मन्त्री पाण्डेद्वारा एक महिने कार्यतालिका सार्वजनिक
२२ साउन २०८१
•
३ मिनेट पाठ
मन्त्री पाण्डेद्वारा एक महिने कार्यतालिका सार्वजनिक
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले एक महिने कार्यतालिका सार्वजनिक गरेका छन्। गत असार ३१ गते मन्त्रालय सम्हालेका पाण्डेले आगामी महिनादेखि प्रत्येक बुधवार मन्त्रालयका विभागस्तरीय छलफल गर्ने कार्यतालिका बनाएर सार्वजनिक गरेका हुन्।




मन्त्रालयका एक कर्मचारीका अनुसार सोमवार आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय विकास समस्या समितिको बैठकमार्फत मन्त्रालयको कार्यलाई प्रभावकारी बनाउन मन्त्री पाण्डेले एक महिने कार्यतालिका सार्वजनिक गरेका हुन्।

मन्त्रालयले बोकेका लक्ष्य र उद्देश्य हासिल गर्न युद्धस्तरमा काम गरिरहेको ती कर्मचारीले बताए।

मन्त्रालयका कर्मचारीका अनुसार पहिलाका मन्त्रीहरूले एकीकृत रूपमा सबै निकायसँग छलफल गरे पनि यसरी विभागस्तरीय छलफल भने नभएको बताए। ‘पूर्व मन्त्रीहरूले छलफल नगर्ने भन्ने होइन’, कर्मचारीले भने, ‘एकीकृत छलफल त भइहाल्थ्यो तर यसपटक भने मन्त्रीज्यूले विभागस्तरीय छलफल गरेर तालिका सार्वजनिक गर्नुभएको छ।’ उनले काममा अनावश्यक राजनीति र हस्तक्षेप नभए मन्त्री पाण्डेले गरेको निर्णय सकारात्मक भएको बताए।

‘केही गरौं भनेर काम गरिरहनु भएको देखिएको छ’, उनले भने, ‘अहिले नै मूल्याङ्कन गर्न सापेक्ष हुँदैन्, कम्तीमा ३÷४ महिना पर्खेपछि थाहा हुन्छ।’ उनले मन्त्री पाण्डेले मन्त्रालयको कार्यभार सम्हाल्दै गर्दा आफ्नो जिम्मेवारीसहित कार्यभार सञ्चालन गर्ने क्रममा सुशासन र पारदर्शिताको सवालमा कर्तव्यनिष्ठ भई काम गर्न प्रतिबद्ध देखिएको बताए।

‘मन्त्रीज्यूले पर्यटन, नागरिक उड्डयन र संस्कृति तीनै विभागसँग सूक्ष्म छलफल गरिरहनु भएको छ’, कर्मचारीले भने, ‘अहिले मन्त्रालयको सम्बन्धित सबै विभागलाई नजिकबाट बुझ्न र सोहीअनुसार प्रभावकारी काम गर्न यसरी कार्यतालिका बनाउनुभएको हो।’ यसले कामको गतिलाई सकारात्मक प्रभाव पार्ने उनको धारणा छ।

यसैक्रममा मन्त्री पाण्डेले आगामी भदौ महिनाको पहिलो बुधबार ५ गते संस्कृति महाशाखा, १२ गते पर्यटन महाशाखा, १९ गते नागरिक उड्डयन र महिनाको अन्तिम बुधवार संयुक्त रूपमा छलफल गर्ने भएका छन्। यसका लागि तयारी गर्न मन्त्री पाण्डेले मन्त्रालयका सचिव डा. गणेशप्रशाद पाण्डेय र महाशाखा प्रमुखलाई निर्देशनसमेत दिइसकेका छन् । यस्तै मन्त्री पाण्डेले सरकार र कर्मचारीबीचको सुमधुर र पारदर्शी सम्बन्धले मात्रै समग्र मुलुकको  विकास हुने विश्वास व्यक्त गरेका छन्।

