संसद् र संसदीय समितिमा माओवादीले सहयोग गर्नेमा आशंका
०४ साउन २०८१
•
४ मिनेट पाठ
संसद् र संसदीय समितिमा माओवादीले सहयोग गर्नेमा आशंका
संसद् र संसद्का समितिले गर्ने विभिन्न छलफलमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले विभिन्न बहाना निकाल्दै असहमति गर्ने संकेत गर्न थालेको छ। मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा माओवादी केन्द्रले सभापति प्रतिपक्षको हुनुपर्ने भन्दै आवाज उठायो। अघिल्लो संसद्को कार्यकालका बेला एकपटक एमालेले पनि प्रतिपक्षमा हुँदा यस्तै गरी सभापति प्रतिपक्षलाई चाहिन्छ भन्दै बैठक नै बहिष्कार गरेको थियो।




२०७४ पछिको संसद्मा कांग्रेस प्रतिपक्षमा रहेकाले कांग्रेसका भरत साह सार्वजनिक लेखा समितिका सभापति थिए । तत्कालीन केपी ओली नेतृत्वको सरकारले दोस्रोपटक गरेको संसद् विघटनलाई सर्वोच्च अदालतको परमादेशले पुनःस्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि एमाले प्रमुख प्रतिपक्षी दल बनेको थियो।

प्रतिपक्षमा गएपछि लेखा समिति बैठकमा यसअघि गर्न अघि सारिएका सुशासनका विषयमा पनि माओवादीले असहयोग गर्ने संकेत गरेको स्रोतको दाबी छ। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि बिहीबार सभामुखसँग प्रमुख सचेतकसँगको छलफलका क्रममा सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दलले पाउने भन्दै यसबारे पहल थाल्न आग्रह गरेका थिए।

सार्वजनिक लेखा समितिमा एमालेका ऋषिकेश पोखरेल सभापति छन् । कांग्रेस र एमालेबीच समीकरण बनेपछि अब आर्थिक क्रियाकलापको अध्ययन गर्ने यस समितिको सभापति सत्तापक्षले लिनु सुशासनका दृष्टिले न्यायोचित नहुने भन्दै माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले धारणा राखेका थिए।

सार्वजनिक लेखा समिति प्रतिपक्षले पाउने

संसदीय समितिले एक मत भएर सरकारले गरेका बेथितिलाई नियन्त्रण गर्न आवश्यक हुन्छ। त्यसैले सत्तापक्ष र प्रतिपक्षबीच एकमत हुन आवश्यक हुन्छ। माओवादी प्रमुख सचेतक पाण्डेले माओवादीले गुण र दोषका आधारमा आफ्नो धारणा राख्ने संकेत गरे।

उनले भने, ‘अबको संसद् बैठकमा र समितिको बैठकमा प्रतिपक्ष दलको नाताले सुशासन, समृद्धि र न्यायको पक्षमा आफ्नो पार्टीले सशक्त प्रस्तुति दिने भएकाले सत्ताबाहिर गएपछि संसद्मा असहमति गरेको आरोप लगाउन मिल्दैन। उनले संविधान संशोधनको विषयमा कांग्रेस र एमालेबीच भएको भनिएको सहमतिको विषयमा माओवादीको सहमति भएको दिनदेखि नै असहमति रहेकाले यसलाई संसद्बाट पनि जनतासमक्ष लैजाने गरी अघि बढ्ने बताए।

माओवादी केन्द्रको नेतृत्वको सरकारले अघि बढाएको सुशासनलाई निरन्तरता दिने विषयमा आवाज उठाउँदै संसद्ले बनाएको कार्यतालिका बमोजिमको काममा सहयोग गर्ने विषयमा माओवादी पछि नहट्ने पनि उनले बताए।

संसद्ले गरेको काममा सत्तापक्षले जस लिने वा प्रतिपक्षले लिने विषयभन्दा पनि जनताले के पाउने भन्ने विषयलाई प्राथमिकतामा राखेर कानुन निर्माणमा सहयोग गर्ने उनले बताए।

उनले यसो भनिरहँदा संसदीय समितिका बैठकमा माओवादीले विभिन्न किसिमले भाँजो हाल्ने संकेत देखाइरहेको संसद् सचिवालयका एक अधिकारीले बताए। प्रतिनिधिसभामा १६ र राष्ट्रियसभामा ९ विधेयक विचाराधीन छन्। ती विधेयकमध्ये धेरैजसो संसदीय समितिमा छन्। ती विधेयकलाई सर्वसम्मत टुंगोमा पुर्‍याउन प्रतिपक्ष सांसदको आवश्यकता पर्दछ । प्रतिपक्षको सहमतिविना कानुन निर्माण गर्न नमिल्ने अवस्था पनि छ। संक्रमणकालीन विधेयक र संघीयतासम्बन्धी विधेयकमा सत्तापक्ष र प्रतिपक्षबीच गम्भीर छलफल गर्नुपर्ने अवस्था छ।

कानुन तथा मानव अधिकार समितिमा रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप विधेयक पारित हुन सक्दैन। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा दर्ता भएर अघि बढेको छैन। संविधान संशोधनको नाममा प्रतिपक्षले विभिन्न बहाना झिकेमा यी विधेयक अघि बढ्न सक्ने अवस्था छैन।

जसले संक्रमणकालीन विधेयक अलपत्र पर्नसक्ने र पीडितको पीडामा महलम लगाउने अवस्था आउनेछैन भने संघीय निजामती सेवासम्बन्धी विधेयक नबन्दा कर्मचारीको व्यवस्थापनमा समस्या भइ नै रहनेछ। सत्तापक्षमा हुँदा र प्रतिपक्षमा हुँदा कानुन निर्माण गर्ने क्रममा हुने छलफलमा फरक तर्क गर्ने यसअघिको पनि चलन छ । जसले विधेयक अलपत्र पर्ने अवस्थाले निरन्तरता दिँदै आएको छ।

अघिल्लो संसद्मा २७ विधेयक अलपत्र परेका थिए। सत्तामा रहेका दलले आफ्नो अनुकूलको विषयलाई पेलेर लैजान खोज्ने गरेको पनि देखिन्छ। सरकारले गरेको प्रगतिलाई जनतासमक्ष लगेर भोटको राजनीति गर्ने गरेकाले पनि प्रतिपक्षले कानुन निर्माणमा असहयोग गर्ने गरेको देखिन्छ।

कानुन निर्माणको विषय समग्र सांसदले अपनत्व लिने विषय भए पनि सत्ता पक्षले मात्र एकलौटी जस लिने गरेकाले प्रतिपक्षले सत्तापक्षले ल्याएको कतिपय सकारात्मक कुरालाई पनि असहयोग गर्ने गरेको विश्लेषण छ।
अर्को समाचार
सार्वजनिक लेखा समितिमा ८५ वटा उजुरी,सम्बन्धित निकायको प्रतिक्रिया लिँदै समिति
०९ कार्तिक २०८१
•
३ मिनेट पाठ
सार्वजनिक लेखा समितिमा ८५ वटा उजुरी,सम्बन्धित निकायको प्रतिक्रिया लिँदै समिति
प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा छानबिनको माग गर्दै विभिन्न विषयका ८५ वटा उजुरी परेको छ।




सार्वजनिक लेखा समितिमा प्रतिनिधि सभाको यस कार्यकालमा २०८० साल वैशाख १५ गते समिति गठन भएपछि हालसम्म विभिन्न विषयमा छानबिनको माग गर्दै ८५ वटा उजुरी परेको संघीय संसद सचिवालयले जनाएको छ।

संसद सचिवालयका प्रवक्ता तथा सार्वजनिक लेखा समितिका सचिव एकराम गिरीले समितिमा वित्तीय सुशासन,आर्थिक अनुशासनसँग सम्बन्धित उजुरीहरू आउने बताए । उनले समितिमा बेरुजु फर्स्यौट गरिपाऊँ भनेर निवेदन पनि आउने गरेको जानकारी दिए ।  सार्वजनिक लेखा समितिमा प्राप्त भएका उजुरीहरूलाई सम्बन्धित निकायमा पठाएर सम्बन्धित निकायको प्रतिक्रिया लिने काम भइरहेको उनले बताए।

समितिमा प्राप्त मुख्य मुख्य उजुरीहरूमध्ये नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल वायुसेवा ऐन, २०१९ र यस अन्तर्गत बनेको नियमावली विपरीत काम गरी निगमलाई आर्थिक भार पार्ने काम गरेको भन्दै अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ। त्यसै गरी नेपाल टेलिकममा राजश्व चुहावट भएको भन्दै सत्य तथ्य पत्ता लगाउन माग गर्दै उजुरी परेको छ। मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) अनुदान सहयोग र मिलिनियम च्यालेन्ज एकाउन्ट(एमसिसी)अन्तरगतको विद्युत् प्रसारण लाइन निर्माणको परामर्श सेवामा अनियमितता र भ्रष्टाचार भएको भन्दै छानबिनको माग गरिएको छ।

अन्य उजुरीहरूमा स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले स्वास्थ्य सामग्री खरिद गर्दा नीतिगत भ्रष्टाचार हुने गरी बोलपत्र सर्त राखी प्रकाशन गरेको भन्दै छानबिनको माग गरिएको छ। एनसेल र स्मार्ट टेलिकममा भइरहेको र हुन लागेको अर्बौँको भ्रष्टाचार रोक्न भन्दै अर्को उजुरी सार्वजनिक लेखा समितिमा परेको छ। वैदेशिक रोजगार विभागले १ करोड २० लाखमा किनिएको एफइआइएमएस सफ्टवेयर अपग्रेडका लागि कानुन विपरीत वैदेशिक रोजगार कल्याणकारी कोषको १० करोड निकालेर बदनियत पूर्वक खर्च गर्न खोजिएको भन्दै सो कार्य रोकी अनुसन्धान गर्न भनी अर्को उजुरी समितिमा परेको छ।

त्यसै गरी समितिमा नेपाल स्काउटको जग्गा खड्का ल्यान्ड डेभलपमेण्ट प्रा।ली।ले सम्झौता सकिसकेपछि पनि अवैधानिक रुपमा भोग चलन गरेको र अदालतको आदेश समेत नमानेको भन्दै अदालतको फैसला कार्यान्वयन गराउन सहयोगको माग गरी उजुरी दर्ता गरिएको छ। नेपाल टेलिभिजनमा ग्राफिक्स मेसिन खरिद लगायतमा करोडौँ भ्रष्टाचार भएकोले छानबिनको माग गरिएको छ। त्यस्तै नेपाल विद्युत् प्राधिकरण अन्तर्गत डेडिकेटेड फिडर र ट्रंक महसुल लाइन सम्बन्धमा भएको अनियमितता/भ्रष्टाचार नियन्त्रणका लागि भन्दै उजुरी दिइएको छ। समितिमा बिमा प्राधिकरण, यति एयरलाइन्स एसियन लाइफ इन्सुरेन्स कम्पनीको मिलि भगतमा नीतिगत भ्रष्टाचार गरिएको भनी उजुरी परेको बताइएको छ।

समितिका अनुसार नेपाल टेलिकममा हुने अन्तर्राष्ट्रिय बोलपत्रहरूमा कार्यसम्पादनका सर्तहरू उल्लङ्घनको अनुसन्धान गर्न पनि उजुरी आएको छ । त्यस्तै नेपाल विद्युत् प्राधिकरणका विभिन्न आयोजनाहरूबाट गरिएका बोलपत्रहरू एकै प्रकारका भएता पनि एक अर्ब भन्दा कमको प्याकेज बनाई ठेकेदारसँग मिलेमतो गरी फलामजन्य सामग्रीका रेट अस्वाभाविक रुपमा बढाएर राज्यलाई अर्बौं नोक्सानी गरिएको भन्दै अध्ययनको माग गरिएको छ। अवैध क्रसर उद्योगलाई कारबाही गरी छली गरेको राजश्व असुल उपर गराउन माग गरिएको छ। त्यसै गरी नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशकले पी.पी.एम.घोटाला, प्राधिकरण नक्कली नाफामा जस्ता कार्यबारे अनुसन्धान गर्न पनि सार्वजनिक लेखा समितिमा उजुरी हालिएको छ।

संघीय संसद सचिवालयका प्रवक्ता गिरीका अनुसार अर्थ समितिमा ५१ वटा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा २० वटा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा ५४ वटा, कानुन, न्याय तथा मानव अधिकार समितिमा २ वटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ३५ वटा, राज्य व्यवस्था तथा सुशासन समितिमा ७१ वटा, पूर्वाधार विकास समितिमा ४४ वटा र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा २१ वटा उजुरीहरू रहेका छन्। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस