सरकारले रुग्ण उद्योग सञ्चालनमा सम्पूर्ण प्रयास केन्द्रित गर्नुपर्दछ: दिलेन्द्रप्रसाद बडू
३१ जेष्ठ २०८१
•
१ मिनेट पाठ
सरकारले रुग्ण उद्योग सञ्चालनमा सम्पूर्ण प्रयास केन्द्रित गर्नुपर्दछ: दिलेन्द्रप्रसाद बडू
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले रुग्न उद्योग सञ्चालनमा ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेका छन् ।




आफूले उद्योग मन्त्रालयको नेतृत्व लिएको बेला रुग्ण उद्योग सञ्चालनका लागि तयार पारिएको प्रस्ताव अर्थ मन्त्रालयको निजीकरण समितिमा पु¥याएको उल्लेख गर्दै उनले त्यसैलाई आधार बनाएर सरकारले विराटनगर जुटमिल, जनकुपुर चुरोट कारखाना लगायतका रुग्न उद्योग संचालनमा सम्पूर्ण प्रयास गर्नुपर्ने आवश्यकता  औँल्याएका हुन ।

बिहीबार प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै सांसद बडूले रुग्ण उद्योगहरुको तथ्याङ्क सङ्कलनका लागि छुट्टै पुस्तिका तयार पारी सार्वजनिक गर्ने काम आवश्यक नभएकाले सरकारले त्यस्तो काममा बजेट खर्च गर्न नहुने बताए ।

उनले रुग्ण उद्योग सञ्चालनका लागि छुट्टै कार्यक्रम नल्याएको पनि सरकारप्रति आक्रोश पनि व्यक्त गरे । सांसद बडूले रुग्न उद्योग सञ्चालनका लागि आफूले सो मन्त्रालयको नेतृत्व लिएको बेला तयार पारेको सञ्चालन प्रस्तावलाई सरकारले पुँजीको रुपमा लिएर अघि बढाउन सक्ने बताए ।

सांसद बडूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटमा राम्रा नारा दिए पनि त्यसलाई अघि बढाउने खालको बजेटको व्यवस्था हुन नसकेको भन्दै आपत्ति जनाए । 
अर्को समाचार
२७५ सदस्यीय संसद बैठकमा मन्त्रीसँग प्रश्न गर्ने तीन जना मात्र
१९ असार २०८१
•
४ मिनेट पाठ
२७५ सदस्यीय संसद बैठकमा मन्त्रीसँग प्रश्न गर्ने तीन जना मात्र
प्रतिनिधिसभाको बैठकमा मन्त्रीसँग प्रश्न गर्ने सांसदको संख्या निकै कम भएपछि प्रश्नोत्तर कार्यक्रममा मन्त्रीलाई जवाफ दिनका लागि हाइसञ्चो भएको छ। सांसदले गरेका प्रश्नको उत्तर दिन हम्मेहम्मे पार्नुपर्नेमा तीनजना मन्त्रीलाई तीनजना सांसदले मात्र प्रश्न गरेर सरकारलाई सजिलो बनाइदिए हुन्।




सोमबारको बैठकमा मौखिक प्रश्नको उत्तर मन्त्रीले दिने कार्यक्रम थियो, जसमा गृह मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्रीहरूलाई प्रश्न गर्ने कार्यक्रम थियो। सांसदले पाँच दिनअघि मन्त्रालयमा पठाउनुपर्ने मौखिक प्रश्न जम्मा तीनजना सांसदले मात्र पठाएका थिए। दुई सय ७५ सदस्यीय सांसदमा सभामुख, उपसभामुख, प्रधानमन्त्री, मन्त्रीबाहेक सबै सांसदले प्रश्न राख्ने अधिकार छ।

नियमावलीमा एकपटकमा बीसवटा प्रश्न गर्न पाउने व्यवस्था छ। प्रतिनिधिसभा नियमावलीमा भनिएको छ, ‘एक दिनमा मौखिक उत्तरसम्बन्धी बीसवटा र लिखित उत्तरसम्बन्धी पचासभन्दा बढी प्रश्न सूचीमा राखिने छैन।’ तर विडम्बनाको कुरा के छ भने प्रश्न गर्ने सांसद नभएपछि तीनजना सांसदले १० मौखिक प्रश्न राखेका छन्। प्रायः एक सांसद बराबर एक प्रश्न राख्नुलाई राम्रो मानिन्छ यसबाट प्रश्नहरूले समग्रता समेट्छन्।

एउटा मन्त्रालयमा एउटा सांसदले दुईभन्दा बढी प्रश्न सोध्न पाउँदैन, तर पछिल्लो समयमा प्रश्न सोध्ने सांसदको संख्यामा क्रमिक रूपमा गिरावट आएपछि तीन सांसदले तीन मन्त्रालयमा १० वटा प्रश्न राख्न पाएका छन्, जसबाट प्रश्नहरूको गुणस्तरमा कमी आइरहेको देखिन्छ। पछिल्लो समयमा प्रश्न सोध्ने सांसदको संख्या घटिरहेकाले प्रश्नोत्तर कार्यक्रम प्रभावकारी हुन नसकेको संसद सचिवालयका अधिकारी बताउँछन्।

मन्त्रीसँग प्रश्नोत्तरका लागि सोमबार ११ बजे बोलाइएको संसद बैठक एकजना मन्त्री नै उपस्थित नहुँदा तीन मिनेटमा स्थगित भयो। बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी कांग्रेसका रामकृष्ण यादवले संसद बैठकमा एकजना पनि मन्त्री नभएको भन्दै प्रश्न उठाएपछि बैठक सुरु भएको तीन मिनेटपछि नै १५ मिनेटका लागि स्थगित भयो। त्यसपछि बसेको बैठकमा पनि जवाफ दिने मन्त्री उपस्थित भएका थिएनन्।

सभामुख देवराज घिमिरेले शून्य समयपछि विशेष समय सुरु गरेर कांग्रेसका दीपक गिरीलाई बोल्न समय दिएपछि कांग्रेसका रामहरि खतिवडाले प्रश्न उठाउँदै मन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीमा छ, तर अगाडिको रोल खाली छ भन्दै प्रश्न उठाए। तर सभामुखले कार्यसूचीबमोजिम जवाफ दिन मन्त्री आउँदै गरेको जानकारी दिएपछि बैठक अघि बढ्यो।

संसदमा मन्त्रीहरू पनि उपस्थित हुन नखोज्ने र सांसदले पनि प्रश्न सोध्न नचाहने अवस्था देखिएको छ, यसमा राजनीतिक दलले पनि संसद प्रभावकारी रूपमा अघि बढाउन भूमिका खेल्न सकेको देखिँदैन।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई नेमकिपाका सांसद प्रेम सुवाल, कांग्रेस सांसद प्रदीप पौडेल र एमाले सांसद विद्या भट्टराईले प्रश्न सोधेका थिए। प्रश्नको उत्तर दिँदै उपप्रधान तथा गृहमन्त्री लामिछानेले विभिन्न २५ वटा भ्रष्टाचारका काण्डहरूको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको बताए। 

‘कुनै पनि कालखण्डमा भएकामध्ये भ्रष्टाचारका २५ वटा काण्डहरूलाई छानबिन गर्नका निमित्त शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको सम्मानित सदनमा गराइसकेको छु। कसैले पनि बेचैन हुनु पर्दैन। भ्रष्टाचारमा संलग्न जोसुकै भए पनि त्यसमा निर्मम भएर कारबाही गरिन्छ। त्यो आँट र साहसका साथ हामी प्रस्तुत भएका छौं।’

शिक्षामन्त्री सुमना श्रेष्ठलाई प्रेम सुवाल र विद्या भट्टराईले प्रश्न गरेका थिए। प्रश्नको उत्तर दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतीकरण हटाएरै छाड्ने बताइन्। उनले दलीय राजनीतिक हस्तक्षेप स्वीकार्य नहुने बताइन्। शिक्षक वा प्राध्यापकले तालाबन्दी गरेर काम गर्न नदिएको भन्दै उनले प्रहरी लगाएर भए पनि काम गर्ने बताइन्।

२०७३ सालयता ६ पटकसम्म उत्तरपुस्तिका हराएको भए पनि कसैमाथि पनि कारबाही नभएको उनले बताइन्। शिक्षामन्त्री श्रेष्ठले एसइई नजितामा सिंगो समाज आक्रोशित हुनुपर्ने बताइन्। एसइईमा विद्यार्थीहरू अनुत्तीर्ण भएको भन्दा पनि यो हाम्रो चित्रण भएको उनले बताइन्।

‘कक्षा १० को नतिजामा शिक्षा मन्त्रालय मात्र होइन, सिंगो समाज आक्रोशित हुनुपर्छ, ग्लानि महसुस गर्नुपर्छ र मैले गर्नुपर्ने काम गरेको छ कि छैन भनेर सोध्नुपर्छ’, उनले भनिन्, ‘अब के सुधार गर्ने भनेर ध्यान दिनुपर्ने र सरकारलाई कुरेर बस्न नहुने भन्दै उनले शिक्षकहरूलाई कक्षाकोठामा राख्न सबैले पहल गर्नुपर्ने बताइन्। संरचनागत सुधारका लागि मन्त्रालयले काम गरिरहेको भन्दै मन्त्री श्रेष्ठले भनिन्, ‘पाठ्यक्रम परिमार्जनका लागि आवश्यक निर्देशन दिइसकेको छु।’

अर्थमन्त्री वर्षमान पुनलार्ई प्रेम सुवाल र विद्या भट्टराईले सोधेका थिए । उनले तेस्रो लगानी सम्मेलनका क्रममा सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवद्र्धनमा विदेशी कम्पनीसँग समझदारी भएको विषयलाई राष्ट्रियता कमजोर हुने विषयसँग जोडेर शंका नगर्न आग्रह गरे।

गत वैशाख १६ र १७ मा भएको लगानी सम्मेलनले विदेशी लगानीको आधार तयार भएको उनले बताए। बजेटमा साना आयोजना संघीय सरकारले समेटेको विषयमा वैज्ञानिक अध्ययन गरेर सुधार गरिने उनले बताए। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस