‘सबैलाई समेटेर अघि बढ्ने’
२८ भदौ २०८१
•
१ मिनेट पाठ
‘सबैलाई समेटेर अघि बढ्ने’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका सबैलाई समेटेर अघि बढ्ने बताएका छन्। केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा देउवाले यस्तो बताएका हुन्।




उनले अन्य राजनीतिक दलसँग पनि मिलेर संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधानको रक्षा र मुलुकको आर्थिक विकासमा कांग्रेस लाग्ने बताए। 

कांग्रेस कुनै पनि राजनीतिक दललाई सिध्याउन होइन, सबैलाई समेटेर अघि बढ्ने पक्षमा रहेको धारणा राख्दै देउवाले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि सोही पक्षमा रहेकोमा आफू विश्वस्त रहेको बताए ।

माओवादी केन्द्रसहितको गठबन्धनबाट कांग्रेस बाहिरिएपछि धेरै नेता–कार्यकर्ताले चिन्ता व्यक्त गरेको सुनाउँदै देउवाले एमालेसहितको नयाँ गठबन्धनपछि पार्टीमा उत्साह थपिएको दाबी गरे। ‘हाम्रो पार्टी र एमाले सहमतिमा पुगेर अहिले नयाँ सरकार बनेको छ,’ देउवाले भने, ‘एमाले र माओवादी केन्द्र सत्तामा हुँदा हाम्रो पार्टीको अवस्थाप्रति सबै साथी चिन्तित थिए, डराएका पनि थिए। साथीहरूकै सुझावमा एमालेसँग कुरा गरेर सहमतिमा पुग्यौं।’

दुई दलीय सहमतिअनुसार पहिलो दुई वर्ष ओली प्रधानमन्त्री बन्ने त्यसपछि आफूले सरकारको नेतृत्व गर्ने पनि उनले दोहोर्‍याए। एमालेसँगको सहमतिले पार्टीमा खुसी छाएको दाबी गर्दै देउवाले भने, ‘दुई पार्टी मिलेपछि अरूलाई सिद्धाउँछन् भन्ने चिन्ता होला तर कसैलाई सिध्याउने, कमजोर पार्ने हाम्रो नीति छैन र होइन पनि।’

कांग्रेसले २०७९ सालको स्थानीय तह निर्वाचनमा पार्टीले जितेकामध्ये उत्कृष्ट कार्य गरेका २१ वटा स्थानीय तहलाई सम्मान गरेको हो। २०७९ सालको निर्वाचनमा कांग्रेसले तीन सय २९ स्थानीय तहमा प्रमुख/अध्यक्ष जितेको थियो।
अर्को समाचार
देउवालाई महाधिवेशनको प्रमुख अतिथि बनाउने गगनको तयारी
०३ असोज २०८३
•
२ मिनेट पाठ
देउवालाई महाधिवेशनको प्रमुख अतिथि बनाउने गगनको तयारी
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनको प्रमुख अतिथि बनाएर सहभागी गराउने प्रयास भइरहेको बताएका छन्। थापाले असोज १६ गतेदेखि सुरु हुने पार्टीको महाधिवेशनमा कांग्रेसको विभिन्न पुस्तालाई समेटेर अघि बढ्ने पार्टीका रूपमा विकास गर्नुपर्ने बताए।  




‘म निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउवालाई असोजको १६ गतेदेखि सुरु हुने पार्टीको अधिवेशनमा प्रमुख अतिथि बनाएर सहभागी गराउने कोसिस गरिरहेको छु। उहाँले त्यो गर्नुहुन्छ भन्ने म अहिले पनि विश्वास राख्छु,’ थापाले भने। 

थापाले पार्टीभित्र विचार र मतभिन्नता हुनु स्वाभाविक भएको भन्दै त्यसलाई साझा हितका लागि छलफलमार्फत समाधान गर्नुपर्ने बताए। पार्टीलाई परिवारसँग तुलना गर्दै उनले फरक पुस्ता र फरक विचारका नेताबीच खुला छलफल र सहकार्य आवश्यक रहेको धारणा राखे। 

‘हिजो के भएको थियो, कसले हिजो कुन बेला कहाँ थियौँ, के बोल्यौँ भन्ने कुरा सबैले बिर्सनुपर्छ। कसैले गलत मनसाय राखेर त्यो कुरा गरेका थिएनौँ। हामीले आफ्नो ठाउँबाट यो ठीक होला भनेर गर्‍यौँ। अहिले एक ठाउँमा आएका छौँ,’ उनले भने। 

उनले आफूभन्दा २० देखि ३० वर्ष पछाडिको पुस्तालाई नेतृत्वमा ल्याउने विषयमा आफूले सोचिरहेको बताए। नयाँ पुस्तालाई अवसर दिनुका साथै अग्रज पुस्ताको अनुभव र योगदानलाई पनि सम्मान गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ। 

‘मभन्दा पछाडिका मान्छेहरू, मभन्दा पनि २०–३० वर्ष पछाडिको मान्छेलाई यो पटक नेतृत्वमा लिएर आउनुपर्छ। मभन्दा ३० वर्ष कमको मान्छेलाई नेतृत्वमा कसरी ल्याउने भन्ने सोचिरहेको छु,’ थापाले भने। 

उमेरका आधारमा पुरानो पुस्तालाई अस्वीकार गर्ने वा नयाँ पुस्तालाई योग्य ठान्ने प्रवृत्ति कांग्रेसको राजनीति हुन नसक्ने उनको भनाइ छ। जात, भाषा र समुदायलाई जोडेर अघि बढेको कांग्रेसले अब उमेर र पुस्तालाई पनि जोड्ने राजनीति गर्नुपर्ने उनले बताए। 

‘कांग्रेसको पोलिटिक्स भनेको जसरी जातजाति, भाषाभाषी जोडेको छ, उमेर समूहलाई पनि जोड्ने राजनीति हुनुपर्छ,’ थापाले भने।  
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस