प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको बजेटका सन्दर्भमा छलफल गर्न नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ।
नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा अहिले बैठक बसिरहेको छ।
बैठकमा बजेटबारे सांसद्हरूलाई पूर्व अर्थमन्त्री युवराज खतिवडा, पूर्व अर्थमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णु पौडेल र पार्टी महासचिव शंकर पोखरेलले प्रशिक्षण दिने कार्यक्रम समेत रहेको एमालेले जनाएको छ। यस्तै प्रशिक्षणपछि अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।