राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवदेन पेश गरिएको छ । राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति भवन शीलत निवासमा आइतबार आयोजित कार्यक्रममा सो प्रतिवेदन पेश गरेका हुन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले महालेखा परीक्षकको काममा बढोत्तरी हुँदै गइरहेको सन्दर्भमा सरकारी सम्पत्तिको सही सदुपयोग भए नभएको र अनियमितता वा हानी नोक्सानी भए नभएको विषयमा अझै गहन रुपले परीक्षण हुने विश्वास व्यक्त गरे ।
उनले भने, 'प्रतिवेदनमाा उजागर भएका विषयले सम्बन्धित निकाय र सरोकारवालामा आर्थिक कार्यविधि एवम् वित्तीय उत्तरदायित्व प्रति सजग गराउने नै छ ।'
राष्ट्रपति पौडेलले महालेखा परीक्षकलाई संविधान र कानुनले दिएको अधिकार र जिम्मेवारीको परिपालनाबाट मुलुकमा आर्थिक एवम् वित्तीय जवाफदेहिता, पारदर्शिता एवम् निष्ठा अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्स (यूएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले शिष्टचार भेट गरेका छन् ।
मंगलबारदेखि दुईदिने औपचारिक भ्रमणमा रहेका यूएईका उपप्रधानमन्त्री नाह्यानले राष्ट्रपति भवन शितल निवासमा बुधबार भेट गरेका हुन् ।
भेटमा राष्ट्रपति पौडेलले विश्वका सबै देशहरूलाई जलवायु परिवर्तन विरुद्धको कार्यलाई तीव्र बनाउन आग्रह गर्दै स्रोत साधन आवश्यक भएका देशहरूलाई जलवायु परिवर्तन र यसबाट सिर्जित क्षतिपूर्तिका लागि प्राविधिक र आर्थिक सहयोग प्रदान गर्न समेत अनुरोध गरे ।
उनले विश्व मञ्चहरुमा जलवायु न्यायका लागि आफूले आवाज उठाउँदै आएको र नेपाल जलवायु परिवर्तनको मारमा परिरहेको बताउँदै नेपाल र संयुक्त अरव इमिरेट्सले पहाडी र तटीय मुलुकहरूको रूपमा जलवायु परिवर्तनको प्रतिकूल प्रभावको साझा जोखिमको सामना गरिरहेको र जलवायू परिवर्तनबाट सिर्जित विपदले हाम्रो दूर्लभ श्रोतसाधनलाई प्रतिकुलता प्रदान गरेको उल्लेख गरेको राष्ट्रपतिका प्रेस सल्लहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेलले संयुक्त अरव इमिरेट्समा ४ लाख भन्दा बढी नेपालीहरूलाई रोजगारीको अवसर प्रदान गरेको धन्यवाद दिदै भने,‘ संयुक्त अरव इमिरेट्स ४ लाख भन्दा बढी नेपालीहरूको लागि दोस्रो घरको रुपमा रहेको छ । उनीहरूले दुई देश बीच जनस्तरको सम्बन्ध विस्तारका लागि जिवित पुलको रूपमा पनि काम गरिरहेका छन् । तपाईंको सुन्दर देशमा यति ठूलो संख्यामा नेपालीहरूलाई रोजगारीको अवसर प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद ।’
संयुक्त अरव इमिरेट्स नेपालको चौथो ठूलो व्यापारिक साझेदार देश भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने, ‘हाम्रो द्विपक्षीय व्यापार अभिबृद्धि गर्न सकिने ठूलो सम्भावनामा नीजि क्षेत्रको संलग्नतालाई हामीहरुले प्रोत्साहित गर्नुपर्छ । संयुक्त अरव इमिरेट्सका लगानीकर्ताहरूलाई कृषि, खानी, जलविद्युत, पूर्वाधार विकास, पर्यटन र आतिथ्य, सूचना प्रविधि र सेवा क्षेत्र जस्ता सम्भाव्य क्षेत्रहरूमा लगानी गर्न प्रोत्साहित गरिदिन अनुरोध गर्दछु ।’
राष्ट्रपतिले गत महिना रमजानको पवित्र महिना र ईदको पर्वको पावन अवसरमा १८ जना नेपाली कैदीहरूलाई आममाफी दिने र रिहा गर्ने संयुक्त अरव इमिरेट्सको मैत्रीपूर्ण कदमको उच्च कदर गर्दै उक्त मानवीय कदमका लागि कृतज्ञता व्यक्त गरेका थिए ।
सो अवसरमा यूएईका उपप्रधानमन्त्री नाह्यानले जलवायु न्यायका सम्बन्धमा राष्ट्रपति पौडेलको भनाईको उच्च कदर गर्दै ती भावनालाई मार्गदर्शनका रुपमा लिने उल्लेख गरे । ‘जलवायु परिवर्तनका क्षेत्रका कार्यलाई कठिनाई भइरहेको छ । तर यो मानव सिर्जित समस्या हो र हामीले भावि सन्ततीलाई सुन्दर विश्व हस्तान्तरण गर्नैपर्छ’, नाह्यानको भनाई उदृत गर्दै सल्लाहकार पोखरेलले भने । नाह्यानले नेपाल र यूएईबीच सहकार्यका धेरै संभावनाहरू रहेकाले यसका लागि प्रयत्नहरू जारी राख्नुपर्ने बताउँदै भने,‘नेपाल र युएईबीचको सम्बन्धलाई उचाईमा पु¥याउने र प्रगाढ बनाउने प्रचुर संभावना छ । यसका लागि म युएई सरकारका तर्फबाट प्रतिवद्धता व्यक्त गर्दछु ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...