नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरूङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको माग गर्दै सभामुखलाई पत्र लेखेका छन्।
गृहमन्त्री लामिछानेले संसदमा अर्थहीन र आधारहीन कुरा गरी कांग्रेस सांसदहरूको मानमर्दन गर्न खोजेको र उनको अभिव्यक्ति प्रतिनिधिसभा नियमावली विपरीत भएको भन्दै संसदको अवेहलनामा कारवाही गर्न गुरूङले माग गरेका छन्।
उनले रातो पासपोर्टमा आफूले अदालतबाट सफाइ पाइसकेको विषयलाई तोडमोड गरी नागरिकमा भ्रम सृजना गरेर आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति गरेको जिकिर गरेका छन्।
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले २०४६ सालयता लाभको पदमा पुग्ने सबै नेता तथा कर्मचारीको सम्पत्ति छानबिनको एजेन्डा पार्टीले बोक्नुपर्ने प्रस्ताव राखेका छन्।
एक हप्ता बसेर सोमबार (आज) सकिएको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो प्रस्ताव राखेका हुन्। '२०४६ सालपछि लाभको पदमा पुगेका सबै नेता र कर्मचारीको सम्पत्ति छानबीन गर्ने एजेन्डा कांग्रेसले लिनुपर्छ,' उनले भने।
उपसभापति गुरुङले यो प्रस्ताव पहिलो पटक गरेका भने होइनन्। पार्टीभित्र र बाहिर उनले प्राय: यो प्रस्ताव दोहोर्याउँदै आएका छन्।
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...