७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

अभिनेत्री नीति भन्छिन्: नेपाली फिल्म इण्डस्ट्रीमा मेरो ढोका खुल्यो

नेपाली चलचित्र ‘खजुरे ब्रो’ को प्रिमियर शो भएको छ। मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो भएको हो।

प्रिमियरमा कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो। चलचित्रमा मित्रता र पैसाले श्रीमान—श्रीमती र परिवारमा आउने उत्तारचढावलाई देखाइएको छ। चलचित्र धरानका वास्तविक पात्र खजुरे ब्रोको जीवनबाट प्रभावित रहेर बनेको हो।

फिल्मले सहकारी संकटको कथावस्तु पनि उठाउन खोजेको छ। फिल्ममा महेश त्रिपाठी, रेअर राई, नवीन मानन्धर, नीति शाह, पुष्कर कार्की, विनिता थापा लगायतको अभिनय छ।

कार्यक्रममा बोल्दै अभिनेत्री नीति शाहले यो चलचित्र आफ्नो पहिलो चलचित्र भएको र यसबाटै नेपाली फिल्म इण्डस्ट्रीको ढोका खुलेको बताइन्।

उनले भनिन्, ‘यो मेरो पहिलो चलचित्र हो र आजको दिन मेरो स्पेशल मोभमेण्ट हो। यहाँबाट नेपाली फिल्म इण्डस्ट्रीको ढोका खुलेको छ।’

प्रकाशित: २६ वैशाख २०८१ १७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App