नेकपा एमालेका उपाध्यक्ष तथा सांसद विष्णु पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम समाजवादको आधार भएको धारणा राखेका छन्।
आईतबार प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफलमा बोल्दै उनले सरकारको नीति तथा कार्यक्रम मुलुकमा समाजवादको आधार बनाउने उत्कृष्ट रहेको दाबी गरेका हुन्।
उनले नेपाली मोडलको समाजवाद ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको भन्दै यो राष्ट्रिय आकांक्षामा सबै दलहरू सहमत रहेको उल्लेख गरे। उनले पछिल्लो समय सर्वसाधरणमा छाएको निरासा चिर्ने र आशा जगाउने काम नीति तथा कार्यक्रमले गरेको पनि बताए।
उनले अलमलिएको मुलुकको विकासको प्रयासलाई कार्यक्रमले गति दिने दाबी गरे। २०७४को निर्वाचनपछि देशले सामाजिक आर्थिक,भौतिक र मानविय विकासका क्षेत्रमा गतिका साथ अगाडि बढे पनि बीचमा रोकिएको देशको विकास अगाडि बढाउने कार्यक्रम आएको उनको भनाइ छ। उनले नीति तथा कार्यक्रमले अलमलिएको विकासलाई ट्रयाकमा ल्याउने समेत बताए।
उनले भने,‘समाजवाद मुलुकको गन्तव्य हो भन्ने कुरा नीति तथा कार्यक्रमले थम्याएको छ। समाजवादलाई हामीले समृद्ध नेपाल सुखी नेपाली भन्दै आएका छौ। नेपाली सन्र्दभको समाजवाद समृद्ध नेपाल सुखी नेपाली हो भन्ने हामी सबैको साझा मान्यता छ। यो मान्यतामा कुनै एउटा दल मात्रै होइन। सम्पूर्ण नागरिक समेत समर्थन रहेको पाइन्छ।’
यस्तै,नीति तथा कार्यक्रमले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने र मुलुकको सामाजिक आर्थिक अवस्थालाई समाधान गर्ने दृष्टिकोण लिएको र कार्यक्रमले देशको भौतिक र मानविय विकासमा ध्यान दिएको पनि बताए।
उनले सरकारको नीति तथा कार्यक्रम विपक्षीले बेल घेरेर नारा लगाउने भन्दा पनि छलफलमा सहभागी भएर ताली बजाउनुपर्ने खालको रहेको पनि बताए। उनले आन्तरिक ऋणको प्रयोग पुँजी वृद्धि र उत्पादनमूलक काममा मात्र खर्च गर्ने नीति लिइनु राम्रो रहेको उनकाे भनाइ छ।