प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने आफ्नो अडान कायमै राखेको छ।
शनिबार सभामुख देवराज घिमिरेद्वारा आव्हान प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकमा कांग्रेसकी सचेतक सुशीला थिङले सो अडानमा आफूहरु कायमै रहेको बताएकी हुन्।
नेपाली कांग्रेसले उपप्रधानमन्त्री लामिछानेमाथि सहकारी ठगीबारे संसदीय छानबिन समितिको माग गर्दै संसद् बैठक अवरुद्ध पार्दै आएको छ। बैठकमा सभामुख घिमिरेले सदनको अवरोध हटाउनका लागि आग्रह गरेका थिए। त्यस विषयमा भोली (आइतबार) बस्ने पार्टी पदाधिकारी बैठकले आवश्यक निर्णय लिने पनि सचेत थिङले जानकारी दिइन्।
सचेतक थिङका अनुसार दलहरूबिच राजनीतिक दलसम्बन्धी विधेयक चैत्र २७ गते बस्ने प्रतिनिधिसभा बैठकमा पेश गरिनेछ।
नेपाली कांग्रेसले सहकारीको विवादमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले कुनै पनि विधेयक संसद्मा प्रस्तुत गर्न नपाउने जिकिर गर्दै संसद् अवरुद्ध पारेको थियो।