नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली कांग्रेसलाई दोष नदिएर सम्बन्ध सन्तुलनमा राख्न सुझाव दिएका छन्।
शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत सरकारको विश्वासको मतका प्रस्तावमाथि छलफल गर्दै चौधरीले दाहालबाट मान्छे चिन्न भुल भएको भन्दै देउवासँग सन्तुलित सम्बन्ध राखे चार महिनामा अनुकुल परिस्थिती बन्ने बताएका हुन्।
‘तपाईंले मान्छे चिन्नु हुने रहेनछ। कत्ति पनि मान्छे नचिन्ने। अब त चिन्नुभएको होला नि ? को कस्तो छ भनेर। हामी त तपाईकै साथमा छौँ। सधैँ तपाई सँगै रहन्छौँ। तपाईकै साथमा छौँ। थियौँ,’ चौधरीले भने, ‘तर तपाई पटक–पटक हामीलाई छोड्नुभयो । त्यसैले यो अवस्थाको सामना पनि गर्नु परेको छ।’
आज परिस्थिति जस्तो भएपनि कांग्रेस सभापति देउवालाई दोषि नदेख्न प्रधानमन्त्री देउवालाई आग्रंह गरेका। उनले भने, ‘नेपाली कांग्रेस सभापतिलाई दोषि तपाई कत्ति पनि नदेख्नु होला।उहाँसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुहोला। चार महिनामै परिस्थिति अनुकुल भइ त हाल्छ। सय प्रतिशत।’
चार महिना गनेरै बस्न उनले आग्रह गरे। ‘चार महिनामा अनुकुल परिस्थिति तपाइकै पक्षमा हुन्छ । त्यसैले सबैसँग बराबरमा रहेर व्यवहार गर्नुहोला यो मेरो अनुरोध छ,’ चौधरीले भने।
यस्तै चौधरीले कांग्रेस सभापति देउवालाई पनि संसद विघटनको साक्षी नबसीदिन आग्रह गरे। उनले भने, ‘कांग्रेसको सभापतिज्यूलाई पनि हेरिरहेको छु, नेपालको लोकतान्त्रिक राज्य व्यवस्थालाई कमजोर हुनेगरी, संसद विघटन हुनेगरी साक्षि नबस्नु होला ।’ परिस्थिती शतप्रतिशत संसद विघटनको ठाउँमा पुग्ने पनि उनले दाबी गरे।
‘चार महिना पछि आजको प्रधानमन्त्रीको जस्तो हालत नहोस् । छल गर्यो मायाले भन्ने गीत गुन्गुनाउनु नपरोस्, बुढानिलकण्ठको निवासमा बसेर,’ चौधरीले भने।