प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन। आज दिउँसो दुई बजे बस्ने भनिएको बैठक अझै सुरु हुन सकेको छैन।
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा बैठक बस्न ढिला भएको बताइएको छ।
सभामुख देवराज घिमिरेले दुई चरणमा प्रमुख सचेतक र सचेकहरुसँग गरेको छलफल निष्कर्षमा पुग्न नसकेपछि प्रतिनिधिसभा बैठक नै प्रभावित भएको हो ।
छलफलमा कांग्रेसले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमात्रै वाचन गर्न दिने, आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरुलाई बोल्न र नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने अडान लिएपछि सहमति हुन नसकेको हो ।
सभामुख घिमिरेसँगको छलफलपछि प्रमुख सचेतक र सचेतकहरु पार्टीका शीर्ष नेताहरुसँग कुराकानीमा जुटेका छन् । उक्त छलफलपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आजको बैठकमा बोल्न दिने वा नदिने भन्ने सहमति दलहरूबीच जुट्रन बाँकी छ ।
संसदको बर्खे अधिवेशन आज सुरू हुँदैछ।
प्रकाशित: २८ वैशाख २०८१ १४:४९ शुक्रबार