५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

सुदूपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन हतार नगर्न एमाले अध्यक्ष ओलीको निर्देशन

तस्बिरः एमाले सुदूरपश्चिम संसदीय दलका नेता रावलको फेसबुकबाट।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिन हतार नगर्न निर्देशन दिएका छन्।

शनिवार अबेर राति सूदुरपश्चिम प्रदेशका एमाले संसदीय दलका नेता राजेन्द्र रावल सहितका नेताहरूसँगको भेटमा अध्यक्ष ओलीले विश्वासको मत लिनका लागि अझै समय बाँकी रहेकाले हतार नगर्न निर्देशन दिएका हुन्।

पछिल्लो समय सत्ता गठबन्धनका दलहरू नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच तिक्तता बढिरहेको पृष्ठभूमिमा सुदूरपश्चिमको राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमाले सुदूपश्चिमका नेताहरू काठमाडौं आएका थिए।

अध्यक्ष ओली निवास बालकोटमा भएको छलफलमा विश्वासको मत लिनका लागि अझै समय बाँकी रहेकाले मुख्यमन्त्रीलाई विश्वासको मत दिनका लागि हतार नगर्न भनेको संसदीय दलका नेता रावलले बताए।

शनिवार मुख्यमन्त्री सोडारीलाई एमालेले विश्वासको मत नदिने भनेपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित भएको थियो।

एमालेले सोडारीबाहेक अरूलाई मुख्यमन्त्री बनाउन भने पनि एकीकृत समाजवादीले केन्द्रीय सचिवालयबाटै निर्णय गरेर सुदूरपश्चिममा सोडारीलाई अघि सारेको थियो। त्यसबाट चिढिएको एमालेले विश्वासको मत दिने विषयमा आनाकानी गर्दै आएको छ।

सोडारी एमालेका नयाँ निर्वाचित प्रदेशसभा सदस्यबाहेक १०, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र सांसदका समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री बनेका थिए।

प्रकाशित: २३ वैशाख २०८१ १०:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App