त्यसैगरी मन्त्री पाण्डेले देशमा पद्धति नबस्दा जनताले दुख पाएको बताउँदै पद्धतिसंगत ढंगले काम गर्न कर्मचारीलाई हतोत्साहन होइन, प्रोत्साहन र उत्प्रेरणा दिनुपर्नेमा जोड दिएका छन्। साथै मन्त्रीको कार्यभार सम्हाल्दै गर्दा आर्थिक अनियमितता र भ्रष्टाचारको अन्त्य गर्ने र सुशासन स्थापना लागि काम गर्ने अठोट समेत व्यक्त गरेका छन्।

मन्त्रालयको सम्हालेको करिब महिना दिन पुग्नै लाग्दा मन्त्री पाण्डेले पर्यटन क्षेत्रको सुधारका लागि प्रारम्भिक चरणमा समयसापेक्ष खाका बनाउन लागिपरेको स्वकीय सचिव  तालबहादुर रावलले बताए। प्रारम्भिक चरणमा मन्त्रालयसँग सम्बन्धित सबै निकाय, क्षेत्र, विभाग, पूर्वमन्त्री, पूर्वसचिवहरू, सम्बन्धित विज्ञ तथा जानकारहरूसँग मन्त्रीले छलफल गरेर सुझाब लिइरहेको र आफूले पनि अध्ययन गरिरहेको बताए।

मन्त्री पाण्डेले केही समय अघि मन्त्रालयमा विगतका वर्षहरूमा कुन– कुन विषयमा के काम र कसरी भए भन्ने विषयमा पनि जानकारी लिएका थिए। यसै क्रममा उनले आफ्नो काम प्रभावकारी रूपमा गर्नका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको नेपाल इतिहास, संस्कृति, तथा पुरातत्त्व केन्द्रीय विभागको विभागीय प्रमुख तथा सहप्राध्यापक डा. महेशकुमार आचार्यसँग पनि छलफल गरेका थिए।

यसै क्रममा मन्त्री पाण्डे हवाई उड्डयनको क्षेत्रमा निकै गम्भीर भएको बताएका थिए । सोही क्रममा गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो। उनले यो एकदमै प्राविधिक क्षेत्र भएको र यससँग जोडिएका धेरै निर्णय तथा कामहरूमा अन्तरद्वन्द्व रहेकाले मन्त्री पाण्डेले हवाई उड्डयनको काम र जिम्मेवारीको विषयमा पनि गहन छलफल र अध्ययन गरिरहेको बताएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पाण्डेलाई गत असार ३१ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको शपथ गराएसँगै उनले पर्यटन, संस्कृति र नागरिक उड्डयन क्षेत्रलाई सकेसम्म नजिकबाट नियालिरहेका छन्।
अर्को समाचार
नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्न आवश्यक: मन्त्री पाण्डे
११ असोज २०८१
•
१ मिनेट पाठ
नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्न आवश्यक: मन्त्री पाण्डे
संस्कृति, पयर्टन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गर्न आवश्यक रहेको बताएका छन्।




विश्व पर्यटन दिवसको शुभकामना दिँदै उनले नेपाल प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदाहरूले शोभायमान रहेको हुँदा नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘हाम्रो संस्कृति, प्रकृति, सम्पदा र इतिहासलाई पर्यटकीय गतिविधिसँग आबद्ध गर्दै नेपाललाई विश्वमा उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक छ।’

पर्यटकलाई नेपालमा आकर्षित गरी उनीहरूको सुखद् भ्रमणको अनुभूति हुने वातावरण सृजना गर्नु हामी सबैको कर्तव्य रहेको उनले भनाइ छ।

पर्यटनमन्त्री पाण्डेले तीन तहका सरकारका साथै निजी क्षेत्रसँगको सहकार्यमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, पर्यटन प्रवर्द्धन र पूर्वाधारको विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गर्ने योजनासहित मन्त्रालयबाट कार्यहरू अगाडि बढाइएको जानकारी दिए।

त्यसैगरी, पर्यटनको लाभ दुर्गम तथा ग्रामीण भेगसम्म पुर्याउन ग्रामीण पर्यटन, पर्यावरणमैत्री पर्यटन र समुदायमा आधारित पर्यटनसँग आबद्ध गर्दै अघि बढ्न उपयुक्त हुने बताए।

दिवसले नेपालको तुलनात्मक लाभको रूपमा रहेको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने उनको विश्वास छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस