२७५ सदस्यीय संसद बैठकमा मन्त्रीसँग प्रश्न गर्ने तीन जना मात्र
१९ असार २०८१
•
४ मिनेट पाठ
२७५ सदस्यीय संसद बैठकमा मन्त्रीसँग प्रश्न गर्ने तीन जना मात्र
प्रतिनिधिसभाको बैठकमा मन्त्रीसँग प्रश्न गर्ने सांसदको संख्या निकै कम भएपछि प्रश्नोत्तर कार्यक्रममा मन्त्रीलाई जवाफ दिनका लागि हाइसञ्चो भएको छ। सांसदले गरेका प्रश्नको उत्तर दिन हम्मेहम्मे पार्नुपर्नेमा तीनजना मन्त्रीलाई तीनजना सांसदले मात्र प्रश्न गरेर सरकारलाई सजिलो बनाइदिए हुन्।




सोमबारको बैठकमा मौखिक प्रश्नको उत्तर मन्त्रीले दिने कार्यक्रम थियो, जसमा गृह मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्रीहरूलाई प्रश्न गर्ने कार्यक्रम थियो। सांसदले पाँच दिनअघि मन्त्रालयमा पठाउनुपर्ने मौखिक प्रश्न जम्मा तीनजना सांसदले मात्र पठाएका थिए। दुई सय ७५ सदस्यीय सांसदमा सभामुख, उपसभामुख, प्रधानमन्त्री, मन्त्रीबाहेक सबै सांसदले प्रश्न राख्ने अधिकार छ।

नियमावलीमा एकपटकमा बीसवटा प्रश्न गर्न पाउने व्यवस्था छ। प्रतिनिधिसभा नियमावलीमा भनिएको छ, ‘एक दिनमा मौखिक उत्तरसम्बन्धी बीसवटा र लिखित उत्तरसम्बन्धी पचासभन्दा बढी प्रश्न सूचीमा राखिने छैन।’ तर विडम्बनाको कुरा के छ भने प्रश्न गर्ने सांसद नभएपछि तीनजना सांसदले १० मौखिक प्रश्न राखेका छन्। प्रायः एक सांसद बराबर एक प्रश्न राख्नुलाई राम्रो मानिन्छ यसबाट प्रश्नहरूले समग्रता समेट्छन्।

एउटा मन्त्रालयमा एउटा सांसदले दुईभन्दा बढी प्रश्न सोध्न पाउँदैन, तर पछिल्लो समयमा प्रश्न सोध्ने सांसदको संख्यामा क्रमिक रूपमा गिरावट आएपछि तीन सांसदले तीन मन्त्रालयमा १० वटा प्रश्न राख्न पाएका छन्, जसबाट प्रश्नहरूको गुणस्तरमा कमी आइरहेको देखिन्छ। पछिल्लो समयमा प्रश्न सोध्ने सांसदको संख्या घटिरहेकाले प्रश्नोत्तर कार्यक्रम प्रभावकारी हुन नसकेको संसद सचिवालयका अधिकारी बताउँछन्।

मन्त्रीसँग प्रश्नोत्तरका लागि सोमबार ११ बजे बोलाइएको संसद बैठक एकजना मन्त्री नै उपस्थित नहुँदा तीन मिनेटमा स्थगित भयो। बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी कांग्रेसका रामकृष्ण यादवले संसद बैठकमा एकजना पनि मन्त्री नभएको भन्दै प्रश्न उठाएपछि बैठक सुरु भएको तीन मिनेटपछि नै १५ मिनेटका लागि स्थगित भयो। त्यसपछि बसेको बैठकमा पनि जवाफ दिने मन्त्री उपस्थित भएका थिएनन्।

सभामुख देवराज घिमिरेले शून्य समयपछि विशेष समय सुरु गरेर कांग्रेसका दीपक गिरीलाई बोल्न समय दिएपछि कांग्रेसका रामहरि खतिवडाले प्रश्न उठाउँदै मन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीमा छ, तर अगाडिको रोल खाली छ भन्दै प्रश्न उठाए। तर सभामुखले कार्यसूचीबमोजिम जवाफ दिन मन्त्री आउँदै गरेको जानकारी दिएपछि बैठक अघि बढ्यो।

संसदमा मन्त्रीहरू पनि उपस्थित हुन नखोज्ने र सांसदले पनि प्रश्न सोध्न नचाहने अवस्था देखिएको छ, यसमा राजनीतिक दलले पनि संसद प्रभावकारी रूपमा अघि बढाउन भूमिका खेल्न सकेको देखिँदैन।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई नेमकिपाका सांसद प्रेम सुवाल, कांग्रेस सांसद प्रदीप पौडेल र एमाले सांसद विद्या भट्टराईले प्रश्न सोधेका थिए। प्रश्नको उत्तर दिँदै उपप्रधान तथा गृहमन्त्री लामिछानेले विभिन्न २५ वटा भ्रष्टाचारका काण्डहरूको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको बताए। 

‘कुनै पनि कालखण्डमा भएकामध्ये भ्रष्टाचारका २५ वटा काण्डहरूलाई छानबिन गर्नका निमित्त शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको सम्मानित सदनमा गराइसकेको छु। कसैले पनि बेचैन हुनु पर्दैन। भ्रष्टाचारमा संलग्न जोसुकै भए पनि त्यसमा निर्मम भएर कारबाही गरिन्छ। त्यो आँट र साहसका साथ हामी प्रस्तुत भएका छौं।’

शिक्षामन्त्री सुमना श्रेष्ठलाई प्रेम सुवाल र विद्या भट्टराईले प्रश्न गरेका थिए। प्रश्नको उत्तर दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतीकरण हटाएरै छाड्ने बताइन्। उनले दलीय राजनीतिक हस्तक्षेप स्वीकार्य नहुने बताइन्। शिक्षक वा प्राध्यापकले तालाबन्दी गरेर काम गर्न नदिएको भन्दै उनले प्रहरी लगाएर भए पनि काम गर्ने बताइन्।

२०७३ सालयता ६ पटकसम्म उत्तरपुस्तिका हराएको भए पनि कसैमाथि पनि कारबाही नभएको उनले बताइन्। शिक्षामन्त्री श्रेष्ठले एसइई नजितामा सिंगो समाज आक्रोशित हुनुपर्ने बताइन्। एसइईमा विद्यार्थीहरू अनुत्तीर्ण भएको भन्दा पनि यो हाम्रो चित्रण भएको उनले बताइन्।

‘कक्षा १० को नतिजामा शिक्षा मन्त्रालय मात्र होइन, सिंगो समाज आक्रोशित हुनुपर्छ, ग्लानि महसुस गर्नुपर्छ र मैले गर्नुपर्ने काम गरेको छ कि छैन भनेर सोध्नुपर्छ’, उनले भनिन्, ‘अब के सुधार गर्ने भनेर ध्यान दिनुपर्ने र सरकारलाई कुरेर बस्न नहुने भन्दै उनले शिक्षकहरूलाई कक्षाकोठामा राख्न सबैले पहल गर्नुपर्ने बताइन्। संरचनागत सुधारका लागि मन्त्रालयले काम गरिरहेको भन्दै मन्त्री श्रेष्ठले भनिन्, ‘पाठ्यक्रम परिमार्जनका लागि आवश्यक निर्देशन दिइसकेको छु।’

अर्थमन्त्री वर्षमान पुनलार्ई प्रेम सुवाल र विद्या भट्टराईले सोधेका थिए । उनले तेस्रो लगानी सम्मेलनका क्रममा सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवद्र्धनमा विदेशी कम्पनीसँग समझदारी भएको विषयलाई राष्ट्रियता कमजोर हुने विषयसँग जोडेर शंका नगर्न आग्रह गरे।

गत वैशाख १६ र १७ मा भएको लगानी सम्मेलनले विदेशी लगानीको आधार तयार भएको उनले बताए। बजेटमा साना आयोजना संघीय सरकारले समेटेको विषयमा वैज्ञानिक अध्ययन गरेर सुधार गरिने उनले बताए। 
अर्को समाचार
सुदूरपश्चिममा पहिलो पटक दलित समुदायबाट दुईजना मन्त्री
१८ असार २०८१
•
२ मिनेट पाठ
सुदूरपश्चिममा पहिलो पटक दलित समुदायबाट दुईजना मन्त्री
सुदूरपश्चिम प्रदेश सरकारमा दलित समुदायबाट पहिलो पटक दुईजना मन्त्री बनेका छन्। प्रदेश सरकारमा पहिलो पटक दुईजना दलित प्रदेशसभा सदस्यलाई मन्त्रीको जिम्मेवारी दिइएको हो। 




मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आइतबार नेकपा एमालेका हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन र नेकपा (माओवादी केन्द्र) की लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिएका हुन्। उनहरु गत जेठ २८ गते विनाविभागीय मन्त्रीमा नियुक्त भएका थिए।

सार्की र विक दुबै जना समानुपातिकतर्फका सांसद हुन्। सङ्घीयतापछि सुदूरपश्चिम प्रदेशमा बनेका अन्य सरकारमा दलित समुदायबाट राज्यमन्त्रीसम्म बनाइएको थियो। प्रदेश सरकारको पहिलो कार्यकालमा नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका त्रिलोचन भट्ट नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट मानबहादुर सुनारलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री, नेकपा एमालेबाट अर्चना गहतराजलाई आर्थिक मामिला राज्यमन्त्री र नेपाली कांग्रेसका टेकबहादुर रैकालाई सामाजिक विकास राज्यमन्त्री बनाइएको थियो।

हाल दलित समुदायबाट सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबाट एकरएक जना प्रदेशसभा सदस्य छन्। ‘हाम्रो पार्टीभित्रको आन्तरिक सङ्घर्षले दलित समुदायबाट क्याविनेट मन्त्री बन्नुभएको छ’, एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ती समाजका सुदूरपश्चिम प्रदेश अध्यक्ष भानसिंह विश्वकर्माले भने, ‘विगतका सरकारभन्दा अहिलेको सरकार समावेशी बनेको छ। यसमा हामी खुसी छौँ।’

माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका सुदूरपश्चिम प्रदेश अध्यक्ष जगत विकले पार्टीले यसपटक सही मुल्याङ्कलन गरेको बताए। उनले भने, ‘पार्टीले एक जना भए पनि क्याबिनेट मन्त्री बनाएको छ। यो सकरात्मक कदम हो।’ गत वैशाख ६ गते मूख्यमन्त्रीमा नियुक्त भएका सोडारी नेतृत्वको सरकारमा मुख्यमन्त्रीसहित १० सदस्यीय मन्त्रिपरिषद् रहेको छ।-रासस
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस