सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता
२३ जेष्ठ २०८१
•
१ मिनेट पाठ
सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा महानगरपालिका–१८ सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 




सराङकोटका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा स्थानीयसँगको भेटमा उनले पर्यटकीय क्षेत्रसमेत रहेको सराङकोटको पर्यटन विकास, खानेपानी, सडकलगायतका पूर्वाधार तथा पर्यटकीय पूर्वाधार विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

सराङकोटको खानेपानी समस्या समाधानका लागि याम्दी–सराङकोट लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको स्थानीय पूर्णाखर तिमिल्सिनाले बताए।

यसैगरी विन्ध्यवासिनी सराङकोट सडक स्तरोन्नति, कृषि सडकको पहिरो नियन्त्रण, सराङकोटलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न, पर्यटन उद्यान निर्माण, राष्ट्रिय विभूति तथा सहिद उद्यानको स्तरोन्नति र पूर्वाधार थपलगायत माग पेस गरिएको उनले जानकारी दिए।

‘प्रधानमन्त्रीसमक्ष हामीले हाम्रो वडाका समस्या अवगत गराउँदै विविध माग प्रस्तुत गरेका थियौँ। सरकारले स्थानीय जनताका आवश्यकता पूरा गर्ने  उनले बताए। हामी उत्साहित भएका छौँ’, तिमिल्सिनाले भने।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य हो सराङकोट। यहाँबाट सूर्योदय र सूर्यास्तसहित सुन्दर हिमशृङ्खला र पोखरा बजार हेर्न देखिन्छ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष प्रधानमन्त्री दाहाल पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरा सभागृहमा आयोजना गर्ने प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन  मङ्गलबार साँझ पोखरा आएका हुन्। -रासस
अर्को समाचार
के सम्भव छ सराङकोटमा धार्मिक पर्यटक ?
१२ फागुन २०८१
•
४ मिनेट पाठ
के सम्भव छ सराङकोटमा धार्मिक पर्यटक ?
पर्यटनको राजधानी पोखराको पर्यटनको प्रमुख गन्तव्य मध्यको एक सराङकोटलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने प्रयास थालिएको छ । प्राकृतिक छटाहरुको दृश्यावलोकनमार्फत नै पोखरा आउने पर्यटकको पहिलो रोजाईमा पर्दै आएको सराङकोटलाई थप गुल्जार बनाउने उद्धेश्यले त्यसलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न लागिएको हो ।




सूर्योदय र सूर्यास्त अवलोकनका लागि उत्कृष्ट गन्तव्यका रुपमा स्थापित सराङकोट प्राकृतिक छटा, माछापुच्छ्रे हिमालदेखि अन्नपूर्ण हिमश्रृंखला, फेवाताल र पोखरा बजार दृश्यावलोकनका लागि पनि उत्कृष्ट गन्तव्य हो । जसका लागि दैनिक सयौं पर्यटकहरु विहान झिसमिसेदेखि बेलुका गोधुली साँझमात्र होईन राति बास बस्नेहरु पनि प्रसस्तै हुन्छन् । अझ पर्यटनको उच्च सिजनमा सूर्योदय हेर्नका लागि विहान ४ बजेदेखि नै सराङकोटमा घुईंचो लाग्ने गर्छ । पोखरा आउने पर्यटक सराङकोट नपुगेका बिरलै होलान् । अझ प्याराग्लाईडिङको टेकअफ रहेको सराङकोट साहसिक पर्यटनका लागिपनि प्रमुख गन्तव्य हो । उसो त अन्नपूर्ण केबलकार थपिएपछि आवतजावतमा सहजता प्रदान गर्नुका साथै आकर्षणपनि थपिएको छ ।

यहि प्राकृतिक छटा, हिमश्रृंखला र तालको दृश्यावलोकनमार्फत ब्राण्ड बनेको सराङकोटलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनाउने प्रयास स्वरुप अहिले धमाधम भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ । जहाँ हालसम्म कैलाशेश्वर शिव मन्दिर, विशाल पञ्चमुखी गणेश मुर्ति, १०८ शिव लिङ्ग, १०८ नै धारा, भ्यू टावर, भैरव र भुमे कालिका मन्दिर निर्माण गरिएका छन् । केहि निर्माणको क्रममा रहेको र आकाशे पुललगायतका पूर्वाधार भने निर्माण गर्न बाँकी रहेको अध्यक्ष जिसीले बताए । यसका लागि ३५ करोड लाग्ने उनको अनुमान छ । निर्माण भइसकेका मन्दिर र मूर्तिको यहि फागुन १४ गते महायज्ञको शुभारम्भको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गर्ने कार्यक्रम रहेको सराङकोट धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष तथा प्रचारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिए ।

अन्नपूर्ण केबुलकारले बनाईदिएको विशाल पञ्चमुखी गणेश मूर्ति ५१ फुटको रहेको सराङकोट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए । यो मूर्ति नेपालकै सबैभन्दा ठूलो हो,उनले भने, 'भारतमा पनि एकमात्र ठाउँमा छ भन्ने सुनिएको छ । यसमा पूजा गर्नाले सिद्धि प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ ।’

उसो त १०८ शिवलिंग र १०८ धारा निर्माण गरिएको छ । योसँगै अब मुक्तिनाथ गएर १०८ धारामा नुहाउने र १०८ शिव लिंगमा पूजा गर्ने बाध्यता हट्ने विश्वास समितिको छ ।

पर्यटकीय दृष्टिकोणले मात्र होईन, धार्मिक दृष्टिकोणलेपनि सराङकोट पहिलेदेखि नै परिचित रहेको सराङकोट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताए । उनका अनुसार कुलमण्डन शाहको पालादेखि नै भुमेकालिका मन्दिर थियो । 'त्यसताका नै भुमेकालिकामा पूजा गरिन्थ्यो, कुनैपनि कामको सुरुवात होस् वा पाकेको बाली त्यहाँ नचढाई नखाने चलन थियो,उनले भने, 'अहिले त्यहि मन्दिरलाई जिर्णोद्धार गरेर आकर्षक बनाइएको छ ।

सराङकोटमा पहिलेदेखि नै शिवको विशाल मूर्ति बनाउने तयारी गरिएको थियो । तर आर्थिक अभावका कारण ढिलासुस्ती हुँदा पोखरा–२२ पुम्दीकोटले पहिले बनायो । जसका कारण त्यो योजना थाँती राखेर सराङकोट धार्मिक क्षेत्र विकास समिति र पञ्चमुखी गणेश मूर्ति, कैलाशेश्वर शिव मन्दिरलगायतका मन्दिरतर्फ मोडियो । समितिका अध्यक्ष जिसी भन्छन्, 'तत्कालीन अध्यक्ष लोकबहादुर थापाले सपनामा भगवान प्रकट भई शिवको मूर्ती राख्नु भन्नु भएको छ । त्यो काम गरौं भन्नुभयो, हामीले पनि हुन्छ भनेर महायज्ञ गरियो तर सोंचेजती अर्थ संकलन नभएपछि त्यो काम त्यत्तिमै थाती रह्यो ।’ 

तर अहिले त्यो सपना पूरा गर्न आफूहरु लागेको उनले बताए । तर अहिलेपनि पैसा भएर काम गर्न नलागेको उनको भनाई छ । हामीसँग पैसा भएर यत्रो काम आँटेका होईनौं,उनले भने,'सबैको सहयोग र साथ पाईन्छ भन्ने आशले हो ।’  उनले आवश्यक रकम जुटाउन यहि फागुन १४ गतेदेखि २७ गतेसम्म महायज्ञ गरिन लागेको बताए । महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले कथा वाचन गर्ने अध्यक्ष जिसीले जानकारी दिए । महायज्ञमा आउने, जानेलाई अन्नपूर्ण केबुलकारमा निःशुल्क यात्रा गराईने उनले बताए । 'त्यसका लागि सम्झौता भइसकेको छ,’ उनले भने ।

पोखरा–१८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले सराङकोट अब धामको रुपमा विकास हुने बताए । 'सराङकोट विवाह, ब्रतबन्धलगायत गर्ने गन्तव्यको रुपमा विकास हुन्छ’–उनले भने ।
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस