लुम्बिनीका नवनियुक्त ८ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
०९ साउन २०८१
•
३ मिनेट पाठ
लुम्बिनीका नवनियुक्त ८ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
लुम्बिनी प्रदेशका नवनियुक्त  मुख्यमन्त्री चेतनारायण आर्चायले पद तथा गोपनीयताको शपथ लिएसँगै  एमाले काँग्रेसका ८ जना मन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।




कांग्रेसका २७ र एमालेका २९ गरी ५६ सांसदको समर्थनमा गत सोमबार आर्चाय मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। उनी एमाले संसदीय दलका उपनेता हुन्। आर्चाय अर्घाखाँचीकाको क्षेत्र नं. १ (क) बाट प्रदेश सांसदमा निर्वाचित भएका थिए। १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेबाट ४  र काँग्रेसका तर्फबाट ४ जना बिना विभागीय मन्त्रीमा नियुक्त भएका छन्। जसमा एमालेका तर्फबाट रुपन्देहीका भुमिश्वर ढकाल,गुल्मीका दिनेश पन्थी,पाल्पाका खेमबहादुर सारु मगर र दाङका सीता चौधरी मन्त्री भएका छन्।

काँग्रेसबाट गुल्मीका धनेन्द्र कार्की,प्युठानका सरोज थापा (रोज राणा),दाङका प्रचण्डबिक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी मन्त्रीमा नियुक्त भएका छन्। यस्तै,काँग्रेसबाट यसअघि मन्त्री बन्ने भनिएका जन्मजय तिमल्सेनाको नाम भने अन्तिम समयमा हटाइएको छ।

कांग्रेस संस्थापन पक्षले एकलौटी रुपमा प्रदेशसँग सल्लाह नगरी मन्त्री छानेको भनी बिवाद भएपछि तिमल्सेनाको नाम हटाइएको बताइएको छ। लुम्बिनीमा एमालेले मुख्यमन्त्री सहित ५ र काग्रेसले ५ वटा मन्त्रालय लिने सहमति भएको हो। एमालेमा मन्त्री छान्न सकस भएपछि मुख्यमन्त्री आर्चाय काठमाण्डौ आएका थिए। पार्टी मुख्यालयबाट मन्त्रीको टुङ्गो लगाएर उनी हिजो बुटवल आएको एमाले श्रोतले बताएको छ।  

त्यस्तै,काँग्रेसमा पनि मन्त्रीको नाम टुङ्गयाउन संसदिय दलका नेता डिल्ली चौधरी सहितका नेताहरु काठमाडौं पुगेका थिए। पार्टी सभापती देउवाको निर्देशन अनुसार नै मन्त्रीको नाम टुङ्गयाइएको बताइएको छ। मन्त्रीको नाम टुङ्गो लगाए पनि मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउन नसकेकाले आज सबैलाइ बिना विभागीय मन्त्रीको शपथ खुवाइएको हो। 

बिहिबारसम्म मन्त्रालय तोकिने बताइएको छ। लुम्बिनीमा साना दलहरु लोसपा,जनमत,जसपा र नाउन्मुक्तिले पनि सरकारलाइ समर्थन गर्ने जनाएका छन्। बाँकी रहेका २ मन्त्री पद तीनै पार्टीका लागि खाली राखिएको छ। मुख्यमन्त्रीको शपथमा एमाले संसदीय दलका नेता लिला गिरी अनुपस्थित भएका छन्। आफ्नै पार्टीका मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रममा एमाले संसदीय दलका नेता लिला गिरी उपस्थित नभएको जनाइएको छ।

कांग्रेस एमाले गठबन्धन बने देखि नै लुम्बिनीको मुख्यमन्त्री एमालेको भागमा पर्ने र  एमालेका तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा पुर्व मुख्यमन्त्री गिरी मुख्य मन्त्री बन्ने चर्चा थियो । मुख्यमन्त्री नियुक्ति हुने दिन बिहानसम्म पनि गिरी नै मुख्यमन्त्री हुने खबरहरु सार्वजनिक भइसकेको थियो ।

तर मुख्यमन्त्री नियुक्ती प्रक्रियाको अन्तिम चरणमा पत्र तयार गर्दै गर्दा एमाले महासचिव शंकर पोख्रेलले फोन गरेर मुख्यमन्त्रीमा चेतनारायण आर्चाय हुने भनेपछि गिरीको नाम हटाएर आर्चायको नाम राखिएको थियो। 

त्यसलगत्तै गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई फोन गर्दा अहिलेलाई यस्तै भयो भन्ने जवाफ दिएको स्वंयम गिरीले नै संचारमाध्यमहरुलाई बताएका छन्। गिरी पछिल्लो समय एमाले उपाध्यक्ष बिष्णु पौडेल निकट हुन् भने आर्चाय पार्टी महासचिव तथा पूर्वमुख्यमन्त्री शंकर पोख्रेल निकट हुन्। 
अर्को समाचार
लुम्बिनीका मुख्यमन्त्री र तीन मन्त्रीले लिए शपथ
२५ चैत्र २०८०
•
१ मिनेट पाठ
लुम्बिनीका मुख्यमन्त्री र तीन मन्त्रीले लिए शपथ
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।




बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथग्रहण समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री महरालाई शपथ गराएका हुन्।

प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। नवनियुक्त मुख्यमन्त्री महरा लुम्बनीको पाँचौँ मुख्यमन्त्री बनेका हुन्।

यसअघि मुख्यमन्त्री पदबाट डिल्लीबहादुर चौधरीले चैत २२ गते प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा घोषणा गरेपछि नेकपा (एमाले) सहित पाँच दल र एक स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४८ जनाको समर्थनमा महराले यही चैत २३ गते प्रदेश प्रमुख समक्ष सरकार गठनको दाबी प्रस्तुत गरेका थिए।

यस्तै, मुख्यमन्त्री महराले आजै सानो मन्त्रिमण्डल पनि गठन गरेका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा (९) अनुसार एमालेका नेता चेतनारायण आचार्य र माओवादी केन्द्रका दीपेन्द्रबहादुर पुन र जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए।

नवनियुक्त मन्त्रीहरुलाई सोही समारोहमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १७२ बमोजिम पद तथा गोपनियताको शपथग्रहण गराए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस