‘टिआरसी’ सहमतिमा नेकपा मसालको विरोध
२४ साउन २०८१
•
३ मिनेट पाठ
‘टिआरसी’ सहमतिमा नेकपा मसालको विरोध
मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालले प्रमुख दलबिच संक्रमणकालीन न्यायअन्तर्गतको सत्य निरूपण तथा मेलमिलाप आयोग(टिआरसी) सम्बन्धी विधेयकमा भएको सहमतिको विरोध गरेको छ। मसालका महासचिव मोहनविक्रम सिंहले एक प्रेस वक्तव्य सार्वजनिक गर्दै द्वन्द्वकालीन घटनाबारे भएको माफी मिनाहा सम्बन्धी कुराको विरोध गरेका छन्।




मसालको उपलब्ध पोलिटब्युरो सदस्यहरूको बैठक बसेर राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमबारे समीक्षा गर्दै महामन्त्री सिंहले वक्तव्य जारी गरेको जनाएका छन्। जसमा विभिन्न १२ बुँदा समेटिएका छन्।

वक्तव्यको ४ नम्बर बुँदादेखि १० नम्बर बुँदासम्म टिआरसीमा दलहरूबिच भएको सहमतिका विषयलाई केन्द्रित छ। जसमा पहिलो बुँदामै सहमतिको विरोध गरिएको छ।

‘नेपालमा सत्ता र प्रतिपक्षका ठुला दलहरुका बिचमा शान्ति प्रक्रिया (टिआरसी) को प्रश्नमा जुन सहमति भएको छ, त्यसप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षित भएको छ,’ उक्त बुँदामा भनिएको छ,‘माओवादीको नेतृत्वमा भएको सशस्त्र कारबाहीलाई हामीले कहिल्यै पनि जनयुद्ध मानेका थिएनौ“ र त्यसलाई उग्रवामपन्थी भड्काव नै भएको घोषित गरेका थियौँ, किनभने त्यो सशस्त्र कारबाहीमा क्रसवादी–लेनिनवादी सिद्धान्त र परिस्थितिको ठोस विश्लेषणमाथि आधारित थिएन। त्यसैले त्यसको परिणाम दक्षिणपन्थी भड्काव हुनु अवश्यम्भावी थियो र त्यही भयो पनि।’

सशस्त्र द्वन्द्वका क्रममा भएका हिंसात्मक कारबाही, मानवअधिकारको हनन् महिलामाथिको यौन उत्पीडन वा अपराधजन्य अन्य विभिन्न कारबाहीहरूको मसालले सुरुदेखि नै विरोध गर्दै आएको कुरा उल्लेख छ। तर शान्ति सम्झौतापछि दुवै पक्षद्वारा गरिएका हिंसात्मक कारबाहीहरूबारे कुनै कानुनी कारबाही गर्नुपर्ने आवश्यकता नबनाइएको मसालको वक्तव्यमा भनिएको छ।

‘तर त्यो सम्झौताका कारणले उनीहरू दुवै पक्षद्वारा निर्दोष जनतामाथि गरिएका मानवअधिकारको हनन् वा अपराधजन्य कारबाहीहरू स्वतः खारेज हुँदैनन् र तिनीहरूबारे उच्च स्तरीय तथा निष्पक्ष छानबिन गरेर अपराधअनुसार दुवै पक्षका सम्बन्धित व्यक्तिहरुलाई दण्ड सजाय गरिनु पर्छ भन्ने हाम्रो सुरुदेखि नै मत रहँदै आएको छ र अहिले पनि हाम्रो त्यो अडान कायम छ,’ वक्तव्यमा अगाडि भनिएको छ।

यो कुरा निकै दुखद् रहेको मसालको टिप्पणी छ। न्यायका लागि उत्पीडित जनताद्वारा ६० हजारभन्दा बढी उजुरी परेको उल्लेख गर्दै वक्तव्यमा भनिएको छ,‘तर तिनीहरूबारे अहिलेसम्म कुनै कारबाही गरिएको छैन। त्यसका लागि कैयौँ आयोगहरू बने पनि तिनीहरूले कुनै कारबाही गर्न सकेका छैनन्।’

यस प्रकारका अपराधजन्य विषयहरूमा न्यायोचित कारबाही गर्नेभन्दा दोषीलाई उन्मुक्ति दिने किसिम कानुन बनाउने प्रयास भइरहेको वक्तव्यमा भनिएको छ।

