राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूतका लागि आवेदन आह्वान गरेको छ। सोमबार पार्टी सभापति रवि लामिछानेले सामाजिक सञ्जाल एक्स (ट्विटर)मा राजदूतका लागि आवेदन आह्वान गरेको जानकारी दिएका हुन्।
त्यसका लागि रास्वपा अन्तराष्ट्रिट सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा. अतिन्द्र दाहाल सदस्य रहेको कार्यदल बनाएको पनि उनले बताएका छन्। सो कार्यदलले 'राजदुत सिफारिस मापदण्ड २०८१' तयार पारेको पनि उनले जानकारी दिएका छन्।
सो मापदण्ड अनुसार उपयुक्त उम्मेदवारले २०८१ असार १४ गतेसम्मआवेदन दिन सक्नेछन्। आवेदन अनुसार आगामी दिनका लागी पनि रोष्टर तयार पारिने लामिछानेले बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको देशव्यापी हस्ताक्षर अभियानबारे प्रश्न उठ्न थालेपछि प्रवक्ता मनिष झाले त्यसको प्रतिवाद गरेका छन्।
उनले पार्टीको अभियानलाई हतियार संकलन नभई हस्ताक्षर अभियान र संकलित रकमलाई घुस नभई स्वैच्छिक चन्दा भएको टिप्पणी गरे।
सोमबार सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै झाले भने, ‘हस्ताक्षर सङ्कलनको अभियान हो, हतियार सङ्कलन गरेको हैन। स्वेच्छाले चन्दा दिनु हुँदै छ, बिचौलियासँग घुस मागेको हैन।’
पार्टी सभापति एवं गृहमन्त्रीसमेत रहेका रवि लामिछाने अहिले थुनामा छन्। रास्वपाले यसलाई ‘प्रतिशोध’ भनेको छ। यसविरुद्ध रास्वपाले हस्ताक्षर सङ्कलन गरेको हो।
पार्टीको तेस्रो स्थापना दिवसको अवसर पारेर लामिछानेले प्रहरी हिरासतबाटै असार ७ गते बीस पृष्ठको एक दस्ताबेज प्रस्तुत गरेका थिए। हस्ताक्षर सङ्कलनको बारेमा उनले त्यहीँ प्रस्ताव गरेका थिए। जसअनुरूप अहिले रास्वपाले हस्ताक्षर सङ्कलन गरिरहेको छ।
रास्वपाको यो हस्ताक्षर अभियानविरुद्ध मुख्यत: सत्तासीन दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रश्न उठाइरहेका छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरू राष्ट्रय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूले मौन-समर्थन गरेको देखिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...