ उनले भनिन्, ‘जलस्रोत, विद्युत्लगायत केही विधेयक संसद्मा गैसकेका छन्।’ प्रवक्ता भट्टराईका अनुसार राज्यका नीति तथा निर्देशक सिद्धान्तबमोजिमका कानुन बन्ने नियमित प्रक्रिया हो। कतिपय बन्दैछन्। ‘राज्यको क्षमता र आवश्यकतामा क्रमशः कानुन बन्दै जानुपर्छ’, उनले भनिन्।

भ्रष्टाचारले गणतन्त्रलाई गिज्याउँदै

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तथ्यांक हेर्दा मुलुकमा भ्रष्टाचारका मुद्दा बढ्दै गएको देखिन्छ। कर्मचारी प्रशासनका सबैभन्दा उच्च व्यक्ति मुख्य सचिवदेखि, सचिव, सहसचिव, उपसचिवलगायतविरुद्ध भ्रष्टाचारका मुद्दा दर्ता छन्। कतिपयका ठहर भैसकेका छन्।

गाउँपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुखविरुद्ध भ्रष्टाचारका मुद्दा दर्ता छन्। मुद्दाको छिनोफानो नहुँदासम्म कतिपय निर्वाचित जनप्रतिनिधि निलम्बनमा छन्।

मन्त्रिपरिषद्, न्यायालय, संसद् र सुरक्षा निकायका प्रतिनिधिद्वारा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरूपयोग गर्ने प्रवृत्ति रोक्न सरकार असफल हुँदा भ्रष्टाचार नियन्त्रण हुन नसकेको अन्तर्राष्ट्रिय संस्थाले गरेको अध्ययनमा देखियो। ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) को भ्रष्टाचार अवधारणा सूचकांक २०२३ (सिपिआई) अनुसार नेपाल सरकार भ्रष्टाचार नियन्त्रणमा असफल देखिएको छ। न्यायालयले चाहेमा भ्रष्टाचार नियन्त्रणमा सहयोग गर्न सक्ने भन्दै उसले विभिन्न देशका सरकारको ध्यानाकर्षण गराएको थियो। 
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
३६ मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५६ सेकेन्ड अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस