नेपालकै पुरानो संरचना रौतहटको पतौरामा भेटिएको दाबी
२१ फागुन २०८०
•
२ मिनेट पाठ

रौतहटको मौलापुर-५ पतौरामा नेपालकै सबैभन्दा पुरानो पुरातात्विक संरचना भेटिएको दाबी गरिएको छ।

मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले पुरातत्वविद्हरुले गरेको दाबी उद्धृत गर्दै भने – इजिप्टको पिरामिडभन्दा पुरा एलेक्स डेराईको समयका पर्खालहरु भेटिएका छन्।  

पूर्वमन्त्री तथा मौलापुरका स्थानीयवासी प्रभु साहले सामाजिक सञ्जालमा दाबी गरेका छन् – “दुनियाँलाई चकित पार्ने तथ्यहरु बाहिर आइरहेका छन्। पुरातत्वविद्हरुका अनुसार यो नेपालमै अहिलेसम्म भेटिएको सबभन्दा पुरानो अवशेष हो। यस्तो अवशेष दुनियाँमा बिरलै पाइन्छ।”

पतौरामा रहेको पुरातात्विक महादेव मन्दिरभन्दा करिब दुई सय मिटर उत्तरमा पुरातत्वविदहरुले अहिले उत्खनन गरिरहेको छ। पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत देवेन्द्रनाथ तिवारी, प्रमुख पुरातत्व अधिकृत प्रकाश दर्नाल, आर्किटेक्चर इन्जिनियर रोशनी महर्जन, प्राविधिक सहायक तथा सहायक पथ प्रदर्शक विराटबहादुर थापा र फोटोग्राफर रमेश श्रेष्ठको टोलीले गत फागुन ११ देखि निरन्तर उत्खनन गरिरहेको ठाउँमा नेपालकै पुरानो पुरातात्विक संरचना भेटिएको दाबी गरिएको हो।  

जमिनको सतहदेखि दुई मिटर मुनी पुगेपछि बल्ल पुरानो अवशेषहरु देखिएको उत्खननमा संलग्न बिराटबहादुर थापाले बताएका छन्। थापाका अनुसार आफू निरन्तर रुपमा विगत पाँच बर्षदेखि उखनन कार्य गर्दै आइरहेको भए पनि यस्तो अवशेष एवं महत्व बोकेका सम्पदाहरु नेपालमा कही कतै भेटिएका छैनन्।  

पुरतत्वबिदको अनुसार यो नेपालमै अहिले सम्म भेटिएको सबभन्दा पुरानो अबशेष रहेको छ। यस्तो अवशेषहरु दुनियामा सायदै कतै पाइन्छ। यो कति बर्ष पुरानो हो ? यसको पहिचान गर्नु आवश्यक रहेको देखिन्छ। यो मौलापुरबासीको मात्रै नभई सिंगो रौतहट जिल्लाको पुस्ताका लागि अनुपम उपहार एवं सम्पत्तिको रुपमा रहेको नगर प्रमुख रिनाकुमारी साहको भनाइ छ।  

यसको संरक्षण र पुनर्निर्माणमा संघीय सरकारको ध्यान अहिलेसम्म नजानु निकै दुखद विषय भएको बताउँदै नगर प्रमुख साहले विशेष महत्वको पुरातात्विक सम्पत्तिको संरक्षण एवं संबद्र्धन गर्न राज्यले अग्रसरता देखाउनुपर्ने अत्यन्तै जरूरी रहेको बताउँछन्।  

पुरातात्विक संरचना भेटिएको ठाउँको करिब दुई कट्टा जमिन नगरपालिकाले किनेर संरक्षण गरेको तर उत्खनन गर्दै जाँदा व्यक्तिको निजी जमिनमा पनि गइरहेको बताइएको छ। व्यक्तिको निजी जमिनमा भेटिएको पुरातात्विक संरचनाको उत्खनन गर्न स्थानीयले बाधा पु¥याएको छ। यद्यपि नगर प्रमुख साहले पुरातात्विक सम्पदा देखिएको ठाउँलाई संरक्षण गर्न नगरपालिकाले थप प्रयास गर्ने बताएकी छन्।  
अर्को समाचार

नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ

परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock १ घण्टा अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनले आइतबार चार नयाँ उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
Whatsapp
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन्।
Whatsapp
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप...
Whatsapp
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस