नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
३२ असार २०८१
•
१ मिनेट पाठ
नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी छ।




सोमबार शपथग्रहणपछि पदबहाली गरेका सबै मन्त्रीसहितको यो बैठक साँझ सिंहदरबारमा बसेको हो।

बैठकमा केही नियमित र विपदसँग सम्बन्धित अत्यावश्यक निर्णयहरु लिने योजना रहेको मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ। साथै, बैठकबाटै सरकारको प्रवक्ता पनि तोक्ने तयारी छ।
अर्को समाचार
प्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरूले के गरे पहिलो निर्णय ?
३० भदौ २०८२
•
२ मिनेट पाठ
प्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरूले के गरे पहिलो निर्णय ?
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ। नयाँ सरकारका तीन मन्त्रीले आजै शपथ लिए लगत्तै प्रधानमन्त्री कार्कीले पहिलो बैठक बोलाएकी हुन्।




बैठकमा प्रधानमन्त्री कार्कीसँगै नवनियुक्त मन्त्रीहरू, रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङ सहभागी छन्।

जेन-जी आन्दोलनको बलमा गठन भएको कार्की नेतृत्वको सरकारले पहिलो चरणमा तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेको हो। जसमा खनालले अर्थ, अर्यालले गृह तथा कानुन र घिसिङले ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

आजको पहिलो बैठकले हालैको आन्दोलनले निम्त्याएको संकट, देशभर ध्वस्त भएका सरकारी तथा निजी संरचनाहरूको पुनर्निर्माण, देशको शान्ति सुरक्षाको अवस्था र आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको तयारी जस्ता विषयमा महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।

चार सदस्यीय मन्त्रिपरिषद्‌मा प्रधानमन्त्री कार्कीले राजनीतिक भागबण्डाभन्दा विज्ञतालाई प्राथमिकता दिएकी छन्। अर्थ मन्त्रालयको जिम्मेवारी पूर्व अर्थसचिव रामेश्वर खनाललाई दिइएको छ।

उनले हालै मात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रूपमा देशको अर्थतन्त्र सुधारका लागि विस्तृत प्रतिवेदन बुझाएका थिए।

त्यसैगरी, देशलाई लोडसेडिङमुक्त गराएर आम जनतामाझ लोकप्रिय बनेका कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको एकीकृत जिम्मेवारी दिइएको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका कानुनी सल्लाहकार समेत रहेका वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ।

प्रधानमन्त्रीसहितका चार मन्त्रीहरूको पहिलो निर्णय– कसले के गरे ?

पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले आफ्नो पहिलो निर्णयका रूपमा जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गर्ने, पीडित परिवारलाई १०–१० लाख रूपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरिन्।

नवनियुक्त मन्त्रीहरूले पनि पदभार ग्रहणसँगै सुधारका संकेत देखाएका छन्। गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी आन्दोलनका मृतकहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरे।

साथै, पीडित परिवारलाई काजकिरिया खर्चबापत एक-एक लाख रुपैयाँ दिने र शव व्यवस्थापनमा सरकारी सहयोग उपलब्ध गराउने निर्णय गरे।

ऊर्जा मन्त्री कुलमान घिसिङले भने पदभार ग्रहण गर्दै आफू नेपाल विद्युत प्राधिकरणबाट हट्नुको प्रमुख कारण बनेको डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम असुल्न प्राधिकरणलाई निर्देशन दिए।

त्यसैगरी, नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्दै तयारी नभएका र अनावश्यक टुक्रे आयोजनाहरू खारेज गर्न अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस