एमालेसँग तत्काल कार्यगत एकता गरेर जान सकिन्छ: झलनाथ खनाल
२३ फागुन २०८०
•
२ मिनेट पाठ
एमालेसँग तत्काल कार्यगत एकता गरेर जान सकिन्छ: झलनाथ खनाल
नेकपा (एकीकृत समाजवादी) का  नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) सँग तत्कालका लागि कार्यगत एकता गरेर जान सकिने बताएका छन्।




वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका उनले तत्कालका लागि एमालेसँग कार्यगत एकताका साथ अघि बढ्न सकिने सम्भावनाको आँकलन गरेका हुन्। नेता खनालले एमालेसँग एकता गरेर जान नहुने भन्ने नरहेको बताए। उनले नेताहरुमा रहेका आग्रह, पूर्वाग्रह र इगो अन्त्य गर्न सके एमालेसँगको एकीकरण गर्न कुनै गाह्रो नभएको बताए।  

एकता अंकमाल गरेर, रमाईलोसँग भेटघाट गरेर, लड्डु आदि इत्यादी खाएर नहुने सम्मानित नेता खनालको प्रतिक्रिया थियो। उनले वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा कुरा मिल्दै गएपछि एमालेसँग एकीकरण गरेर जान कुनै समस्या नहुने स्पष्ट पारे। सम्मानित नेता खनालले कार्यगत एकताको आधारमा कम्युनिष्टहरु बीच नै एकीकरणको प्रक्रिया शुरु हुने बताए।

उनले भने, ‘अब हामी खास अवस्थामा बिद्रोह गरेर अलग पार्टी बनायौं। यी सबै घटनाक्रमहरुको बारेमा र नेकपा आफैँ एउटा बडो शक्तिशाली पार्टी १० लाख भन्दा बढी पार्टी सदस्यहरु भएको पार्टी थियो। दुई तिहाई बहुमत संघीय संसदमा थियो। देशका ६ वटा प्रदेशहरुमा हामीसँग पर्याप्त बहुमत थियो। र तलपनि पालिकाहरुमा ७५३ वटा पालिकाहरुमा ४५४ पालिकामा हाम्रो बर्चश्व थियो। यत्रो ठूलो पार्टी जुन ढंगले विभाजित भयो। आज हामी जुन ठाउँमा आइपुगेका छौं, यी सबै सिंहालोकनका विषयहरु हुन्। र प्रत्येक पार्टीका नेताहरुले यो छाती छामेर बिल्कुल निष्पक्षताका साथ यी चिजहरुको सिंहावलोकन गर्न जरुरी छ। म त्यो सबैलाई आह्वान गर्छु। कमजोरी सबैका भएका छन्। ककसले कति मात्रामा कमजोरी गरे होलान् भन्ने भिन्नै कुरा हो। तर विगतका कुराहरुको मत भिन्नतामा अल्झेर बस्नु पनि हुन्न। हामीले आजको आवश्यकतामा एकतावद्ध हुँदै क्रमश: विगतका कुराहरुको पनि समिक्षा गर्दै हामी अगाडि बढ्न थाल्यौँ भने  बिस्तारै एकताका आधारहरु फैल्दै जान्छन्, बिस्तार हुँदै जान्छन्। र नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) को बीचमा एकता कहिल्यै हुनुहँुदैन भन्ने छैन। नेताहरुमा भए जुन आग्रह हुन, पूर्वाग्रह हुन। इगोहरु हुन्। यी चिजहरुलाई अन्त्य गर्नुपर्छ। इगो, आग्रह र पूर्वाग्रह भनेको माक्र्सवाद होइन। त्यो निम्न पूँजीवाद हो। निम्न पूँजीवादलाई निर्ममतापूर्वक उखेलेर फ्याँक्ने हो भने हामीसँग एउटा निष्पक्ष क्रान्तिकारी दृष्टिकोण, माक्र्सवादी दृष्टिकोण मात्र बाँकि रहन्छ। अनि त्यो दृष्टिकोणले एकले अर्काको कमजोरीलाई राम्रोसँग देख्न सक्छन्। त्यसले एकले अर्कोलाई रचनात्मक ढंगले आलोचना गर्नसक्छ। र त्यसलाई हटाउनका लागि आग्रह गर्नसक्छ। र हरेक पार्टीले पनि त्यसलाई हटाउन कुनै गाह्रो हुँदैन। अनि त्यस्तो अवस्थामा पुगेर विचारमा, नीतिमा, सिद्धान्तमा एकता भयो भने पार्टी फेरि एकीकरण हुनलाई के गाह्रो हुन्छ र। तर एकता भनेको अंकमाल गरेर चाहीँ हुँदैन। एकता भनेको रमाईलोसँग भेटघाट लड्डु आदि इत्यादी खाएर हुँदैन। एकता भनेको वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा एकता हुनुपर्छ।’
अर्को समाचार
झलनाथ खनाल भन्छन्ः अहिलेको गठबन्धन मौसमी हो
२७ माघ २०८०
•
२ मिनेट पाठ
झलनाथ खनाल भन्छन्ः अहिलेको गठबन्धन मौसमी हो
शनिबार पोखरामा पत्रकारसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल। तस्बिरः सन्देश/नागरिक
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिलेको सत्ता गठबन्धन मौसमी गठबन्धन भएको बताएका छन्। समाजवादी प्रेस संगठनले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले वर्तमान सत्ता गठबन्धन आवश्यकताले बनेको र यो मौसमसँगै परिवर्तन हुने बताए।  




वर्तमान गठबन्धनबाट समाजवाद नआउने बताउँदै उनले भने, ‘मौसमी गठबन्धन भएकोले कुनै परिस्थितिमा गठबन्धन बनेपनि यसबाट समाजवाद आउँदैन। त्यसैले यो गठबन्धन मौसम परिवर्तन भएसँगै बदलिन्छ।’

उनले कम्युनिष्टहरुबीच फेरीपनि ध्रुविकरण र एकता हुनसक्ने बताए। ‘नेपाली समाजमा न भुतो, न भविष्यती भन्ने कथन छ,’ उनले भने,‘न भुतो त सबैले देखे भोगेकै कुरा हो, तर न भविष्यती भनेर म भन्दिनँ, किनकी वैचारिक राजनीतिक कार्यदिशा भयो भने कम्युनिष्टहरुबीच फेरी एकता हुनसक्छ।’

नेता खनालले वर्तमान सरकार यथास्थितिवादमा चलिरहेको टिप्पणी गरे। पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएपछि जनताले धेरै नै आशा गरेको तर त्यो आशा अहिले निराशामा बदलिन थालेको उनको भनाई छ। ‘जनताका आधारभुत आवश्यकता समेत वर्तमान सरकारले पूरा गर्न सकेन,’ उनले भने, ‘त्यहि कारण जनतामा असन्तोष पैदा भएको छ। जनता आक्रोश व्यक्त गरिरहेका छन्।’ उनले अहिले देशमा भ्रष्टाचार, कमिसनखोरी, अराजकता, दलाली मौलाईरहेको दाबी गरे।

नेता खनालले नेपालको पुँजीवाद पश्चिमेली देशहरुमा आएजस्तो औद्योगिक पुँजीवाद नभई दलाल पुँजीवाद भएको टिप्पणी गरे। ‘नेपालको पुँजीवाद औद्योगिक पुँजीवाद होईन, यो दलाल पुँजीवाद हो,’ उनले अगाडि थपे, ‘साम्राज्यवादीको दलाली गर्छ यसले, नेपालमा उद्योग धन्दा खोल्न दिदैन, रातारात कमिसन, कालाबजारी आदिको नायक हो दलाल पुँजीवाद।’ उनले दलाल पुँजीवाद प्रशासन, औद्योगिक, वित्तीय, वैदेशिक व्यापार लगायत सबै क्षेत्रमा हाबी भएको बताए । दलाल पुँजीवादले देशमा भ्रष्टाचार, कमिसनखोर, शोषण, जातीय, क्षेत्रीय र लैंगिक विभेद बढाउने उनको भनाई छ।

नेता खनालले अहिलेको विकल्प भनेको समाजवाद भएको बताए। तर यहि गठबन्धनले समाजवाद नआउने भएकाले गठबन्धन बदलिनुपर्ने उनको भनाई छ। उनले प्रचण्डले अहिलेसम्म केहि गर्न नसकेको भन्दै अब कोर्ष करेक्सन गरेर भएपनि जनताका माग सम्बोधन गर्न सुझाव दिए। ‘कोर्ष करेक्सन गरेर भएपनि प्रचण्डले केहि गरोस् भन्ने म चाहन्छु,उनले भने,‘गर्न नसकेमा के हुन्छ, उहाँ आफैलाई थाहा छ।’

नेता खनालले पुनरुत्थानवादीहरुले टाउको उठाउने प्रयास गरिरहेको आरोप लगाए। पूर्व राजा ज्ञानेन्द्र र राजावादीहरुप्रति संकेत गर्दै उनले भने, ‘उनीहरु अहिले चुरीफुरी देखाइरहेका छन् तर यो चुरीफुरी त केहिपनि होईन। फगत यो धमिलो पानीमा माछा मार्ने प्रयास मात्र हो।’

नेता खनालले जनताको बहुदलीय जनवाद (जबज) समाजवादी क्रान्तिको कार्यक्रम नबन्ने बताए। तत्कालीन समयमा मदन भण्डारीले प्रतिपादन गरेको जबज समाजवादका लागि उपयुक्त नहुने उनको भनाई थियो। उनले जबजलाई पार्टीले कहिलेपनि मार्गदर्शक सिद्धान्त नमानेको पनि उनले जिकीर गरे।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १२ सेकेन्ड अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस