जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक आज तेस्रो दिन पनि जारी छ।मंगलबार ललितपुरको महालक्ष्मी नगरपालिका ६, साना गाउँको थसी ब्यांक्वेटमा बिहान ११ बजेदेखि बैठक सुरु भएको हो।
बैठकको प्रथम सत्रमा राष्ट्रिय सभाका सांसद डा.खिमलाल देवकोटाले सङ्घीय प्रणालीको अभ्यास, आवश्यकता, महत्व र यसको कार्यान्वयनको चरण लगायतका बिषयमा केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिएका छन् ।
यसपश्चात् जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बैठकको प्रस्तुत गरेका राजनीति प्रतिवेदनमाथि छलफल सुरु हुनेछ । देश भरीबाट सहभागी दुई सय १५ जना केन्द्रीय सदस्यको राय सुझावसहित सो प्रतिवेदनलाई पारित गर्ने कार्यसूची रहेको छ ।
अध्यक्ष यादवले पार्टीको केन्द्रीय समिति बैठकमा ६१ बुँदे राजनीतिक प्रस्ताव पेस गरिसकेका छन् । सो राजनीतिक प्रस्तावमा सङ्घीयता कार्यान्वयन, संविधान संशोधन, सामाजिक न्यायको हक, निर्वाचन क्षेत्र निर्धारणलगायत विषयहरू उल्लेख छन्।
यसका साथै जसपा नेपालले पाँच लाख१ नयाँ संगठित क्रियाशील सदस्य थप्न चार महिने संगठन निर्माण अभियान चलाउने प्रस्ताव समेत उल्लेख छ ।
जनकपुरधाममा सम्पन्न एकताको प्रथम महाधिवेशनपछि नवगठित केन्द्रीय समितिको साउन २७ गतेदेखि सुरु भएको पहिलो बैठक भोलि बुधवार सम्पन्न हुनेछ ।
यसअघि सोमबार राजनीति विश्लेषक विजयकान्त लाल कर्ण, सञ्चारकर्मी प्रनव खरेल, अभिवक्ता शङ्कर लिम्बू र अर्थविद् डा उमाशंकर साहले परराष्ट्र मामिला, सामाजिक लोकतन्त्र, सङ्घीयताको कानुनी पक्ष, सङ्घीयता भित्रको आर्थिक सवाल लगायतका विषयमा केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिएका थिए ।