अहिले सत्ता र प्रतिपक्षका प्रमुख राजनीतिक दल बिचमा त्यही प्रकारको सहमति भएको मसालको टिप्पणी छ।  अगाडि भनिएको छ, ‘त्यसो गर्दा अन्तर्राष्ट्रिय कानुन र सर्वोच्च अदालतको निर्देशनको पनि अतिक्रमण गरिँदै छ।’

यही सिलसिलामा गम्भीर फौजदारी अपराधमा ७५ प्रतिशत सजाय माफ गर्ने र पीडित पक्षले माफी गरेमा पूरै सजाय पनि माफ गर्न सकिने विषयको सहमति भएको भन्दै त्यसमा आफ्नो पार्टीको कडा विरोध रहेको वक्तव्यमा उल्लेख छ। ‘सशस्त्र द्वन्द्वको कालमा कुनै पनि पक्षद्वारा निर्दोष जनतामाथि गरिएका अपराधपूर्ण कारबाहीको लागि जिम्मेवार व्यक्तिहरूमाथि कडा कारबाही गरिनु पर्दछ,’ वक्तव्यमा भनिएको छ।

माओवादीले सशस्त्र द्वन्द्वकालमा मात्र नभई शान्ति सम्झौतापछि पनि निर्दोष जनतामाथि हिंसात्मक आपराधिक कार्यहरू गरेको मसालको दाबी छ। ‘..२०६४ सालमा सम्पन्न पहिलो संविधान सभाका उम्मेदवार कामरेड कमल अधिकारीको हत्याको घटना विशेष रूपले उल्लेखनीय छ। त्यो हत्या सम्बन्धी मुद्दालाई त्यो बेलाको प्रचण्ड सरकारले फिर्ता लिएर त्यो अभियोगमा थुनामा रहेका माओवादी अभियुक्तहरूलाई जेलमुक्त गरेको थियो। त्यसरी नै प्रचण्ड सरकारले माओवादीसित सम्बन्धित सयकडौँ मुद्दाहरूलाई खारेज गरेको थियो,’ वक्तव्यमा भनिएको छ।

टिआरसी सहमतिलाई मसालले अपराधलाई प्रश्रय दिने, द्वन्द्वकालका अपराधजन्य कामलाई दबाउने वा उन्मुक्ति दिने प्रयत्नका रूपमा परिभाषित गरेको छ । वक्तव्यमा अगाडि भनिएको छ, ‘हामीले त्यस प्रकारको प्रयत्नको कडा शब्दमा विरोध गर्दछौँ।’
अर्को समाचार
संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गरिने
१० चैत्र २०८१
•
२ मिनेट पाठ
संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गरिने
तीन दलका शिर्ष नेताहरूको बैठकमा सत्य निरूपण तथा बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगका पदाधिकारी नियुक्तिका लागि अर्को सर्च कमिटी बनाउने सहमति भएको छ ।




सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको शिर्ष नेताहरुको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सर्च कमिटी बनाउने सहमति जुटेको एमाले स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले बताए।

बैठकमा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सांसद एवं गृहमन्त्री रमेश लेखक सहभागी थिए।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यहरुको नियुक्तिको लागि सर्च कमिटि गठन प्रक्रिया अगाडि बढाउने विषयमा परामर्श भएको बताए। 

उनले भने,‘बैठक शान्ती प्रक्रियाको बाँकी काम अर्थात सत्य निरुपण तथा बेपत्तासँग सम्बन्धित आयोग गठन गर्ने विषयसँग गाँसिएको थियो । केही समय अघि दुई वटै आयोगहरु गठन गर्नको लागि गठन गएको सर्च कमिटिले एउटा प्रतिवेदन पनि दिएको थियो । त्यो प्रतिवेदनलाई पनि त्यहाँ राखियो । त्यस प्रतिदेवन अनुसार मिलेर अगाडि जाने कुरामा विगतमा जस्तै छलफल गर्नुभयो । र त्यसमा हामी आज एउटा निष्कर्षमा पुगेका छौं । बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३(३) को बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यहरुको नियुक्तिको लागि सिफारिस समिति, सर्च कमिटि गठन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीज्यूले दुवै दलका नेताहरुसँग परामर्श गर्नुभयो । र परामर्श बमोजिम अब सिफारिस प्रक्रिया अगाडि बढ्छ ।’

बैठकमा प्रमुख तीन दलका शिर्ष नेतासँगै कांग्रेसबाट गृहमन्त्रीसमेत रहेका नेता रमेश लेखक एमालेबाट प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल र नेकपा ९माओवादी केन्द्र० बाट उपमहासचिव शक्ति बस्नेत र खिमलाल देवकोटा सहभागी थिए। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस